धरान तीनकुने चेकले चेकजाचका क्रममा दुई युवालाई लागू औषधसहित प्रक्राउ गरेको छ ।
उनीहरुलाई धरान ८ चेकपोष्टमा खटिएका प्रहरी टोलीले वैसाख ९ गते साझ ४ः ३० बजेको समयमा को २१ प ९८९६ नम्बरको स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा धरान ३ का ३० बर्षीय सञ्जयकुमार ठाकुर र धरान २ का बर्ष २७ का संगम शाक्य रहेका छन् । उनीहरुले लागू औषध एभिल ३० एम्पुल, डाइजेलाव ३० एम्पुल र लुपिजैसिक ३० एम्पुल कम्मरमा टेपले बाधेर ल्याएको अवस्थामा चेकजाचका क्रममा प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार नै म्याद थपका लागि अदालत लगिएको उहाले जानकारी दिनुभयो ।
प्रक्राउ परेका दुवैजनालाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही बढाइने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
