बाइस उपन्यास एकैसाथ विमोचन, गिनिज बुकमा समावेश गरिने प्रक्रियामा

साहित्यकार गुरुङ रामप्रकाश समथिङद्वारा लिखित २२ ओटा उपन्यास एक साथ विमोचन
गरिएको छ । शनिवार पाँचथर स्रष्टा मञ्चले काठमाडौंको बाघबजारस्थित सीटी म्याक्सको हलमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
प्रा.डा. बासुदेव त्रिपाठी, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा.बमबहादुर थापा जिताली, डा.अशोक थापा, प्रा.डा. मोतीलाल पराजुली, डा.भक्त राई लगायत नेपाली भाषा साहित्यका वरिष्ठ बाइस विद्यावारिधि ब्यक्तित्वहरुले उक्त उपन्यासहरु एकै साथ विमोचन गरेका थिए ।
उपन्यासहरुमा दुदर्शा, बेसहारा, यातना, जवानीको ज्वालामुखी, जड्याकी स्वास्नी, जनयुद्वको उपहार, साहित्यकार, मृत्यु, साउदी रियाल, सौतेनीआमा, धनबहादुर सर, खेल जवानीको, धनीरामको दशै, टुटेको सपना, सेन्थेरेम, माया, विचरा ! जंगे कमरेड, जित्या, महलदेखि सडकसम्म, कमरेड चट्टानको सपना, भ्रष्टाचारको कमाल र साहसी आमा छन् । यसअघि उपन्यासकार गुरुङले २४ वटा कृति सार्वजनिक गरिसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा बासुदेव त्रिपाठीले गिनिज वल्र्ड
रेकर्डका लागि अग्रिम शुभकामना दिएका थिए । लेखक गुरुङले इतिहासका लागि आफूले उक्त कार्य गरेको बताए । संसारमै एक लेखकले यसरी एकै पटक एउटै विधामा २२ वटा पुस्तक प्रकाशन गरेको अहिलेसम्म नभेटिएकोले उक्त कुरालाई गिनिज वल्र्ड रेकर्ड बुकमा समावेश गरिने प्रक्रियामा रहेको आयोजक सन्दिप राईले
बताए ।
त्र

तपाईको प्रतिक्रिया