घण्टाघरबाट हेर्दा

लुकेर भागे रे
माउवादी केन्द्रका नेता बालकृष्ण ढुंगे्ललाई सात दिनभित्र अँठ्याएर जेलमा खाँद्नु भनेर अदालतले आदेश दिए नि अहिलेसम्म प्रक्राउ नपर्नुको गाँठी कुरा त अर्कै रै’छ । ढंगेललाई किन प्रक्राउ नग¥या भनेर एकजना लिखुरे पत्रकारले बडो शाहस जुटाएर घरेलु राज्ये मन्त्रीलाई सोध्या त जवाफ सुनेर पत्रकारै Ïल्याट परेछन् । सुरक्षा निकायसँग लुकेर भागेकाले प्रक्राउ गर्न नसकेको रे । घण्टाघरलाई ती मन्त्रीको जवाफ सुनेर कुरी कुरी लागेर आयो । बरु प्रहरीले ढुंगेललाई चिन्दैचिन्दैन भन्या भा’ लन्ठै साफ हुन्थ्यो । नचिनेसी बातै खलास हुन्थ्यो । पुलिसकै सुरक्षेमा राजधानीमा कुखुरे छाती तन्काएर हिँड्ने, ओखलढुंगा पुगेर सम्मान पडकाउनेलाई प्रहरीले बरा बसरी चिनून ? विदेशतिर दहाललाई ड्याहाल भनेझैँ यतातिर बालकृष्ण ढुंगेलको सट्टामा ढुंगेल बालकृष्ण भएर हिडेर पो प्रहरीले अँठ्याउन नसक्या हुन् कि ? बरु अदालतले बालकृष्ण ढुंगेलको एउटा फोटो नि पठाइदिए हुन्थ्यो । विचराहरु झुक्के होलान् । भाषन गर्दा तरवारमा धार लगाउदै छु पिडुला चिरिदिन्छु भनेको प्रहरीले सुनेर प्रहरी छेवै नप¥या पो हुन् कि ? खै के खै के पुत्त ।
मोर्चाको लाइनमा
मधेशबाट काँग्रेसको राजनीति गर्ने मधेशी नेताहरु सर्लक्कै मोर्चाको लाइनमा खडा भएसी ३१ गते निर्वाचन नहोला नहोला जस्तो पो भयो त । मोर्चाले उठाएका माग पूरा नभई नुचाउनै हुन सक्दैन भनेर मधेशका नेताहरु अहिले आएर थुतुनो बजार्दे छन् । अस्तिको मिटिङ्गमा पनि उनीहरुले त्यसैगरी थुतुनो बजारेका छन् , पहिला कस्तो विरालाको घाँटीमा डोरी बाध्ने भनेर मुखामुख गर्दै आएका उनेरले अस्तिका दिन एकै स्वर भट्याएछन् । काँग्रेसका मधेशी नेताले थुतुनो खोलेसी’ अब झलेमाले, माउवादीका मधेशी नेताले मुख खोल्न सजिलो भा’छ । चुनाउको कुरा गर्दा नि अनुहारभरि मोविल पोतेर बजार घुमाउने मोर्चाका काजेकर्ताहरुसँग जोगिन मोर्चाका माग पूरा नगरी नहुने नै देखिएको छ । अब झालेमालेका अध्येक्षे के गर्लान् ?
सुनको टुक्रा
त्यहीँ थुतुनोले पान खुवाउँछ, त्यहीँ थुतुनोले जुत्ता हनाउँछ त्यसै भन्या होइन । अब हेरै न नेप्लिज लाँग्रेसका तेस्रो लिंगी बरिष्ठ नेता रामचन्द्रे बाजेलाई । अस्तिका दिन पोखराको चुनावी सभामा पुगेर कम निष्ठा भा’का कम्युनिष्टलाई समेत उछिनेर भाषन ठोकेछन् । चार नं. प्रदेशलाई सुनकै टुक्रा बनाइदिन्छु भनेर भाषन ठोकेसी त्यस प्रदेशका मान्छेहरुमा यतिबेला रुवाबासी चल्या छ । साँच्चै नै रामचन्द्रे बाजेले सुनको टुक्रा बनाइदिए भने त्यहाँका जन्ताले के गर्नु ? न टोक्नु न बोक्नु । अलिकता मानिसको भीड देख्नु हुँदैन नेताहरुको मुखबाट नानाथरिका बोली निस्कन्छन् । पहिला पहिला झालेमालेले घर बनाइदिने, जग्गा दिने, विवाह नभएकालाई स्वास्नी खोजिदिने सम्मका भाषन ठोक्थे । अहिले त्यो रोग सर्लक्कै काँग्रेसमा स¥यो कि क्या हो ?
वैधाउको कन्चट
ठूलो भाग खोज्दै माउवादीबाट पलायन भइ क्रान्तिकारी भएका मोहन वैधको कन्चट हिजो आज चटचट गर्न थाल्या छ । अरुबेला कुकुर विरालोजस्तो गरी ङ्यारङुर गर्ने चोइटिएका उछिट्टिएका माउवादीका नेताहरु विपत्त आउन लायो भने बोलीमा लोली मिलाउने गर्छन् । अब हेरौ न त्यो प्रहरीको मञ्चमा बसेर भाषण ठोक्ने, प्रहरी नै सुरक्षे गार्ड लिएर हिड्ने तर प्रहरीबाटै प्रक्राउ गर्न नसकेका बालकृष्णे ढुंगेललाई प्रक्राउ गर्न अदालतले आदेश दे’सी वैधाउको कन्चट यतिबेला झटक झटक भएर दुख्न थाल्या छ रे । किन दुख्या भनेर घण्टाघरले यसो वाइनाकुलर सोझ्याएर बुढाको अनुहार हे¥या छ कारण त अर्कै परेछ । आज ढुंगेल प्रक्राउ परे भने भोलि आÏनै पनि पालो आउँछ भनेर पो बूढालाई चिन्ता भा’रैछ । आखिरी ढिलो चाँडो पालो त आउँ नै । कि कसो हौ ?
धर्ना र अनसन
आफैले हानेको झटारो आपैmमाथि बज्रेपछि त्यसको हालत के होला ? यतिबेला हिसिला पोइ बाउराम भट्टराईको यस्तै हालत भा’छ । आफैले संविधान बनाउँदा संसदमा प्रतिनिधित्व गरेका दलहरुले मात्र एउटै चुनाउ चिन्ह पाउँछन् भनेर व्यवस्था गरे । अहिले बाउरामलाई त्यही घाँडो भएको छ । माउवादीबाट निस्केर खुबै नयाँ शक्ति खोलेर उम्लेका थिए अहिले निर्वाचन आयोगले त्रिशुल तताएर डामिदियो । नाइ मलाई एउटै निर्वाचन चिन्ह चाहिन्छ भनेर अरु भुरे भारेलाई बटुलबाटुल पारेर धर्ना र अनसनमा बसेका छन् । अघि तिन्ले मानेनन्, पछि तिन्ले जानिनन्, बाघ लाग्यो घिच्याउन उनी लागि चिच्याउन भनेको यही हो । आफ्नो नामको अगाडि डा. लेख्नेको समेत त्यति बुद्धि नपुग्नु भन्या अचम्मै हो ।
भाचिने भए कर·
हातलाई भन्दा दाँतलाई सकसक भनेझै निर्वाचनका सम्बन्धमा राजनैतिक दलभन्दा निर्वाचन आयोगलाई किन ख्याँस ख्यास र तातो लाग्या होला ? यहाँका राजनैतिक दलहरु चुनावमा जाँदैनौ, चुनाउ हुनै सक्दैन, जबरजस्ती गरे भाँड्छौ भन्ने देखि केही रुन्चे भएर निर्वाचनमा जान्छांैै,
गराउनैपर्छ भनेर उफ्रदै छन् । यो सबै देख्दा देख्दै पनि आयोगले मतदाता शिक्षा स्वयमसेवक खटाउने, आयोगको कार्जालय खोल्ने कामलाई अगाडि बढाएको छ । अब स्वयम सेवकको करङ्ग खुस्कन थालेर आयोगको कार्यालयमा तालाबन्दी गर्दै राँको बालेर लघारे भने तिन्लाई कस्ले जोगाउला ? तिन्लाई दिन्छु नभन्नु अनि लान्छु पनि नभन्नु भन्ने उखान गिदीमा गुदी नभएका नेताहरुलाई हेक्का छैन कि क्या हो ? पहिला गोजीबाट दिउँला झै गरेर फुत्त फुत्त निकालेर अश्वासन बाडे अहिले भएन त घाँडो ?
जुन थालमा खायो…..
जुन थालमा खायो त्यही थालमा आँची गर्ने नेपालका राजनैतिक दलहरुको सबैभन्दा ठूलो विशेषता हो । यस्तो विशेषता भएका नेता संसारका अन्य कुनै पनि देशाँ छैनन् होला ? अब हेरौ न हिजो पार्टी सभापति बन्न बूढा निलकण्ठे बाजे भकभके काजी खुमबहादुर खड्कको अगाडि लम्पसारै परे । तिनै खुमबहादुरको ताकतले काजीले पार्टीको मुखिया उछिट्याए । तर अहिले आएर भ्रष्टाचार गरेको जेल बसेको व्यक्ति पार्टीका साधारण सदस्य समेत बन्न पाउँदैन भनेर आफना नन्दीभृंगीहरुको आडमा विधान बनाएछ । खोलो त¥यो लौरो बिर्सियो भन्या यही हो । काजीलाई पनि त हिजो शाही आयोगले भ्रष्ट सावित गरेकै थियो । अब काजीका सवालमा चाहिँ विधान लागू हुन्छ कि हुँदैन ?
अन्तेमा
धुर्मुस सुन्तली यस बर्षको बर्र्ष व्यक्ति भएछन । बर्ष व्यक्ति बन्न कम्मल ओडेर घ्यू खाने गनगने थापा प्रचण्डाउ, लोड सेडिङ्ग घटाएको भनेर हावामा प्रचार गरिरहेका कुलमान, नम्कली ट्रान्स ट्रान्स फर्मर खरिद गरेर करौडो झ्वाम्म पार्ने जनार्जन शर्मा, भुत्लोभाङ्ग निर्नय नै गर्न नसक्ने पर्धानमन्तरी प्रचण्डाउ सबै लिगलिगले दौडमा थिएरछन् । जन्ताले तिरेको
करबाट स्वाँठिएकाहरु भन्दा आफै स्रोत साधन जुटाएर भुकम्प पीडित,
गरिबहरुका लागि सुन्दर घरहरु बनाएर बाँड्दै हिड्ने धुर्मुस सुन्तली नै अगाडि देखिए । घण्टाघरहरुको पनि धुर्मुस सुन्तलीलाई जदौ । अरुलाई वाई वाई कि कसो हौ ?

तपाईको प्रतिक्रिया