यो दुनियामा विचित्र मानिसहरुको कमी छैन । के तपाइँले रबर जस्तै मोडिन तथा बटारिन सक्ने मानिस देख्नुभएको छ ? सायद छैन होला । तर भारतमा एकजना यस्ता युवक छन् जसको जिउ रबरजस्तै लचकदार छ ।
भारतको सुरतमा बस्ने १८ वर्षका यश शाह झ्वाट्ट हेर्दा सामान्य युवक जस्तै छन् । तर उनले आफ्नो जिउको लचकता देखाए भने देख्नेहरु नै हैरान हुन बाध्य हुन्छन् । यिनले जिउलाई यसरी रबर जस्तै गरी बटारिदिन्छन् कि मानौँ उनको जिउमा कुनै हड्डीहरु नै छैनन् ।
उनले आफ्नो गर्धनलाई १८० डिग्री बटारेर अनुहारलाई पिठ्यूँतर्फ फर्काउन सक्दछन् । उनले आफ्ना हातखुट्टालाई पूरै ३६० डिग्री सम्म सजिलैसँग मोडिदिन्छन् ।
यसरी घाँटी बटारेर अनुहारलाई ढाडतर्फ फर्काउँदा र हातखुट्टालाई फनक्क ३६० डिग्री बटार्दा कति दुख्दो हो ? तर उनको अनुहारमा चाहीँ दुखाइएका कुनै अनुभुतिहरु देखिँदैनन् । सजिलैसँग यसो गरिदिन्छन् ।
उनको नाम नै रबर ब्वाय रहन गएको छ अहिले । उनी सोसल मिडियामा पनि चर्चित छन् र उनका भिडियोहरु यु ट्युबमा खुबै लोकप्रिय बनिरहेका छन् ।
लचकदार जिउको विधामा गिनिज बुकमा नाम लेखाउने धोको यिनको छ । एजेन्सी
