गोरखा डिपार्टमेन्ट स्टोरमा विदेशी व्राण्डका आकर्षक एक्सरसाइज र उड फायर प्रुफ उडका बोर्डहरु किचेन वायरका दर्जनौ सामान, फलोर क्लिनर, स्पोर्टसका सामानहरुमा ग्राहकको अत्याधिक भीड

इटहरी÷पूर्वाञ्चलका मात्र नभएर छिमेकी मुलुक भारतका उपभोक्ता एवम् ग्राहकहरुका लागि समेत ब्राण्डेड नाम बनेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक तथा उपभोक्ताको माग तथा रुचीलाई ध्यानमा राखेर विदेशी व्राण्डका आकर्षक एक्सरसाइज, उड फायर प्रुफका बोर्डहरु, किेचन वायरका दर्जनौ सामानहरु, फलोर क्लिनिङ्ग र स्पोर्टसका सामानहरु थप गरेको छ ।
डिपार्टमेन्ट स्टोले आफ्नो इटहरी, मोरङ्गको विराटचौक, पथरी र झापाको दमकका सबै शाखामा स्टोरले पछिल्लो पटक त्यस्ता दर्जनौ प्रकारका सामानहरु थप गरेको हो । गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, हाल स्टोरमा चार लाख पचास हजार सामानहरु रहेका छन् । यति हुँदाहुदै पनि ग्राहकले माग गरे बमोजिम पछिल्लो पटक सामानहरु थप गरेको हो ।
खासगरी युवा पस्ताको मागलाई ध्यानमा राखेर डिपार्टमेन्ट स्टोरले एक्सरसाइजका उपकरणहरु थप गरेको म्यानेर गौतमले बताउनुभयो । त्यस्ता एक्सरसाइजका समानहरुमा डमवेल, रिस्ट समवेल, एरोविक डमवेल, पुस अप स्टेन्ड, जिम प्लेट, रड लगायतका सामानहरु रहेका छन् । यस्तै फ्लोर क्लिनिङ्गमा विदेशी व्राण्डका मप, सिसा सफा गर्ने वाइपर, ट्वाइलेट क्लिनिङ्गका दर्जनौ प्रकारका भेराइटीहरु, स्पोर्टस आइटमहरुमा स्पोर्टस सुज, व्याडमिन्टन, स्नुकर, फुटबल, स्पोर्टस कपडा लगायतका रहेका छन् ।
गोरखा किचेन लोकप्रिय बन्दै
गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्ने हरेक ग्राहकको आकर्षण गोरखा किचेन रहँदै आएको छ । चाहे त्यो गोरखा डिपार्टमेन्ट स्टोरको मुख्यालय इटहरी होस्, चाहे पहिलो विस्तारित शाखा विराट चौकमा होस् या दोस्रो विस्तारित शाखा पथरीमा किन नहोस् ।
आफूलाई चाहिने आवश्यकीय सामान खरिद गर्नु भन्दा पहिला होस् या खरिद गरिसकेपछि होस् उनीहरु गोरखा किचनमा केही समय बसेर रमणीय वातावरण नियाल्दै स्वादिष्ट विभिन्न परिकारको स्वाद लिएर मात्र फर्कन्छन् ।
पथरीस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरका चैथो तलामा उक्लेपछि हरेक ग्राहकले आनन्दित महसुस गर्छन् । दक्षिणतर्फ पथरी बजारको र उत्तरतर्फ घना जंगलको रमणीय दृश्यसँगै जुनसुकै स्वादका परिकार उनीहरुले लिन सक्छन् । अत्यन्तै सफा र स्वच्छ खाना खानकै लागि यतिबेला पथरीमा सरदर एक हजार ग्राहकहरु आउने गर्छन् ।
पथरीमा मात्र होइन विराटचौकमा समेत यही हाराहारीमा गै्राहकहरुले खाना खाइरहेको कर्मचारी मुरारी खतिवडा बताउँछन् । रु ५० मा भरपेट सादा खाना र रु ९० मा चिकेन खान खान स्थानीय मात्र हैन टाढाटाढा यात्रामा हिडेकाहरु समेत खाना खाने समय मिलाएर गोरखा किचेनमै आइपुग्ने गरेका छन् । गोरखा किचेनमा चाइनिज, इण्डियन खानाका पारखीहरु समेत आउने गरेको कर्मचारी खतिवडाको कथन छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
बेवि आइटममा अभिभावकसँगै बालबच्चा
ग्राउण्ड Ïलोर पश्चात बढी भीडभाड हुने ठाउँ पथरी र विराटचौकको विस्तारित शाखामा तेस्रो तला पनि हो । जुन तलामा भर्र्खर जन्मिएका देखि १५ बर्षसम्मका नानीहरुका सम्पूर्ण कपडा, स्टेशनरीका सामानहरु रहेका छन् ।
स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु खरिद गर्नका लागि अभिभावकहरु आÏना बालबच्चा सहित तेस्रो तलामा पुग्ने गर्दछन् । अझ यतिबेला गर्मीको मौसम शुरु भएकोले हल्का र आकर्षक कपडामा उनीहरुको ध्यान नजाने कुरै भएन । खासगरी पथरीमा मंगलबारे, दमक, उर्लाबारी, जाँते, लेटाङ, शनिश्चरे,
रमाइलो, राजघाटसँगै स्थानीय ग्राहकहरु आउने गरेको स्टोरका सुपरभाइजर खत्री बताउनुहुन्छ ।
यसका अलावा भारतको दार्जीलिङ्ग, सिक्किम, पश्चिम बंगालको सिलगुढी, नक्सलबाडी, भुटानको विभिन्न स्थानबाट समेत ग्राहकहरु आउने गरेको खत्रीको भनाई छ । खासगरी भारत तथा भुटानबाट आउने ग्राहकहरु नेपालमा आफन्त भेट्न, घुमफिर गर्न आउनेहरु नै बढी हुने गर्छन् । गोरखा डिपार्टमेन्ट स्टोर पूर्वाञ्चलमा मात्र नभएर नेपालका अन्य भागसँगै भारतमा समेत एउटा ब्रान्डेड नाम बनिसकेको छ । पहिला इटहरीस्थित मुख्यालयमा मात्र आउने उनीहरु शाखा विस्तार भएपछि पथरी र विराटचौक र दमकमा समेत आउने गरेको खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया