मौसम परिवर्तनसंगै बीपीमा विरामीको चाप बढ्यो

धरान÷ केही दिन अगाडिदेखि बढेको ैमौसम परिवर्तनका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आउने विरामीको संख्यामा समेत ह्वात्तै बढेको छ ।
मौसम परिवर्तनसगै बढेको गर्मीका कारण अन्य विरामी भन्दा पनि बच्चा र बृद्धमा बढी समस्या देखिने गरेको पाइएको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् । अन्य समयमा दैनिक ८ सय देखि १ हजारसम्म प्रतिष्ठानमा उपचारका लागि विरामी आउने गरे पनि अहिले २ हजार भन्दा बढी विरामीहरु ओपिडीमात्र उपचारका लागि आउने गरेको पाइएको छ ।
मौसम परिवर्तनसंगै बढेको गर्मीका कारण प्रतिष्ठानमा अहिले झाडा पखाला, ज्वरो, घाटीको समस्या, फोक्सोको समस्या लगायतका विरामी आउने
गरेको पाइएको छ । त्यसपछि पनि अन्य समूहभन्दा बच्चाको संख्या उल्लेख्य पाइएको छ ।
अधिकांश अभिभावक बच्चालाई ज्वरो आउनेदेखि लिएर घाटीको समस्या भएर उपचारका लागि प्रतिष्ठानमा लगिएको पाइएको छ । गर्मीकै कारण यस्तो भएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सल्लाह दिने
गरेको उपचारमा गएका अभिभावकहरुको भनाई छ ।
यता ओपिडीको विल काउन्टरमा काम गर्ने कर्मचारीहरुले समेत केही समय अगाडिदेखि बढेको गर्मीका कारण प्रतिष्ठानमा उपचारमा बढी आउने
गरेको बताउने गरेका छन् । ओपिडीका कर्मचारी धर्मेन्द्र राजवंशीले गर्मीका
कारण विभिन्न समस्या आएर उपचारमा आउने विरामीको संख्या ह्वात्तै बढेको बताउनुभयो । उहाले विगतका दैनिक ८ देखि १ हजार विरामी ओपिडीमा आउने गरे पनि एक साता अगाडिदेखि भने १८ सयदेखि २ हजार जनाले बिल काट्नेग गरेको बताउनुभयो । विहान ८ बजेदेखि ११ बजेसम्म ओपिडीको बिल काट्ने समय भएपनि तीन जना कर्मचारी
रहेको ओपिडीमा अहिले लाइनमा लागेका विरामीको विल काट्न नै १ बज्ने गरेको कर्मचारी धर्मेन्द्रको भनाई छ ।
नेपालका अधिकांश स्थान र
भारतबाट समेत विरामी आउने गरेका कारण अहिले बीपीमा उपचार
गराउनेको संख्या अत्याधिक भएको चिकित्सकहरु बताउछन् । त्यसमा पनि सबैभन्दा बढी गर्मीकै कारण हुने झाडापखाला, घाटीको समस्या, भाइरल ज्वरो, फोक्सोको समस्या लिएर आउने विरामीको चाप अत्याधिक हुने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बताउनुभयो । उहाले बाल आकस्मिक कक्ष (पेयाड्रिक आकस्मिक कक्ष) गर्मीका कारण हुने समस्या लिएर ५० भन्दा बढी
विरामी दैनिक उपचारमा आउने
गरेको र २ सय भन्दा बढी बच्चा ओपिडीमा उपचारका लागि आउने गरेको उहाको भनाई छ ।
चिकित्सकले जाडो र गर्मीका समयमा बच्चा र वृद्धालाई बढी समस्या देखिने भएकोले यसबेला बढी होसियार अपनाउनुपर्ने सुझाव दिएका छन् । यो समयमा लामखुटेका कारण पनि विभिन्न रोग निम्तिने भएकोले यसतर्फ समेत सचेत हुन चिकित्सकहरुले अभिभावकहरुलाई सुझाव दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया