धरान÷ धरान रनले पाचौ नेवा च्यारिटी ८ के रन प्रतियोगिताबाट बचेको रकम नेवा च्यारिटी एजुकेशन फण्डको निर्माण गरी गरिब तथा असहाय विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
युवाहरुलाई कुलतबाट बचाउदै सामाजिक कार्यमा अग्रसर गराउने र पिछडिएका समुदायलाई सहयोग पु¥याउदै आएको युवाहरुको समूह धरान रनले २०७३ फागुन १४ गते आयोजना गरेको ८ के रन प्रतियोगिताबाट उठेको रकमबाट खर्च गरेर बचेको २ लाख ५० हजार रुपैयाको अक्षय कोषबाट धरानमा रहेका तीन सामुदायिक विद्यालय र एक निजी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामान किताव, कपी, डटपेनका साथै विद्यालय युनिफर्म समेत प्रदान गरेको हो ।
रनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी धरान १९ किरातेश्वर माविमा कक्षा ७ मा अध्यनरत विद्यार्थी मनिता घतानी, धरान ८ को ल्याबोरेटरी उच्च माविमा कक्षा २ अध्ययनरत विद्यार्थी एलिसा क्षेत्री, निकेतन उच्च माविमा कक्षा ८ मा अध्ययनरत मतिराज राईलाई कोर्षमा भएको पाठ्यपुस्तक, कापी, कलम र डूेस वितरण गरेको हो भने सनराइज बोर्डिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत अविनाश देवलाई पुस्तक वितरण गरेको छ ।
प्रतियोगिताबाट आर्जन भएको
रकममध्ये खर्च खटाएर बचत १ लाख ५० हजार र धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईकी आमा भक्तमाया राईले हस्तान्तरण गरेको थप १ लाख गरी २ लाख ५० हजारको एजुकेशन फण्ड निर्माण गरी पहिलो चरणमा चार विद्यार्थीलाई सहयोग गरेको धरान रन समूहका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।
संस्थाले प्रत्येक बर्ष धरान रनको आयोजना गर्दै आएको छ । यसबाट आएको रकम विभिन्न समूहलाई सहयोग समेत गर्दै आइरहेको छ । संस्थाले प्रथम धरान रनबाट बचत भएको रकम अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोका लागि ४ लाखको अक्षय कोष, दोस्रोबाट उठेको रकमबाट संक्रमित तथा दुव्र्यसनी महिलाहरुको उपचारका लागि दृष्टि नेपाल नामक संस्थालाई १ लाख ७७ हजार, तेस्रोबाट उठेको रकमबाट संक्रमित बालबालिकाको शिक्षाका लागि २ लाख ११ हजार, चौथोबाट उठेको रकम ४ बर्षीय क्यान्सर पीडित बालक नविन विश्वकर्माको उपचारका लागि १ लाख, असहाय वृद्ध महिला मिठु कटुवालको उपचारका लागि ४० हजार, एकल महिला समूहलाई २० हजार, धरान पोजेटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि २१ हजार, मृगौला पीडित वरामी प्रमिला विश्वकर्माको उपचारका लागि १५ हजार, फुटपाटमा व्यापार गर्ने टेकबहादुर तामाङ्गलाई ४ हजार रुपैया सहयोग गरेको थियो ।
