गर्मीका कारण साना व्यवसायी मारमा

केही दिन अगाडिदेखि पूर्वमा अत्याधिक गर्मी बढेको छ । गर्मीका कारण सर्वसाधारणको जनजीवन नै प्रभावित बनेकोे छ । अत्याधिक बढेका गर्मीका कारण साना तिना व्यपार गरेर खाने सब्जी तथा फलफूल व्यवसायी समेत प्रभावित बनेका छन् ।
वैसाख लागेसंगै अत्याधिक बढेको गर्मीका कारण साना व्यवसायीहरुलाई हातमुख जार्न नै धौ धौ पर्न थालेको छ । विशेष गरी हरियो सागसब्जी र फलफूल बेच्ने साना व्यवसायीहरु अत्याधिक गर्मीका विक्री नभएका कारण त्यसै कुहिएर जाने र विक्री गर्दा समेत सस्तो मूल्यमा विक्री गर्ने बाध्यता भएकै कारण अहिले उनीहरु मारमा परेका हुन् ।
विक्री गर्नकै लागि विहान सबैरै उठेर ल्याएको सब्जी तथा फलफूल अत्याधिक गर्मीका कारण सर्वसाधारणको आवातजावत कम हुने कारणले साझसम्म हरिया सागसब्जी तथा फलफूल सुक्ने, कुहिने कारणले अहिले साना व्यवसायीहरु व्यापार गर्ने वा नगर्ने दोधारमा रहेको बताउने गरेका छन् । साना व्यवसायीहरुलाई सरकारले केही सहुलियत नदिएको भन्दै उनीहरुले कोल्डस्टोरको व्यवस्था गर्न माग समेत गरे ।
विगतमा दैनिक ५ हजारसम्मको फलफूल तथा हरियो सागसब्जी बेच्ने व्यापारीहरुले अहिले मुस्किलले ५ सय देखि ६ सय सम्म विक्री गर्ने गरेको व्यवसायीहरु बताउने गरेका छन् । अत्याधिक गर्मीका कारण आफ्नो पेशा संकटमा परेको सब्जी व्यवसायी लाललबहादुर खतिवडा बताउनुहुन्छ ।
यता फूलफूल व्यवसायीहरुको समेत भनाई उस्तै छ । केही समय यतादेखि अत्याधिक बढेको गर्मीका कारण खपत कम हुने गरेकाले विक्री नभई कुहिएर जाने गरेको बताउछन् । बजारमा खरिद गर्ने सर्वसाधारणको चहलपहल कम भएकै कारण यस्तो अवस्था आएको उनीहरुको ठम्याई छ ।
तर अत्याधिक गर्मीका कारण पेयपदार्थ र फूलफूलमा खरबुजाको माग भने बढेको व्यवसायीहरुको भनाई छ । थोक विक्रेताको रुपमा विक्री वितरण गर्दै आएको धरान १३ स्थित कृषि उपज बजार धरानमा दैनिक हरियो सागसब्जीको खपत १ सय ५० देखि २ टन हुने गरेको कृषि बजारको तथ्यांकमा रहेको छ भने सोही बराबर फलफूल खपत गर्ने गरेको छ । तर केही समय देखि बढेको अत्याधिक गर्मीका कारण ४० देखि ५० टन हरियो सागसब्जी र सोही बराबर फलफूल
धरान बजारमा विक्री हुने कृषि उपज बजार सञ्चालक समितिको तथ्यांकले देखाएको छ

तपाईको प्रतिक्रिया