भाले जुधाई
नयाँ शक्ति र पुरानो शक्तिका कार्जेकर्ताबीचमा यतिबेला राम्रैसँग भाले जुधाई चल्न थाल्या छ । नयाँ शक्ति माने छुल्याहा बाउराम अनि पुरानो शक्ति भन्या अरुको वैसाखी टेकेर छाली चाट्ने प्रचण्ढाउ । चुनाउको मुखैमा आएर दुवैका कार्जेकर्ताहरुले एक अर्कालाई धारे हात लगाएर भक्कु अपाच्य वाणी प्रयोग गरेछन् । बाउरामको आफ्नै घरेलु जिल्ला गोरखामा दुवै तर्फबाट अपाच्य वाणीको बाढी आएसी के चाहियो र ? शुरु भएछ भाले जुधाई । बाउरामका कार्जेकर्ताले प्रचण्डाउका कार्जेकर्तालाई, प्रचण्डाउका कार्जेकर्ताले बाउरामका कार्जेकर्तालार्य जहाँ भेट्टायो त्यही ब्वांग–ब्वांग बजाएछन् । हुन त हिजो अरुलाई बजाएर आएकाहरु यतिबेला आफै भाले जुधाईमा उत्रेर हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो भा’छन् ।
दोचार यादव
संघीय लोकतान्त्रिक मोर्चाबाट जोर लात्ती हानेर निकालिएका संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादव हिजो आज जहाँ पुग्छन् त्यही बर्बराउन थाल्या छन् । मोर्चाको संयोजक भएर मोर्चाकै निर्णय विपरीत निर्वाचनमा भाग लिएसी’ अरु मधेशी दलहरुले निर्णय गरेरै जादवलाई जोर लात्ती बनाएका हुन् । मधेशीहरुको माग पूरा नहुन्ज्याल चुनावै गर्न नदिने भनेर क्रान्तिका सवासेर भएका जादव यतिबेला एक्लै परेसी बर्बराउन थाल्या रे । माउवादीबाटलघारिएका बाउराम भट्टराईसँग जादवले अप्राकृतिक गठबन्धन गरेछन् । बाउराम त आफै सिद्धिए–सिद्धिए अब जादव पनि सिद्धिने भए । नीति नभएको नेपालको राजनीति जता मुनाफा उतै दौड लगाउने त हो नि ? जे होस् दाववलाई अहिले ठूलो टेन्सिन भएको छ । चुनावको मुखैमा आएर आफ्नै जातभाईहरुबाट लघारिनु पर्दाउनलाई कति पीडा भो होला ?
अपवित्र गठबन्धन
यतिबेला प्रचण्डाउ र बूढानिलकण्ठे मुखियाको दह«ो लभ प¥या छ । बुढानिलकण्ठे मुखियालाई बाल्वाटाराँ बसेर प्रचण्डाउले के बुटी स्वाँक्क सुँघाइदिए कुन्नि मुखिया बा Ïलाँट प¥या छन् । आफ्नालाई भन्दा पनि मुखिया बा प्रचण्डाउका नन्दीभृंगीहरुलाई काखी च्यापेर हिड्न थाल्या छन् । जनयुद्ध र पार्टीमा समेत कुनै योगदन नभएएकी रेणु दाहाललाई माउवादीकै कार्जेकर्ता हराउ अभियानमा लाग्दा मुखिया वा चाहिँ आफ्नैको बली चडाएर प्रचण्डाउ पुत्री दाहाललाई जिताउने अभियानमा लाग्या छन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । आफ्नालाई चिढ्याएर पराई खुशी बनाउने मुखिया बालाई कुन बेला प्रचण्डाउले लोप्पा ख्वाइदिने हुन ? ठक्कर नखाई चेतिदैन भन्छन्, ठक्क खाएसी चेत्लान. कि ?
पड्काएको पड्काई
नेपालका पुलिसहरु यतिबेला हैरान भएका छन् । पहिलो चरणको चुना हुनुभन्दा एक दिन अगाडि नेत्रविक्रम चन्दका कार्जेकर्ताहरले ठा–ठाममा बम राखे, बजार पसल बन्द गराए, मसाल जुलुस निकाले, सवारी साधनको आगजनी सम्म गरे । आफूभन्दा एक हात लामो लठ्ठी लिएर सडकमा उभिएका प्रहरीहरुलाई सुइँको सम्म भएन । फुत्त–फुत्त निस्केर चन्दका कार्जेकताहरुले यस्तो काम गर्दा पनि
प्रहरीले केही नापिसाह«ो लगाएन । ठाम–ठाममा उनेरले पड्काएको पड्काई गरे तर केही नापीसाह«ा लगाएन । ठामठममा उनेरले पड्काएका पड्काई रे तर केही नापी लसाह«ो लगाएनन् । हुन त नेपालका प्रहरीको काम भन्या सडकमा लठ्ठी लिएर उभिनु त हो नि ? जहाँ जेसुकै होस् बाल मतलब ? कि कसो हौ ?
विचित्र छ
यसपाली मुलुकाँ निर्दलीय चुनाउ हुन लाग्या हो कि क्या हो ? जही पनि एक अर्क दलबीचमा लगन गाँठो क िस्मउको छ । माले, मण्डले र मसाले उसतै हो भने उहिल्यै ती गिर्जाउले भाषन गर्दा मच्ची मच्ची बोलेपनि लास्टाँ उही हो । गिर्जाउले नै तिनहरुसाग कठालो जोडे । अब हेरौ न यो देशाँ विकास होला, समृद्धि बनौला भन्नेहरु यतिबेला पाहा पछारिएजस्तै पछाििरउका छन् । एकातिर ३२ बर्र्षे युवा किम जोङ्ग उनेरले संसार हल्लाईरहेका छन्, भर्खर ४० काटेका इमानयुल म्याक्रोन फ्रान्सका राष्ट्रपति बने । हा्रो देशमा चाहिँ डोहो¥याएर हिडाउनुपर्ने, बोली नै नबुझिने, एस.एल.सी. फेल भएका बुढाहरुले देश चलाएकाक छन् । मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्षतमा पनि एसएलसी नै नछिचोलेकाहरु उमेदवार बनेका छन् । डिग्री पास गरेकहरु म्यादी प्रहरीमा भिडेका छन्, खाडी मुलुकमा बेल्चार चलाउन पुगेकाक छन् । अनि फुइøयाा हुन्छ देशको विकास ? कि कसो हौ ?
मौन अवधि
ताइ न तुईको एकजना गफस्त साहित्यकारले अस्तिका दिन भन्या निर्वाचन आचार सहिताले गर्दा न्यादा बोल्नु भएन । अचार संहिताले थुुतुनै बन्द गर्दैला भन्ने त्रास भएछ ती गफस्ट साहित्न्येकारलाई । निर्वाचन हुनु भन्दा दुई दिनको मौन अवधि भन्या गोप्य, जालझेल, षड्यन्त्र र भोट किनबेचको कपटमय अवधि हो रे । के भनया होलान तिन्ले ? मैन अवधि भनेकै भाषन, भुषन नगरी थप टप बाड्ने समय हो भनेर कस्लाई थाहा छैन । थाहा भएको कुरा पनि त्यसरी प्याच्च प्याच्च बोल्दि नु त भएन नि । नेपालका मतदाता पनि यही मौन अवधिको पर्खाइमा बस्छन् । झन गाँठवाला उमेदवार प¥यो भने त वातै खलास । जस्तो देश तयसतै भेष तयसै भनया त होइनन नि । चुनाव जितेर दाम र नाम दुवै लुँड्याउँला भनेर आसिनपसिन भएर हिडेका उमेद्वारले आफ्नै मतदातालाई यसो खर्च वर्च दिँदा त गफस्त साहित्येकारको टाउको किन दुख्या होला ? आखिरी परम्परा त धान्नै प¥यो ।
पा“च बर्ष जान्छ रे
कहिले वल्लो घरको तिहुँन चाख्ने कहिले पल्लोघरको दाल पिउने माउवादीकी थुतुने पम्फा म्याडमले भन्या काँग्रेस र माउवादीको अप्राकृतिक गठबधन्धन पाँचत बर्षसम्म चल्छ रे । म्याडमले के तचयस्तो भातुभुे गफ ग¥या होला ? सँगै लडेका खाएका एउटै विस्तारामा पल्टिएका आफ्नै एक जातका सहकर्मीहरु त सँगै पाँच बर्ष बस्न सकेनन् । उनी काँग्रेस माउवादी सम्बन्ध पाँच बर्ष जान्छ भने के ताइन तुइएको गफ हाँक्या होला ? बरु काँग्रेससँग एकीकरण गर्छम् भन्या भे छ तै लौ तै लौ भन्नु ? रात रहे अग्राठ पलाउने देशमा सँगै हुन्छ नै भनेर फुइँ किन लगाएको होला ?
अन्तेमा
नेपालाँ बल्ल वल्ला मने दुई दशक पछि हुन लागेको गाउँ सहरको निर्वाचनमा भोट हाल्नु पर्ला भन्ने व्यग्र चिन्ताले हामी राष्ट्रपति थाइल्याण्ड, श्रीलंका तिर कुले ठोकिछिन् । निर्वाचनमा उत्सवको रुपमा लिनुपर्छ भनेर फलाक्ने अनि निर्वाचनका दिन विदेशतिर काम न काज हल्लिदै हिड्ने । क्या गजब छ ? हुन त राष्ट्रपतिलार्य दिेश भ्रमण गर्न औधी रहर लाग्छ रे । अब समय पनि छोटिदै गा’छ भोलिका दिन के हो के हो । आm्नो खर्चबर्चले विदेशतिर हल्लिएर हिड्न सकिदैन । राज्येको ढुकुटीमा अहिल्यै भ्रमण नगरे भोलि घरैमा थच्निु पर्छ । फेरि त्यसबेला कौन पुछे खेसरीके दाल हुने पक्का छ । कि कसो हौ ?
