धरान÷ अपराध नियन्यण गर्न अञ्चल प्रहरी कार्यालय जस्तोसुकै अवस्थामा पछि नपर्ने अञ्चल प्रहरी प्रमुख एसएसी उत्तमकुमार कार्कीले बताउनुभएको छ ।
स्थानीय निकायको निर्वाचनको संघारमा शुक्रबार सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको शान्तिसुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुरक्षा स्म्बन्धी विविध विषयमा
गरिएको अन्तरक्रिया कार्यक्रममा अञ्चल प्रहरी प्रमुख एसएसपी कार्कीले यस्तो बताउनुभएको हो ।
उहाले राजनीति र गुण्डागर्दीमा फरक फरक सम्बन्ध भएकोले राजनीति कहिल्यै गुण्डागर्दीसंग नजोडिने बताउदै गुण्डागर्दीलाई निस्तेज पार्नकै लागि अञ्चल प्रहरी कार्यालयले पूर्वाञ्चलमा डेल्टा अप्रेशन अगाडि बढाएको बताउनुभयो । स्थानीय तहको निर्वाचन संघारमा आएको समयमा बढ्ने
अपराधिक घट्ना, चन्दा आतंकलाई इगित गर्दै उहाले प्रहरीले अब चन्दा आतंक, लागू औषध कारोबारी, गुण्डागर्दीमा र चन्दा आतंकको विरुद्धमा प्रहरीले जस्तोसुकै अप्रेशन चलाउने र त्यस्ता कार्यमा संलग्न कसैलाई पनि नछोड्ने बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसएसपी पोषराज पोखरेल, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी सौरव राणा लगायतले सर्वसाधारणले राखेको जिज्ञासामाथि स्पष्ट जवाफ दिनु्भएको थियो ।
