घण्टाघरबाट हेर्दा

लारायनको चुनौति
चैत्रे माउादी केन्द्रका नेता लारायन काजीले अस्तिका दिन हिसिलाका उन्लाई माने बाबउराम बाजेलाई चोरी औंला ठड्याएर भनेछन् स्थानीय निर्वाचनमा देशका कुनैपनि ठामबाट एउटा वडासम्म जितेर देखाउनुस् । चैत्रे लारन काजीले किन त्यति साह«ो मात्तिएका होलान् ? आÏनो आङको भैसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने भन्या यही हो । जुन आन्दोलनमा फुट्टी भांग योगदान नभएका लारायन काजीले आफूलाई तीसमार नै सम्झेका रै’छन् कि क्या हो ? तिनै बाउरामले जस्केलाबाट छिराएर नेता बनाइद्या काजीले यतिबेला आएर भुसुक्कै बिर्सेछन् । काजीको चुनौति देखेर बाउराम खितिति हाँसिरा’ होलान् । मेरो विल्ली मरेको हि म्याउँ । फेरि बाउरामतिर एउटा चोरी अ‍ैाँला ठड्याउने काजीलाई आÏनै तीनवटा औँलाले जिस्क्याइरहेका पत्तै भएन कि क्या हो ?
कहिले यता कहिले उता
झालेमालेका बरष्ठ नेता माकुन्याउ पर्धानमन्तरी छँदा माउवादीले गरेको आन्दोलनमा प्रचण्डाउसँग छम्छम्ती नाचेकी रेखा माने धर्के थापा यतिबेला काठमाण्डौको उपमेयरमा उठ्छु भनेर जुर्मराएकी छिन् रे । यतिबेला उनी राप्रपाको खुँखार कार्जेकर्ता भा’छिन् रे । कमलाउसँग हिजो आज खुबै डान्स गर्छिन् रे । हुन त रेखा भनेकै कहिले यता हुन्छिन् कहिले उता हुन्छिन् । जता मल्खु उतै ढल्कु । प्रचण्डाउसँग ठिमिक ठिमिक नाच्दा पनि केही झर्ने छाँटकाँट नदेखेसी’ उनी कमलाउलाई समातेर ह्नि थालेकी छन् । हुन त
हिरोनी भन्या त्यस्तै हुन । कहिले एउटा हिरोसँग फूलबारी र सडकमा ठुम्किन्छन् भने कहिले अर्केसँग ठुम्किदै थुतुनो जोडिरहेका हुन्छन् । रिल लाइफ र
रियल लाइफमा एउटै चरित्र देखाउने रेखालाई काठमाण्डौका गलगाँडाहरुले साह«ै पत्याउलान् जस्तो छैन । उठ्ने हो, पछारिने हो अनि थन्किने हो । कि कसो हौ ?
विप्लवको गर्जन
नेकपाका उपल्लो नेता विप्लवलाई यतिबेला कम्ती हैरानी भा’छैन । विचरा निर्वाचन ग¥यौ भने ठीक हुनेछ भनेर बर्बराइरा’छन् । तर उनैका जात भाई प्रचण्डाउ जसरी भए नि चुनाव
गराएकै छाड्ने भनेर कुर्ली रा’छन् । पछिल्ला दिन प्रचण्डाउको बोली अलि मधुरो हुँदै गा’छ भने विप्लाउको गर्जन बढ्दै गा’छ । उन्ले अस्किा दिन गर्जदै भने निर्वाचन खारेज गर, विद्यालयमा मतदान केन्द्र नराख, विद्यालयलाई मतदान केन्द बनाए ठीक हुँदैन भनेर चेतावनी समेत देछन् । अब पहाडतिर विप्लाउका कार्जेकर्ताहरुले उधुमै
मच्चाउन थाल्या छन् रे । अब यस्तो बेलामा चुनाव गराएर प्रचण्डाउले कस्तो फुली लगाउन खोज्या होलान् ? बुझिसाध्ये छैन वा ।
काजीलाई टेन्सिन
नेप्लीज काँग्रेसक मुखिया वा आच्या बुढानिलकण्ठे काजीलाई यतिबेला साह«ै ठूलो टेन्सिन भएको छ रे । किन नहोस् त ? कुकुर विरालोजस्तो जहिल्यै ङ्यार र ङुर्रर गर्ने, पटका पटकी गर्ने, आफूलाई अध्यक्ष्ो हुन धोती उचालेर फन्केर हिड्ने मधेशवादी दलहरु यतिबेला भटाभट मिल्न थालेसी बुढानिलकण्ठा काजीलाई टेन्सिन भएको रे । मधेशवादी फुट्दा काँग्रेस नाफामा थ्यो । अब जुट्दा घाटो मात्र लाग्ने भएको हुँदा मधेशमा स्थानीय चुनाउमा पार्टी नै शिल हुने छनक देखिएको छ । मधेशवादी मिलेपछि काजीले नाक कोटयाउ्दै मधेशी काँग्रेस नेताहरुलाई आÏनै दरबारमा डाकेछन । काँग्रेसलाई नाफा घाटाको जोड घाउ गरेछन् । जति गर्दा नि सत्तरीको सुन्ना भनेझै काँग्रेसलाई घाटै लाग्ने भएसी काजी टेन्सिनमा प¥या रे, आरजुले भन्या । स्थानीइ चुनाउमा खुस्यिो भने प्रदेश र केन्दको चुनाउमा पनि चिप्लिने निश्चित देखिएको काजीको बुझाई छ । बूढालाई टेन्सिनी’ आरजुचाहिँ मधेशवादी फुटी जाउन भनेर धुवार धुवाँर गर्दै छिन् रे ।
उत्तानोचित्त
अन्तत पर्धानमन्तरी प्रचण्डाउले गाउँ र नगरका दलका नेताहरुलाई निर्वाचनको मिति सार्दैर लोप्पा खुवाइदिएकाछन् । प्रचण्डाउ जस्ता खुंखार क्रान्तिकारीको समेत मधेशी मोर्चाले नौनारी गगलाइदेछन् । मोर्चाले भन्या थपक्क मान्नु नै थ्यो भने अहिलेसम्म अल्झाएर दुखियाँलाई किन हँसाएको होला ? मोर्चाको माग पूरा गर्न भन्दै प्रचण्डाउले स्थानीय निकायको निर्वाचन दुई चरमा गरम भनेर प्रचण्डाउले प्रस्ताव गरेछन । त्यतिन्जेल सम्ममा मधेशीले राखेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सिमांकन
हेरफेर स्थानीय निकायको संख्या वद्धि गर्ने रे । स्थानीय तहका दलका नेता कार्जेकर्ताहरुले क्या गतिलो सपना देख्या थे । चुनाव जितेमा अधिकारै अधिकार पाइने, यस दुईचार जना लाउकेहरु अघिपछि लगाउन पाइने सपना देखेर धुवाँधार प्रचारमा उत्रेका थे लाष्टाँ हिस्स बूढी हरियाँदाँत । विचराहरुको निर्वाचन खर्चचाहिँ अब गजबैले बढ्ने भयो ।
आन्दोलन गर्ने रे
कही नभाको जात्रा हाँडी गाउँमा भन्ने उखान यतिबेला झालेमाले पार्टीमा लागू भएको छ । प्रचण्डाउले निर्वाचनको नयाँ मिति प्रस्ताव गर्नासाथ झलेमालेका अध्येक्षे खप्रओ हुँदै हुँदैन भनेर बुरुक बुरुक उफ्रन थाल्या छन् । स्वागत गर्न छाडेर वित्थाँ किन उफेका होलान् ? नयाँ मिति प्रस्तावका विरुद्धमा झालेमालेले देशव्यापी आन्दोलन नै गर्ने रे । विनास काले विपरीत बुद्धि भन्या यही हो । अब झालेमालेको देशव्यापी भन्ने आन्दोलन कहाँँ कहाँ होला ? तराईमा गयो भने मधेशीहरुले लौरोमा तेल लगाएर राख्या छन् । त्यही लौरोले ढाड सोझ्याउने नगरौ त बोली हाले । अन्त अन्दोलन गरौ भने झालेमालेको आन्दोलनमा कोही सहभागी नै नहुने पक्का छ । बरु साँझ विहान माइतीर मण्डलामा जम्मा भएर उखान तुक्का सुनाएर पो फर्कने हो कि ? बाँकी तिम्रै मर्जी ?
के खोंचे थाप्या ?
खाइलाग्दो केटो जेठाजु परेछ भनेझैँ घरेलु मन्तरी जनकपुरे कायस्थको अनुहार देख्दा नि नेप्लिज जनताको दाँता ढुगो लाग्न थाल्या छ । मैले बरिष्ठ पाइनँ भनेर रोड्याई गर्दै आएका घरेलु मन्तरी क्याविनेट मिटिङ्गमै जान छाड्या छन् रे । हुँदा हुँदा
राष्ट्रपति भारतबाट आउँदा विमान स्थलमा स्वागत गर्न सम्म पुगेछन । यिन्का खप्पराँ यतिबेला तयै बरिष्टेले घरजम ग¥या छ रे । गृहमन्त्री माने घरेलु मन्त्री भएर क्याविनेट, स्वागतमा नपुग्ने हो भने फुइøयाँको घरेलुमन्त्री चाहिँ भएर बस्या ? मन्त्रीचाहिँ नछोड्ने अन्तचाहिँ नजाने । देश दुनियाँको हालत कहाँ पुगिसक्यो तिनका खोपडीमाचाहिँ त्यही बरिष्ठेके भुत सवार । बरु मलाई बरिष्ठे दिएनन् भनेर डाको छोडेर हिड्नु नि ।
अन्तेमा
नेपालाँ विकास भएन–विकास भएन भनेर फुइøयाँको टाउको दुख्ने गरी चिच्याउनु ? जाबो यातायात व्यवस्था कार्यालय इटहरीका लेखापाल सुरेश अधिकनरीको सम्पत्ति १ र्अ भन्दा बढी भेटियो । कति खाएका रै’छैन त ? मेरी बास्सै विराटनगर, इटहरी, काठमाण्डौमा आलिसान महल । प्रत्येक महलमा एउटी एउटी बूढी । करोडौको कार । अरु त के के हो के के जाबो एउटा लेखापालले त यत्रो कम्ल्याउँछन् भने मुलुकै ढुकुटीमा राइदाई गर्ने यस देशका नेताहरुको सम्पत्ति कति
होला ? ए अख्तियार अब नेताहरुको इँजार खुस्का है ।

तपाईको प्रतिक्रिया