धरान÷पब्लीक सर्बिस सेन्टर (पी एस सी )को आयोजनामा सुनसरीको धरानमा शेयर लगानी सम्बनधी एक दिने तालिम शनिबार सम्पन्न भएको छ ।
शेयर लगानीकर्ता भक्तराज
रसाईलीद्धारा सो तालिम प्रदान गरिएको हो । शेयर कारोबारका बिषयमा सर्वसाधारणले ज्ञान प्राप्त गरुण तथा शेयर बजारमा लागनी गरि मुनाफा लिन सकुन भन्ने उदेश्यले सो तालिम आयोजना गरेको पी एस सी सेन्टरका संञ्चालक रमेश शाहले जानकारी दिुनभएको छ ।
तालिममा सहभागीहरुलाई आर्थिक कारोबारको अवस्थाको बारेमा
जानकारी गराईएको र तालिमा करिब २५ जनाको सहभागीता रहेको तालिमका प्रशिक्षक रसाईलीले जानकारी दिनुभएको छ ।
तालिममा सेयर कारोबारको वर्तमान अवस्था, नयाँ कार्यक्रम लगायतका अन्य विषयमा समेत जानकारी दिईएको थियो । साथै छोटो समयमा सफलता हासिल गरेकोे शेयर कारोबारीहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको समेत रसाईलीले बताउनु भएको छ ।
