धरान÷ धरानमा शनिवार १ सय जनाले आखा दान गरेका छन् । लायन्स क्लब अफ बुढासुब्बाले आयोजना गरेको एक कार्यक्रममा
धरानका १ सय जना सर्वसाधारणले आखा दान गरेका हुन् ।
सचेतनाको कमी र आखा दान गर्दा हुने फाइदाका विषयमा
सर्वसाधारणलाई ज्ञान नहुदा आखा दान गर्नेहरुको संख्या न्यून हुने
गरेपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आखा विभागले विभिन्न प्रचारात्मक अभियानलाई तिब्रता दिएपछि पछिल्लो समयमा आखा दान गर्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ ।
प्रतिष्ठानको आखा विभागले पछिल्लो समयमा प्रतिष्ठानका विभिन्न स्थानमा प्रचारात्मक पोष्टर राख्नेदेखि लिएर आखादान गर्न उप्रेरित गर्ने उद्देश्यले विभिन्न संघ संस्थासंग सहकार्य गरेर सचेतनात्मक कार्यक्रम आयोजना गर्न थालिएको प्रतिष्ठान आखा विभागकी प्रमुख डा. पुनम लवाजुले जानकारी दिनुभयो ।
मृत्युपरन्त मुत्यु भएका व्यक्तिको आखाले अरुले पनि संसार देख्न पाउन भन्ने उद्देश्यले आखा दान कार्यक्रमलाई अगाडि बढाइएको र अहिलेसम्म १ सय जनाले आखा दान गरिसकेको लायन्स क्लब अफ बुढासुब्बाका अध्यक्ष दिपेन्द्र निरौलाले जानकरी दिनुभयो ।
क्लबले यस भन्दा अगाडि विभिन्न प्रकारका स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको र केही समय पछाडि धरानमा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क आखा चेकजाच गर्ने समेत जानकारी दिनुभयो ।
