धरान÷सबै ठाउँमा सबैका लागि भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसइटी सुनसरीले सोमबार विश्व रेडक्रस दिवस एक औपचारिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
सन् १९२८ मा जन्नेका जा हेनर डुना रेडक्रसका संस्थापक हुन् । जब सन् १९५६ मा व्यवसायको शिलशिलामा हेनर डुना इटली पुगे त्यसबेला त्यहाँ भयानक युद्ध चरिल्रहेको थियो । युद्धमा फ्रान्स, जर्मन, बोस्निया हर्ज गोभिना लगायतका राष्ट्रहरु सहभागी भएका थिए ।
पाचासौ हजार मानिसका लास यत्रतत्र छरिएका थिए भने लाखौ घाइतेहरु छटपटाइरहेका थिए । यी यावत दृश्यले उनलाई मानव सेवामा समर्पित ग¥यो र उनले रेक्रसको स्थापना गरी मानव सेवामा समर्पित भए । जा हेनर डुनाको जन्म ८ मईलाइ विश्व रेडक्रस दिवसको रुपम मनाउने गरिन्छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी धरानको सभाहलमा भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी सुनसरीका पूर्व अध्यक्ष एवम् हाल केन्द्रीय सदस्य
रहनु भएका बासुदेव गौतमले भन्नुभयो एउटा निस्वार्थ व्यक्तिले चाहेमा विश्व हाक्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन
रेडक्रससका संस्थापक जा हेनर डुना ।
रेडक्रस सदैव विपत्तिमा परेकाहरुको उद्धार, मन बचन र कर्मले मानवीय सेवामा, मानव अधिकारका पक्षमा सदैव क्रियाशील रहने संस्था हो । उहाँले भन्नुभयो नेपालमा भएका कुनैपनि संस्थामा सरकार सहभागी हुन पाउँदैन तर चार चार बर्षमा हुने रेडक्रसको विश्व सम्मेलनमा सरकार समेत सहभागी हुन्छ त्यहाँ भएका निर्णयहरु यहाँ आएर लागू गर्नुपर्छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा पूर्वाञ्चलमा प्रथम र मुलुकको सातौ शीर्ष स्थानमा पर्न सक्नुले आफूहरुलाई गौरव लागेको पनि गौतमले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२०साल भाद्र १९ गते भएपनि धरान शाखा २०२८ सालमा धरानमा तत्कालीन अग्रज समाजसेवीहरुको अथक प्रयासमा स्थापना भएको स्मरण गर्दै नेपाल रेडक्रस सोसाइटी शाखाका पूर्व सभापति टोमपसाद आचार्यले भन्नुभयो, आजको दिन रेडक्रस कर्मीहरुको महत्वपूर्ण दिन हो । संस्थापक जा हेनरी डुनाको जन्म दिन पारेर रेडक्रसको स्थापना दिवस मनाउने गरिएको भन्दै उहाँले आज रेडक्रस विश्वका १ सय ८९ देशम फैलिएको बताउनुभयो । स्वीजरल्याडमा जन्मेका रेडक्रसका संस्थापक डेनर डुना आज मानवीय सेवामा समर्पितहरुको लागि सम्मानित नाम भएको आचार्यले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुनसरी शाखाका उप सभापति डम्बर सिग्देलले समेत संस्थापक जा हेनर डुनाको बारेमा प्रकाश पानुभएको थियो भने सञ्चालन मन्त्री मुकुल कायस्थले गर्नुभएको थियो ।
