घण्टाघरबाट हेर्दा

खुस्केछन् कि क्या हो ?
प्रचण्डाउको जोर लात्ती खाँदा खाँदा हैरान भएर टिक्नै नसकेसी
पुराना जडौरीहरुलाई भेला गरेर नयाँ शक्ति बनाएका हिसिला स्वामी बाउराम खुस्केकी क्या हो ? अस्तिका दिन उन्ले पश्चिमतिर गएर बर्बराएको देख्दा घण्टाघरलाई उनी खुस्केजस्तो पो लाग्यो । विचार किन नखुस्किउन त एक त चैताको गर्मी, निर्वाचन आयोगले एउटै चुनाउ चिन्ह नदिएको पिरलो, पर्धानमन्री भैसक्या मान्छेलाई पनि प्रहरीले लछार पछार गर्दैै घिस्याएर एकदिन भनी थुनामा राखेको चिन्ता । अनि दिमाग के ठीकमा होस् । उनी खुस्केको दह«ो प्रमाण त अस्तिका दिन देखियो । उन्ले भन्या सरकारले तिनै तहको निर्वाचन एकै पटक गर्नुपर्छ रे । के भन्या होलान् । एउटै तहको निर्वाचन गर्न त सरकारको पिँधबाट अपानवायु निस्किराँछ । एउटै तहको निर्वाचन त दुई चरणमा गर्ने भन्दै छ अब
बाउरामले तीनै तहको एकैपटक गर भन्नु त नखस्केको भए त भन्नै सक्दैन । कि कसो हौं ?
झालेमाले खंग्र·
झालेमालेका नक्कली राष्ट्रवादी नेताहरु अस्तिका दिनदेखि खंग्रङ्ग परेका छन् । झालेमाले सबैभन्दा ठूलो दल भनेर मेची महाकाली स्याल हुइøयाँ चलाएर राजधानीमा विश्राम लिएर बसेका झालेमालेका नेताहरु गुप्चतरको रिपोर्ट पढेसी’ खंग्रङ्ग भएका हुन् । गुप्तचरले झालेमाले अबको निर्वाचनमा दोस्रो हुने, काँग्रेस पहिलो हुने, माउवादी चौथा हुने र राप्रपा तेस्रो हुने रिपोर्ट सार्वजनिक गरेछ । रिपोर्ट हेरेसी’पुतली जुँगे माकुन्याउले आÏना बुकुने औँला सोझ्याएर खप्रओको थुतुनोमै पु¥याएर भनेछन् यो सबै तपाईको थुतुनोले विगा¥या हो । जथाभावि थुतुनो नखोल्नुस, बोल्ने कुरा नि बोल्या छ, नबोल्ने कुरा नि बोल्या छ । अरुलाई सक्तो सराप ग¥या छ । माकुन्याउले त्यसरी साफिल लगाएरै झाँटेपछि खप्रओको बोलीमा सिथिलता आएको छ । बालकोटतिर पुग्ने सबैसँग भन्न थाल्या छन रे अब म कम बोल्नु प¥यो । सानो देखि लागेको बानी हम्मेसी जाँदैन भन्छन् हेरौ खप्रओले अब के गर्लान् ?
लैलै बाबु लैलै
ताइन तुइको बरिष्ठताको विवाद झिकेर ठुँस्स परेर बसेका जनकपुरिया कायस्थ विमलेन्द्राउलाई फकाउन हिजो आज बुढानिलकण्ठे काजी लोरी गाउन थाल्या छन् रे । दोस्रो बरितामा आफूलाई नराखे राजीनामा दिन्छु भनेर सनक्क सन्किदै हिड्या विमलेन्द्राउलाई बुढानिलकण्ठे काजी लैलै बाबु लैलै भनेर फकाउँदैछन् रे । काजीले फुइøयाँको फकाउनु ? बुढा बालकलाई पनि लोरी सुनाएर फकाउने हो ? दिन्छन् भने दिन दिनु नि † विमलेन्द्राउ गए अर्का बाउ आउँछन् । कस्ता कस्ता
विचाराहरु मन्त्री नपाएर खिस्रिक्क
परेर बस्या छन् । कुत्तीलाई घ्यू पच्दैन भन्थे हो कि क्या हो ?
गुटगत संघर्ष
नेप्लिज काँग्रेस र झालेमालेका लोकल नेताहरु यतिबेला मेयर, उपमेयर, गापा अध्यक्ष, उपाध्यक्षका लागि गुटगत संघर्षमा होमिएका छन् । पार्टीको नाम एउटै भएनि नेतैपिच्छेका लोकल नेताहरुको गुट भएसी’ दुवै पार्टीलाई उमेद्वार छान्न यतिबेला महाभारत नै भएको छ । एउटालाई उमेद्वार बनायो अर्को गुटकाले चुनाउमा लोपार्देलान, अर्कोलाई दियो अर्कैले सोतार्देलान् भन्ने टेन्सिन । पराई सत्रु भन्दा पनि आफन्त सत्रु बडो खतरा हुन्छ भन्थे हो रै’छ । गुटगत संघर्षले गर्दा आपूmलाई ठूलो पार्टी हौ भन्ने काँग्रेस र झालेमालेले अहिलेसम्म उमेद्वारी घोषणा गर्नै सक्या छैनन् । कात्र्तिके लोकललाई पनि टिकटै चाहिएको छ, चैते लोकललाई पनि टिकटै चाहिएको छ । जागिरेलाई नि टिकट चाहिएको छ, एनजिओवालालाई पनि टिकटै चाहिएको छ । त्यसैले महिलेसम्म दुवै दलले उमेद्वारी दिने पसलै खोल्न सक्या छैनन् ।
महाकाली मेची
घण्टाघरको खप्पराँ एउटा कुरा घुस्नै सकेन । नेपालका अन्य दलले मेची महाकाली अभियान शुरु गर्छ तर नेप्लिज काँग्रेसले महाकाली मेची चुनावी अभियान शुरु गरेको छ । झालेमालेले बीचमा पाँजनालाई चिप्लाइएर बे्रकअप गर्दै भए पनि मेची महाकाली चुनावी अभियान ग¥यो, कमलाउको राप्रपाले पहिला मेची महाकाली नै ग¥या थ्यो । अरुले पनि मेची महाकाली नै गर्छन् । तर कँग्रेसले चाहिँ किन महाकाली मेची शुरु ग¥या होला ? चैत्र २७गते शुरु गरेर वैसाख ५ गते झापामा आएर टंग्याउने रे । जेहोस ् यससपटक लाँग्रेसले चुनावी नाराचाहिँ गजबकै बनाएको रै’छ । पहिला पहिला झालेमालेका चुनावी अभियान गजबका हुन्थे काँग्रेसको चुनावी नारामा काँग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान । क्या गजब छ नारा । अब अरुले कस्ता बनाउने हुन् कुन्नि ?
हिसिलाको नारा
आÏना बुढासँगै निर्वाचन आयोग घेराउ गर्न गएकी बाउरामकी जोई हिसिलाले अस्ति नै नेपाल देश खारेज गर भनेर नारा लगाइछन् । कस्ती उल्लु आइमाई ? कसरी नेपाल देश खारेज गर भन्न सक्या होला । पुलिसले झ्याल्टुङ्ग पार्दै गाडीमा कोचरेसी’ हिसिलाले त्यस्ता नारा लगाएकी थिइन् । हुन त जसले जे भनोस् हिसिलाले त्यस्तो नारा भित्री मनबाटै लगाकी थिइन् । अरुले बढी ख्याउ ख्याउ गरेसी आवेगमा आएर लगाएको भनेर पन्छिन् ।
बाउराम र सिके राउत उस्ताउस्तै हुन भन्थे त्यसको कास्टिङ्ग हिसिलाले देखाइदिइन् । छुट्टै मधेश देश माग्ने
राउत प्रहरीको कस्टडीमा छन् भने हिसिलाचाहिँ खुल्ला हिडेकी छन् । कही यो रंगभेद त हैन ? घण्टाघरलाई हिजो आज शंका लाग्न थाल्या
छ ।
नेपाली रवैया बलियो
हैन हौ राष्ट्र बैंकले के ताइन तुइँको कुरा ग¥या होला ? अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ बलियो भयो रे, त्यो राष्ट्र बैंकले भन्या । नेपाली मुद्रा बलियो भयो भनेसी घण्टाघरको कान समेत ठाडा–ठाडा भए । हैन यो के अचम्म भयो त हँ ? एक अमेरिकी डलर बराबर १०२.४० पैसा नेपाली रुपैयाँ । बलियो भा’भेत एक नेपाली रुपैया बराबर १०२ डलर हुनुपर्ने हो नि । कहाँ राजाराम कहाँ गंगुतेली भनेझै । हैन यो राष्ट्रवैंकका कर्मचारीहरुले टिल्ल जाँड धोकेर कमजोरीलाई बलियो देखेछन् कि क्या हो ? हुन त टन्न जाँड धोकेपछि हात्तीलाई त कमिलो देख्छन् जँडयाहाहरु । पक्कै त्यस्तै भएको हुनुपर्छ । राष्ट्रवैंक जस्ताले त्यस्तो देख्छन् भनेसी’ अरुको के वात गर्नु ?
अन्तेमा
स्थानीय निर्वाचनको बेला झालेमालेका अध्येक्षे खप्रओ थाइल्याण्डतिर बुढी च्यापेर हुइँकिएछन् । बहानाचाहिँ गजब बनाका छन् उपचार गर्ने रे । फुइøयाँको हुन्थ्यो उपचार गर्नु ? को–कोसँग सेटिङ्ग मिलाउनु छ । बहाना बनाए धाइफल ठोके । खप्रओको बुढी र स्वकीय सचिवसँगै एक हप्ता थाइल्याण्ड बस्ने रे । हैन त्यतिका पैसा कहाँबाट आउँछ हँ ? फेरि पनि राज्येको ढुकुटी दोहन ग¥या त होला नि ? गोडा दुइएक दिन अगाडि उपचार खर्च भनेर सरकारसँग दुई करोड माग्या कुरा गाइगुई चल्या थ्यो । पक्कै पनि राज्यले खप्रओलाई दुई करोड देछन् क्या रे । हैन हौ देशमारा नेताहरुलाई अ‍ौषधी खुई राज्यले बनाएको होला ? बरु थपक्क भुकम्प पीडित, भोगमरीले थालिएका, विरामी परेकालाई द्या भए नि त हुन्थ्यो । आखिरी जुनजोगी आए नि कानै
चिरेका भन्या यही हो ।

तपाईको प्रतिक्रिया