धरान÷ नाट्यकर्मी महासंघ गठनसंगै नाटकलाई जीवन्तता दिन संघले विभिन्न कार्यक्रमहरुलाई
निरन्तता दिदै आएको छ ।
महासघको केन्द्रीय च्याप्टरसगै जिल्ला च्याप्टर गठन हुने क्रममा अहिले २८ वटा जिल्लामा जिल्ला च्याप्टर गठन भइसकेका छन् । नाटकलाई जीवन्तता दिनकै लागि १ नं. प्रदेशलाई केन्द्रविन्दु बनाएर पहिलो पटक पूर्वाञ्चल क्षेत्रीय भेला तथा रंग संवादको आयोजना समेत धरानमा भएको छ ।
नाट्यकर्मी, साहित्यकार, चिकित्सक, शिक्षक, बुद्धिजवि लगायत समाजका प्रवुद्ध व्यक्तिहरु समावेश गराएर गरिएको संवादको मुख्य उद्देश्य नै नाटकको व्यवसायिकता, यसको अपरिहार्यता, नाटकलाई राज्यले कस्तो आखाले हेर्ने गरेको छ र समाजमा नाटकको भूमिका के छ भन्ने विषयमा रंग सम्वाद केन्द्रित रहेको थियो । ।
धरान ९ रत्ना इन होटलको हलमा भएको अन्तरसंवादमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपति प्रा.डा राजकुमार रौनियारले नाटकलाई उपचार पद्धतिको माध्यमको रुपमा व्याख्खा गर्नुभयो । उपचार पद्धतिमा समेत संगीत र नाटकले महत्वपूर्ण भूमिका खेल्ने भन्दै शरीर स्वस्थ
रहन शारीरिक मात्र हैन मानसिक रुपमा पनि तन्दरुस्त हुनुपर्ने भएकोले संगीत तथा रंगमञ्चले मानसिक तन्दुरुस्त बनाउने व्याख्या गर्नुभयो ।
यता अग्रज पत्रकार, नाटक लेखक तथा प्राध्यापक राजेश विद्रोहीले समाज परिवर्तनको माध्यमको रुपमा हेर्न सकिने व्यक्तिगत धारणा प्रस्तुत गर्नुभयो ।
यस्तै युवा नाट्यकारको रुपमा प्रस्तुत हुनुभएका हिमशिखर टेलिभिजनमा लामो समयदेखि प्रसारण हुदै आएको टेलिश्रृंखला दोबाटे
परिकल्पनाकारका रुपमा चिनिनु भएका मनोजले पछिल्लो समयमा युवाहरु नै सक्रिय भएर नाटकतर्फ आकर्षित भएको बताउदै यसलाई क्रमिक विकासमा युवाहरु अगाडि बढेको
धारणा राख्नुभयो ।
पहिलो पटक राखिएको रंग संवादमा सहभागीहरुले समेत नौलो प्रकारको कार्यक्रमलाई उत्सुकतापूर्वक सुनेका र हरेका थिए । संवाद कार्यक्रममा रगमञ्च र नाटक एउटै विधा भए पनि सरकारले छुट्टाछुट्टै विधा बनाएर काम गरेको प्रति व्यंग्य समेत गरेका थिए । कार्यक्रममलाई अझ रोचक बनाउन कार्यक्रमको पहिलो अंशमा कलाकाहरहरुले हास्यव्यग्य नृत्य, आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै फलो बेण्डका युवाहरुले संगीत प्रस्तुत गरेका
थिए ।
कार्यक्रममा नाट्यकर्मीै महासंघका केन्द्रीय महासचिव
राजेन्द्र रिमाल, पूर्वाञ्चलमा रहेका नाट्यकर्मी महासंघ जिल्ला
च्याप्टरका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय राजनीतिक दल लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
