अहिलेको स्थानीय निर्वाचन प्रक्रियागत नभएको लिम्बुवानको आरोप

धरान÷ नेपालमा गरिने भनिएको स्थानीय तहको निर्वाचन प्रक्रियागत रुपमा नभएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसंग आवद्ध संघीय लिम्बुवान मञ्चले जनाएको छ ।
वैसाख ३० आयोजना हुने मञ्चको भातृ संगठन संघीय लिम्बुवान युवा मञ्च धरान उपमहानगर कमिटीको अधिवेशनको विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा लिम्बुवानी नेताहरुले यस्तो बताएका
हुन् ।
सम्मेलनमा बोल्दै मञ्चको धरान उपमहानगर सचिव मानबहादुर राईले अहिलेको स्थानीय निर्वाचन प्रक्रियागत रुपमा नभएको बताउनुभयो । उहाले संघीयतामा पहिले केन्द्र र प्रान्तको निर्वाचन हुने र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्ने भएपनि पहिला नै स्थानीय निर्वाचन गरेर अहिलेको
सरकारले तानाशाही प्रवृत्ति देखाएको
आरोप लगाउनुभयो ।
आफ्नो पार्टीलाई चुनाव चिन्ह नदिएर तानाशाही प्रवृत्ति देखाएको
आरोप समेत पार्टीले लगाएको छ । २०६४ सालको पहिलो संविधानसभामा भाग लिएको पार्टीले त्यसबेला दुई जना सभासद समेत भएका थिए । तर अहिलेको स्थानीय निर्वाचनमा भने पार्टीले भाग लिने वातावरण नभएको पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन् ।
त्र

तपाईको प्रतिक्रिया