धरान÷ परम्परागत किरात राईहरुको संस्कृति साकेला पर्व उभौली किरात राईहरुले यसपटक पनि संस्थागत रुपमा मनाउने भएका छन् ।
प्रकृति पुजक किरात राईहरुको मंसिरे पूर्णिमामा उद्यौली र वैसाखे पूर्णीमा उभौली चाड मनाउने परम्परा रहको छ । सोही अनुरुप यही वैसाख २७ पूर्णिमाको दिनदेखि २० दिनसम्म सामुहिक रुपमा सुनसरीका विभिन्न स्थानमा साकेला पर्व उभौली भव्यताका साथ मनाउन लागेकोे किरात राईहरुको संगन किरात राई यायोख्खा सुनसरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । विशेष गरी किरात राईहरुको भाषा, संस्कृति, पहिचानलाई प्राथमिकतामा राखेर मनाउदै आएको साकेला पर्व यस बर्ष भने किरात राईहरुको ऐतिहासिक क्षेत्र धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबारक्षेत्रको संरक्षणलाई बढी जोड दिदै यस बर्षको साकेर्ला भौली पर्व मनाउन लागिएको किरात राई यायाख्खाकी सुनसरी अध्यक्ष कमला राईले जानकारी दिनुभयो । सो क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्विक क्षेत्र मासिदै गएको, त्यहा रहेका वन जंगल मासिदै गएकोप्रति चिन्तित बन्दै भविष्यमा त्यस स्थानमा बुद्धिकर्ण राईको दरबार बनाउने योजना रहेको अ्ध्यक्ष राईले जानकारी दिनुभयो ।
विगतदेखि नै चार किरात यसको संरक्षणमा लागेको बताउदै पछिल्लो समय विकासको नाममा त्यस क्षेत्रको विनासहुदै गएकोप्रति यायोख्खा सुनसरीले चिन्ता व्यक्त गरेको छ ।
विगतमा छुट्टाछ्ट्टै मनाइने गरेको यो पर्व अहिले एकै थालेमा उभिएर सामुहिक रुपमा यो पर्व मनाउन थालेका छन् । सामुहिक रुपमा पर्व मनाउर्दा त्यसको प्रभाव बढी हुन उनीहरुको बुझाई छ । २०४५ सालमा स्थापना भएको किरात राई यायोख्खाले आफ्नो पहिचान र सास्कृतिक अभियानका रुपमा २०५७ सालमा राष्ट्रिय स्तरमै पहिलो पटक वृषमान जसरानी साकेलासिली प्रतियोगिताको आयोजना गरेसंगैे सामुहिक रुपमा मनाउन थालिएको यो पर्व यस बर्ष पनि सामुहिरुपमा मनाउन लागिएर्को साकेला उभौली २०७४ प्रचार प्रसार समितिका संयोजक उपेन्द्र चाम्लिङ्गले बताउनुभयो । उनीहरुले यसरी सामुहिक रुपमा ढोल झ्याम्टासहित नाचिएको साकेला सिली नाचले किरात स्वायत्त
राज्य प्राप्तिका सहयोग पुग्ने अपेक्षा समेत गरेका छन् ।
सुनसरीव्यापापी आयोजना हुन लागेको यो पर्व वैसाख २७ गते किरात
राईहरुको ऐतिहासिक क्षेत्र धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्रमा पूजाआजासहित साकेला नाच प्रदर्शन गरी यो पर्व शुरुवात गरिने भएको छ । जेष्ठ १४ गते सम्पन्न हुने साकेला पर्व जेष्ठ १३ गते सुनसरी स्तरीय साकेला सिली प्रतियोगिताको आयोजना गरिने र अन्तिम दिन सुनसरीको भरौलमा वृहत साकेला नाचको प्रदर्शनसंगै समापन हुने आयोजकले जानकारी दिएको छ ।
