नया“ बर्षमा भारतीय साँस्कृतिक केन्द्रद्वारा आकर्षक नृत्य प्रस्तुत

नेपाल र भारतबीचको द्विपक्षीय साँस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारतीय साँस्कृतिक केन्द्र (आइसीसी), नेपाल स्थित भारतीय राजदूतावासको आयोजनामा नेपालको नयाँ बर्ष २०७४ वैसाख १ गते
राजधानीमा एक आकर्षक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित उक्त साँस्कृतिक नृत्य कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले गर्नुभएको थियो । भारतको उत्तरी तथा दक्षिणी राज्यका कलाकारहरुद्वारा प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रमको नेतृत्व कुलजित सिंहले गर्नुभएको थियो भने १२ जना कलाकाहरुले आÏनो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपालका साँसद, शिक्षाविद्, संगीतकार, कलाकार र स्थानीय सँस्कृति र नृत्यप्रति रुचि
राख्ने सैयौ नेपाली र नेपालमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेपालको नयाँ बर्ष २०७४ को उपलक्ष्यमा त्यसरी आयोजित कार्यक्रमप्रति उपस्थित दर्शकहरुले अत्यन्तै सकारात्मकता दर्शाएका थिए । उनीहरुको प्रतिक्रिया थियो, यस प्रकारको कार्यक्रमबाट दुई देशको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पु¥याउने, एक अर्काको मनोभाव बुझ्ने काम गर्नेछ । यसभन्दा अगाडि नेपालस्थित भारतीय दुतावासले उत्तर पूर्वी राज्य आसाम, सिक्किम, मनिपुर लगायतका स्थानका कलाकारहरुद्वारा नेपालका ९ वटा प्रमुख सहरमा त्यस प्रकारको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर दुई देशको कला सँस्कृतिलाइ एक आपसमा प्रस्तुत गरेको थियो । राजधानीमा नृत्य प्रस्तुत गरेको भारतीय साँस्कृतिक मण्डलले चैत्र ३१ गते गुरुद्वार गुरुनानक सत्संग कुपन्डोलमा समेत नृत्य प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया