धरान÷ हामी मध्ये थोरैले अर्गानिक सागसब्जी खान पाएका छौ्रं । अहिले धेरै उब्जनी गर्ने नाउमा कृषहरुले नै विभिन्न विषादी प्रयोग गरी कृषिजन्य पदार्थ उब्जनी गर्ने गर्दछन् । यसले उब्जनीमा ह्रास ल्याउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने गरेको पाइएको छ । अत्याधिक विषादीको प्रयोगवाट माटोको उर्भरा शक्ति ह्रास हुदै गएको अवस्थामा धरान ५ मा रहेको एक गाउँ जुन गाउँलाई डेढ दशक अघिसम्म बोक्सिटार भन्ने
गरिन्थ्यो आज सोही गाउँ अर्गानिक गाउँ वसन्तटार बनेको छ । अग्र्यानिक खेतीमा नमुना गाउँ बनेको छ, वसन्तटार ।
तत्कालीन पाँचकन्या गाविस हालको धरान उपमहानगरपालिकाको ५ मा पर्ने बसन्तटारमा देशै भरिका कृषकहरुको अवलोकनको थलो बन्दै गएको छ । बसन्तटार अहिले कृषि पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित हुदै गएको छ । वसन्तटारमा डेढ दशक अघिसम्म गाउँले बिहानै जंगल गएर दाउरा ल्याउथे अनि दिउसो धरान
बजारमा बिक्री गर्न जान्थे, र सूँझमा साग,सब्जी, चामल बोकेर फर्कन्थे । त्यतिबेला वसन्तटार होइन, गाउँको नाम ’बोक्सीटार’ थियो । स्थानीय कृषक कृष्ण राईले अर्गानिक खेति शुरु गरे पछि उनको अभियानले ०६७ मा सफलता पायो । वसन्तटारको १ सय ५० घरधुरीमा अहिले व्यवसायिक रुपमा अग्र्यानिक तरकारी खेती मात्र हुन्छ । रासायनिक मल र बिषादी पुर्णरुपमा निषेध छ । बिषादी र रासायनिक मलको असर विस्तारै आफ्नो स्वास्थ्य र तरकारी उत्पादनमा देखिन थाले पछि उत्पादन र पेशालाई दिगोपन दिलाउन अग्र्यानिक खेतीतर्फ लागेको अग्र्यानिक खेतीका अभियन्ता तथा सोताङ अग्र्यानिक एग्रीकल्चर सेन्टरका संचालक कृष्ण राई बताउनुहुन्छ ।
०५५ सालअघि एक मुठा साग किन्न पनि तत्कालिन पाँचकन्या गाविसको बसन्तटारका स्थानीयहरु धरान बजार नै पुग्नुपथ्र्यो । अहिले तिनै गाउँले हरियो
तरकारी बेचेर बर्षमा करिब एक करोड रुपैया गाउँमा भिœयाउछन् । मासिक झण्डै ९ लाख र बार्षिकरुपमा एक करोड रुपैया बराबरको तरकारी बिक्री गर्छन् । अर्गानिक खेतीको कारण गाउँलेहरुको स्वास्थ्यमा फाईदा पुग्नुका साथै आर्थिक आयस्रोतमा वृद्धि हुदै गएको स्थानीयको भनाई छ ।
गाउँले किसान मिलेर वसन्तटार कृषि सहकारी संस्था गठन गरेका छन् । संस्थामा ५३ जना सेयर सदस्य छन् । यसले कृषकसँग रहेको साना पुजी वचत गर्ने र कृषकलाई नै सस्तो ब्याजमा ऋण दिन्छ । एनजिओसँग मिलेर कृषिको विकासको लागि कार्यक्रम पनि गर्छ । इकोसान चर्पीबाट छुट्टै दिसा र पिसाब संकलन विधि, तिरीमिरी खेती, पुर्वमै पहिलो पटक इन्सेक्ट नेटसहितको पोली हाउस विधिको तरकारी खेती गरिन्छ । कृषकहरुले पोलीब्याग प्रविधिबाट ढुंगा माथि पनि तरकारी फलाएका छन् । च्याउ खेती छ । भर्खर मात्र वंगुरलाई दाना उत्पादन परीक्षण शुरु भएको
छ । कृषि प्रदान देश नेपाललाई अर्गानिक कृषी तर्फ लागेका यस्ता कृषकहरुलाई राज्यले समेत प्रोत्सान दिनु आवश्यक छ ।
त्र
