बसन्तराज भट्टराई
सम्पुर्ण मुलुक स्थानीयनिर्वाचनमा र¨िएको छ । प्रत्येक छापाहरुमा नगर प्रमुखउप(प्रमुख र वडा प्रमुखहरुको नाम देखिएका छन् । आ(आÏना पार्टी प्रतिनिधीहरुको नाम उछाल्ने क्रमजारी छ । आज एउटा नाम देखिन्छभने भोली छुट्टै नामले आÏनो स्थानप्राप्तगरेको हुन्छ । छापादेखिबाहिर एउटा छुट्टै मीडिया चलायमान छ । जो बजारकाचोकहरु गौंडाहरु, चियापसल र पानपसलहरुमा अवस्थित छन् । किन्तु यो मिडिया स्थिरचाही छैन । किनभने यस मिडियामा बिहानदेखि बेलुका सम्ममा धेरै नगरप्रमुखहरु, उप–प्रमुखहरु र वडा प्रमुखहरुको फेरबदल भै रहन्छ । सारा ाजनैतिक माहौल अन्दाज र अड्कलमा सिर्जिएको छ । आफूलाई नेता भन्न रुचाउने व्यक्तिपनि यस माहौलमा भ्रमीत छन् । सम्पूर्ण राजनैतिक वातावरण असमञ्जसता र अनिश्चितताले ढाकेको छ । यस्तो परिवेशमा टीकट प्राप्त गरि विजय हुनचाहाने प्रतिनिधि, पार्टीका इमान्दार कार्यकर्ता अनि आÏनो अमूल्य मत प्रदान गर्ने नागरिकगणहरु सबै नै रणभुल्लमा परेका छन् । किनकि यसपल्ट जुन राजनैतिककार्यकर्तालाई नागरिकहरुले रोजेका छन् त्यस व्यक्तिले टीकट प्राप्त गर्छ वा गर्दैन त ? समाजमा देखिएको इमान्दार एवं जिम्मेवार व्यक्तिलाई पार्टीले चिन्न सक्छ त ? सामाजिक मर्यादामा रही अनवरत रुपमा कार्य गरिरहने प्रतिनिधिले प्रतिनिधित्व गर्न पाउला त ? यस्ता प्रश्नहरु आज सबैसंग छन् । किन्तु विपरित झोंकाको कारण बोल्न कोहीपनिचाहाूदैनन् । किनकि प्रतिकूल अवस्थामा बोलो कि पोलो हुनेगर्छ । त्यसैले सबै शान्त र संयमित छन् । किन्तु पार्टीभित्र प्रतिनिधिहरुको टीकटको विषयलाई लिएर उठेको विवादका सन्दर्भहरु अब त आम जनताले पनि अडकल काट्न सक्ने भएका छन् । किनभने यस गाईजात्रे पारालाई झण्डै २७ वर्षदेखि झेल्दै आएका छन् यस व्यक्तिले आÏनो सम्पुर्ण जीवन पार्टीको विकाश र मर्यादा हेतु खर्च गरे तापनि यसले टिकट प्राप्तगर्न सक्दैन । किनकियसको न समाउने ठाउँ छ न त टेक्ने ठाउँ नैफलानो पार्टीको फलानो व्यक्ति अत्यन्त्यै कर्मनिष्ठ, गम्भिर एवं सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्षम छ, किन्तु पार्टीप्रतियसको पकड मजबूत छैन । त्यसैले पनि टीकट प्राप्तगर्न सक्दैन ।
ऊ पढे लेखेको विद्धान छ । योग्य र प्रतिभाशालीपनि छ । धेरैवटा सामाजिक संघ संस्थाहरुमाजोडिएकोले उसको इमान्दारिता र स्वच्छ छवीको सबैले प्रशंसा गर्छन् । किन्तु यस सक्षम व्यक्तिले पनि टिकट पाउँदैन । किनकी यो देश ज¨ बहादुर राणादेखि गिरिजाबाबु हुँदै खड्ग ओली सम्मले हाँकेको मुलुक हो । त्यसैले ज्यादा शिक्षित व्यक्तिहरुको कसी जाँच्ने यन्त्र पार्टीसंग छैन । यही कारणले यस योग्य व्यक्तिले पनि टिकट प्राप्त गर्न सक्दैन । यो मुल्याङ्कन आजको नागरिक मञ्चको हो । जो शुद्ध रुपमा नगरको विकाश चाहन्छन् । त्यसैले उसको पुर्ण दृष्टि व्यक्तिमा छ न कि संस्थामा
नै ।
अब पार्टीले सक्षम व्यक्ति कसरी खोज्छ त ? २०१७ साल र २०३६ सालको इतिहाँस आजको सन्दर्भमा पेन्डिङ्मा पुगिसकेको छ । पढेलेखेको विद्धानलाई टिकट दिंदा आÏनो अयोग्यता देखिएला भन्ने भय छ । नाम चीन व्यक्तिलाई टीकट दिँदा आफू सडकमा आईन्छ भन्ने त्रास छ । पुराना इतिहाँस छबी बोकेका व्यक्तिहरुलाई टिकट दिंदा पद र पावर दुवै गुम्ला भन्ने डर छ । त्यसैले अब टिकट दिंदा पार्टीले पुर्णरुपमा निषेध गरेको किन्तु ठूला–ठूला पदमा बसेको बेला काँग्रेसीहरुले गर्ने गरेको प्रकृया कै आधारमा टिकट वितरण हुन थाल्छ । जसलाई हामी नातेदारी, परिवारवाद, सम्भ्रान्तकूल, राजनैतिक पकड एवं छिमेकी राष्ट्रसंग सान्निध्यता जस्ता कुरा पर्छन । त्यसैले यी खासियतहरुमा एउटा मात्र गुण तपाईसंग छ भने तपाईको टिकट निश्चित भन्ने बुझ्नु । अन्यथा कार्यकौशलता, कर्तव्यनिष्ठता, इमान्दारिता, सक्षमता, जिम्मेवारिता, संस्थाप्रतिको जज्वा र लामो समयदेखि पार्टीमा रही, निरन्तर साधना गरेको, अनि जेल–नेल परेका सन्दर्भहरुबाट तपाईलाई पार्टीले टिकट दिंदैन । किनकि ती सबै खुबीहरु जाँच्ने मेशिन पार्टीसंग छैन । जसरी एम.ए. गरेको शिक्षित व्यक्तिको मुल्याङ्कन एस.एल.सी.पासले गर्न सक्दैन, ठीक त्यस्तै २००७ साल, २०१७ र २०३६ सालको मुल्याङ्कन पनि २०४६ साल पछिका काँग्रेसीहरुले गर्न सक्दैनन् । त्यसको लागी त्यही कालखण्डको व्यक्ति हुनुपर्छ या फेरि पुुर्णरुपमा राजनैतिक संस्कार भएको व्यक्ति हुनुप¥यो । साथै नेपाली काँगे्रस र महामानव विपीलाई अन्तर ह्दयबाट अनुभूति गर्नसक्ने योद्धाले पनि यस प्रकारको मुल्याङ्कन गर्न सक्छ । किनकि उसंग भएको राजनैतिक चेत, राजनैतिक संस्कार अनि संस्थाको अध्ययन र विपीको वैचारिक धरातल उसले राम्रोसंग बुझेको हुन्छ । किन्तु यस्ता व्यक्तिहरु न्यून छन् । यदि छातीमा हात राखेर इमान्दारी पुर्वक भन्ने हो भने यीनीहरुलाई पाखा लगाई सकिएको छ ।
हिजोकादिनहरुमा नेपाल कांग्रेसलाई स्वच्छ छबीको भनेर चिनिथ्यो । सत–चरित्रको भनेर चिनिन्थ्यो । क्रान्तिकारी विचारधारको भनेर चिनिन्थ्यो । नेपाली जनताको हकहित र अस्तित्वका लागि लड्नसक्ने, नेपाली जनतालाई न्याय दिन सक्ने, अनिगास, बास, कपास, शिक्षा र औषधी मूलोको ग्यारेन्टी गर्न सक्ने भनेर चिनिन्थ्यो । किन्तु आज नेपाली कांग्रेस कहाँ छ ? नेपाली काँग्रेसलार्इ आज के भनेर चिनिन्छ ?अब त मुलुकमा प्रजातन्त्र आएको यतिका वर्ष भै सक्यो । त्यसैले यस संस्थाको परिचयमा पनि व्यापक वृद्धि भएको होला नि पुराना काँग्रेसीहरु स्वच्छ छवी, चरित्र, नैतिकता, आदर्श अनि क्रान्तिकारी शैली भनेर नै अघि बढे । धर्म नछाडी भन्ने हो भने २०४६ सालपछिको प्रथम निर्वाचनमा नेपाली काँग्रेशले ल्याएको स्पष्ट बहुमत यिनै आदर्शवादी कार्यकर्ताहरुले गरेको संगठनको परिणाम हो । अझ स्पष्ट भन्ने हो भने आजसम्म भएका चुनावहरुमा आएका जे जति मत छन् ती सबै विपी, गणेशमानसिंह र किशुनजीको त्याग तपस्या, साधना, व्यवहार कुशलता, राजनैतिक क्षमता, अनि स्वच्छ छवीकै कारण झरेका हुन् । किनभने २०४६ साल पछि नेपाली काँग्रेस कुर्सी र सत्ता लिप्सामा मात्र दौडेको छ । त्यसैले नेपाली कांग्रेसको संगठन विस्तार जिरोमा छ आफ्ना क्रियाशिल सदस्यहरुलाई चिन्न सक्दैनन् । किनकि सक्रिय सदस्यहरु आफ्नै हिसाबमा बनेका छन् । जब कि संस्थाको मुल्य एवं मान्यताअनुसार पार्टीको विधानलाई आधार बनाएर क्रियाशील सदस्य बनाउनु पर्ने हुन्छ । किन्तु विधान हेर्ने फुर्सद कसलाई
छ र ? संगठन गर्ने भनेको जथाभावी क्रियाशिल सदस्य बनाउने होइन । भेलाको नाममा भीड तैयार पारी तिथीमिती सुनाउने क्रम पनि संगठन अन्र्तगत पर्दैन । अनि नेताको अगाडि पछाडी झोला बोकेर हिड्दैमा संगठन हुँदैन । संगठन त एउटा यात्रा हो, अनि एउटा अभियान पनि हो । त्यसैले भनिन्छ कि व्यक्ति व्यक्ति मिलेर संस्था बन्छ, किन्तु व्यक्ति संस्था हुदैन । अर्थात् संस्थामा व्यक्ति गौण बन्न पुग्छ । त्यसैले पुर्ण रुपमा संगठन गर्न संस्थाको पृष्ठभुमि र इतिहास जान्नै पर्छ । अनि उक्त संस्थाका संस्थापकको वैचारिक धरातल, बुझेकै हुनुपर्छ । त्यसपछिमात्र संगठन सहज बन्न पुग्छ । त्यसैले भीडमा उभिएर ठुला ठुला आवाजमा संगठन संगठन भन्दा संगठन हुनेवाला छैन । फेरि संगठन गर्ने कुरा हो न कि भीडहरुमा चिच्याउने कुरा नै ।
