घण्टाघरबाट हेर्दा

दिउ“सै बर्बराउदै
स्यालबहादुर र फुस्स बहादुरलाई यसपाली साढे सातकै दशा लागे जस्तो छ । पहिला जानेनन अहिले थाप्लामा हात राखेर के विस्मात गर्नु ? हुन त दुवैका घराँ पोथी बास्छन् रे । पोथीले जसरी–जसरी नाच भन्यो त्यसै त्यसै गर्नै प¥यो । अब हेरौ न आफूलाई सत्ता र शक्तिको आडमा उन्मत्त भैरव सम्झेर सर्वोच्चकी पर्धान न्यायाधीश माथि महाअभियोगको धावा बाले । हाम्ले लतारेको बजाएको कुरा सर्लक्कै ओकल्न लगाउने भइन् भन्दै किर्ते हस्ताक्षर गरेरै भए पनि बेकामे संसदमा महाअभियोग प्रस्ताव दर्ता गराए । निलम्बनमा परे । आफ्नो ह्याउले भ्याएसम्म गर्न छुटाएनन् । हुन त स्याल बहादुर फुस्स बहादुरलाई नि गाह«ो थियो । आइजीपि बनाइदिर्एवापत डकारेको माल, सुडान घोटलााबाट पाएको भागबण्डा, सुन तस्करीबाट उठाएको नजराना, अझ लाउडा र चेज एयरबाट थन्काएको रुपैये सबै नाश हुने भएसी उनेरले महिसासुर भएर न्यायालयकी देवी माथि आक्रमन ग¥या थे । तर विचाराहरुको केही लागेन । चोलेन्द्र शम्सेरले कामै तमाम गर्दिए । त्यसैले यी दुवै आजकल चौबीसै घण्टा बर्बराउन थाल्या छन् रे ।
बुद्धिमानी पो रै छन्
कर्मले कहिल्यै साथ नदिए नि नेप्लिज लाँग्रेका तेस्रो लिंगी रामचन्दे्र बाजे अरु भन्दा दूरदर्शी नै रै’छन् । विचारालाई कर्मले चाहिँ कहिल्यै साथ दिएन । सत्रपटक सम्म पर्धानमन्तरीको दौडमा निस्किए । लास्टाँ उही उत्तानोचित्त । सभापतिमा लडे, संसदीय दलका नेतामा इँजार कसेर लागे । त्यहाँ पनि उही उत्तनोचित्त । कर्मले ठगेपनि दिमागचाहिँ बाजेको मान्नैपर्छ । बाजेले पहिला देखि नै पर्धान न्यायाधीश माथि महाअभियोग लगाउनु हुँदैन, म महाअभियोगको पक्षेमा छुइन भन्दै आ’थे अहिले ठ्याक्कै पुग्या छ । आफूले खाएको उल्टी गरेर निकाल्ला भनेर केही भुईफुट्टाहरुको मिलेमतोमा महाअभियोग लगाइएको भन्दै बाजे बुरुक बुरुक उफ्रदै आएका थे । जे होस् बाजे बुद्धिमान नै रै’छन् ।
घरेलु मन्तरीको आगमन
अस्तिका दिन नेपालका घरेलु मन्तरीले ड्याम्मै राजीनामा ठोके । कहिले बरियताको कुरालाई लिएर, कहिले के विषयलाई लिएर कचकच गर रा’ थे । राजीनामा दिन्ँछु भन्थे । माने घुक्र्याउनुको पनि सीमा हुन्छ । तर अस्तिका दिन उन्ले स्वाट्ट राजीनामा दिए । पर्धान न्यायाधीशलाई महाअभियोग लगाउने बारे आफूसँग सल्लाह नै नगरेको जानकारी नगराइएको तर आफ्नो पनि हस्ताक्षर संसदमा बुझाएको भन्दै घरेलु मन्तरीले दुःखेसो गरेको सम्म सुनिदै थियो । फेरि अस्तिका दिन स्याल बहादुरसँग के फुस फुस भयो कुन्नि उनी त फेरि घरेलु मन्त्रालय पुगेर पद पो सम्हालेछन् । फेरि जानु नै थियो भने किन घ्यापुताले घुक्र्याएझै घुक्र्याएको होला ? बुझि नसक्नु भयो वा †
राप्रपाले लोप्पा खायो
राप्रपाका कमललाउ आफूलाई चलाख नम्बर वान माने सवासेर नै ठान्थे । काग बढी बाठो भएरै आची खाएको भन्थे हो रै’छ अब यस्ता चलाख मान्छे पनि रनभुलमा परेर सत्ताबाट बाहिरिएका छन् । कारण उनी पर्धान न्यायाधीश केश नै हो । पर्धान न्यायाधीशलाई महाअभियोग लगाएसी कमलाउ आÏना गुरु उखान तुक्के बाजेसँग परामर्श गर्न बाल्कोट पुगेछन् । बाजेले के जोखाना हरेर मन्त्रण ग¥या थे कुन्नि बुरुक्क उफ्रदै आएर आफूसहित आफ्ना आउरे भाउरेलाई पनि राजीनामा ठोक्न लगाए । छँदाखाँदाको उपसहितको मन्त्रीबाट विचाराले हात धोए । अहिले खुन खुन मान्दै छन् रे । यसैलाई भन्छन् दैलो नहेरी बाहिर निस्कदा ठोक्किएर टुटुल्को उठ्नु । अहिले टुटुल्को मसारेर बस्या होलान नि कमलाउ ?
गाडीमा आगजनी
चितवनमा प्रचण्डाउ पुत्री रेणु दाहाललाई काँग्रेस सभापति स्यालबहादुरले काँधमा बोकेर मेयरको उमेद्वार बनाएको छ । जिन्दगीभरि काँग्रेसलाई भोट हाल्ने चितवनका काँग्रेसहरुलाई स्याल
बहादुरले उर्दी नै जारी गरेर सघाउन भनेका छन् । तर के टेर्थे चितौने काँग्रेस पो परे त । स्याल बहादुरलाई यतिबेला ठ्याङ्ग ठ्याङ्गती जवाफ दिदँैछन के हामी स्यालबहादुरका खेताला हौ ? बरु झालेमालेलाई जिताइन्छ तर दहाललाई हराएरै छाडिन्छ भन्न थाल्या छन् । काँग्रेसको बुई चढेर मेयर हुँली भनेर फुरुक्क पर्दै हिडेकी प्रचण्डाउ पुत्रीको
गाडीमा आगजनी भए । हुन त तिनका गाडीमा आगजनी हुनु कुनचाहिँ नौलो कुरा भयो र ? तिन्का बाउले हिजो गाडीभित्रै मान्छे जलाइदिन्थे । दहालपुत्रीले आफ्नो गाडीमा आफै आगो झोसेकी त हैनन् । घण्टाघरलाई चाहिँ शंका लाग्या छ ।
बजारमा छ्यास छ्यास
हिजो आज नेपालीहरु चुड्किलाको किताब पढन साह«ै जाँगरिला भा’छन् । जता गए नि चुड्किलाकै किताब खोज्छन् । त्यसमाथि पनि सबैभन्दा बढी खप्रओको चुड्किला संग्रहकै छ । पसलेहरु पनि साह«ै बाठा भएछन् । चुड्किला किताब खोज्न गयो अरुको पाइँदैन चुड्कलिा सम्राट ओलीको मात्र छ भन्छन । कतो बजार पिट्या होला ओली चुट्किला संग्रहले ? झन निर्वाचनको मुखमा ओलीको चुट्किला संग्रहले साहर्«ै ठूलो काम ग¥या छरे । किन नगरोस् त
घरमा ग्याँस पाइप लैजाने, पूर्व पश्चिम रेल दौडाउने, राजधानीमा मेट्रो कुदाउने, हावाबाट विजुली निकाल्ने कुराहरु किताबमा जो समेटिएको छ ।
महिलाको मौन ब्रत
महिषासुरहरुले न्यायाक िदेवीमाथि आक्रमण गर्दा नेपालका महिलाहरु यसपालि चुपचाप बसेको देख्दा घण्टाघर रनभुल्लामा प¥या छ । नत्र देशाँ कुनै महिलामाथि थिचोमिचो हुँदा व्यानर सहित दशैभरि महिला जाग्थे । व्यानर बोकेर सडकमा
नाराबाजी गर्थे, पुरुषलाई माने महिषासुरलाई भक्कु गाली गलौज गर्थे तर यसपटक देशैभरिका महिलाहरुको थुतुनो कही च्यातिएको देखिएन । नेपालको इँतिहासमै पहिलो महिला प्रधान न्यायाधीशमथि भष्मासुर,
महिषासुरहरुले आक्रमण गरेको यिन्ले देखेनछन् कि क्या र ?
अन्तेमा
विनाशकाले विपरीत बुद्धि भन्छन् । यतिबेला प्रचण्डाउ र भकभके काजीको बुद्धि देखेर घण्टाघरलाई खित्का छाडेर हाँस्न मन लाग्या छ । पर्धानन्यायाधीशको पक्षमा पैmसला गर्ने न्यायाधिश चोलेन्द्र शमशेर जबरालाई यिन्ले जेल हाल्ने रे । यी दुला परेका कानले पनि के के सुन्नु प¥या हो । घण्टाघरलाई त शंका लाग्न थाल्या छ प्रचण्डाउ र देउवा पुलिसका हल्दार र जवान हुन कि क्या हो ?

तपाईको प्रतिक्रिया