नेता ज्यू, जय नेपाल

सिद्धिकर्ण शर्मा धिमाल
१९ बर्ष पछि स्थानीय निकायको निर्वाचन २०७४ वैसाख ३१ गते सम्पन्न हुँदैछ । यो निर्वाचन सम्पन्न गर्न राज्यको ढिकुटीबाट अरबौ रकम पैसा खर्च हुँदैछ । पार्टीगत निर्वाचनमा उमेदवारी दिने अनुहारहरुको दौडधूप भइरहेको छ । परिचय पत्र बोकेर प्रचार प्रचारमा आउने तयारीमा छन् । मतदातारुको घरदैलो अब चहार्ने उमेद्वार पनि को भन्दा को कम होलान ? तर मतदाता भने हँ हँ ल ल भन्ने पक्षमा अडिक देखिन्छन् । त्रिपक्षको अहम् भूमिका कस्तो रहला त्यो हेर्न बाँकी नै छ । देशको सबैभन्दा पुरानो र ऐतिहासिक पृष्ठभूमि भएको राजनतिक पार्टी नेपाली काँग्रेस हो । नेता कार्यकर्ताले धेरै दुःख गरे । धेरै जेल÷नेल भोगेका छन् । श्री ३ सरकारको विरुद्ध
(२००७) सालको जन क्रान्ति हुँदा नेपालमा कम्युनिस्टको नाम सुन्न पाइएको थिएन । जननायक बीपी कोइरारालले पार्टीको नेता पुष्पलाल श्रेष्ठलाई कँग्रेसबाट कम्युनिस्टमा गएर कँग्रेसका विपक्षमा बस भनी पठाउनु भएको थियो । अहिले काँग्रेस कहाँ छ ? भन्न पर्ने सम्म काँग्रेसलाई कम्युनिष्टको चुनौति देखिन्छ ।
बीपी भन्नुहुन्थ्यो कि गणेशमान सिघ्र, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला एक अर्कामा वेमेल देखिन्छन् । यी मिले भने जे पनि गर्न सक्तछन् । तर निर्वाचनको कठोर घडीमा भने एउटै मञ्चमा उभिएर भोट मग्दै थे । जनताले उनैको विश्वास गरी भोट दिन्थे । र अहिले इतिहासका पात्र त्रय पार्टीलाई कार्यकर्ता भन्दा पनि नेपाली जनताको विवेकमा छोडेर जानुभयो । शीर्ष नेृतत्व तहमा अहिले पनि दुई खेममा विभाजन देखिन्छ । पहिले संस्थापन भनिएको दाहिने अङ्ग अहिले देव्रतिर सरेको छ । देब्रे भनि नामांकन गरिनु भएका शेरबहदाुर देउवा बहुमतमा रहे पनि पहिलेको संस्थापनको जस्तो हाउभाउ देखिदै देखिदैन । देब्रे अंगमा बस्न बाध्ये भएका रामचन्द्र पौडेल यतिखेर आफ्ना पक्षका कार्यकर्ताको उमेद्वारी दिलाउन जिल्ला दौडाहामा छन् । जन सम्पर्कमा रहेका स्वाभिमानी कार्यकर्ता जसले जनताको मन जितेका छन्, उनीहरु पाँखा लाग्न बाध्य हुने हुन कि भन्न सकिने आधारगत बर्ष पार्टी चुनावले देखाएको तथ्य नै पर्याप्त छ ।
धरान उपमहानगरपालिका क्षेत्रलाई अवलोकन गर्दा नेकाको चुनाव हुँदा यहाँका वडाहरुमा भएका सक्रिय सदस्यहरु भन्दा पृथक मतदाता खडा भएर मतदान गरेको पाइयो । सरकारको चुनावमा तिनीहरुले मतदान गर्दा काँग्रेसलाई दिन्छन भन्ने पूर्ण विश्वास गर्न सकिन्न तिनै मतदाताबाट विजी नेका कार्यकर्ता अहिले आफ्नो उमेदवारी तोकाउन नेताहरुको चाकडीमा हात मोल्दै जय नपाल भन्दै पुगेको देखिन्छ । धरान उपमहानगरपालिकाको क्षेत्र फराकिलो छ । जे होस् यहाँ विगतमा कुनै बर्ष पनि काँग्रेसले जितेको रेकर्ड छैन भन्दा अत्युक्ति नहोला । किन त ? यहाँ कँग्रेस काँग्रेस बीच मेल छैन । पहिले धराननलाई नेवारी समुदायको बुमत थियो । फुटेर अहिले अल्पमतमा बसेको देखिन्छ । नेवारको हारहरीमा राई समुदायको बहुमत यहाँ देखिन्छ ।
धरान उपमहानगरको मेयरमा काँग्रेस नेताद्वय किशोर राई र तिलक राई उठ्ने भन्ने हल्ला चलेको छ । तिलक राई नेका धरान नगर समितिका सभापति हुनुहुन्छ । किशोर राई पूर्व सभापति ुहुनुहुन्छ । धराने राई समुदायमा भोट विभाजन हुँदा एमालेलाई फाइदा हुन्छ । काँग्रेस चित पर्छ । तिलक राईका कार्यकर्ताले नै वडा अध्यक्ष र सदस्यमको टिकट पाउने छन् किशोर राईको कार्यकर्ता पनि स्तन्त्र उमेदवार भइदिए भने मत विभाजन हुन्छ अनि एमालेको वडा पनि कब्जामा जान्छ । राई दुई महारथी धरानको राजनीति मैदानमा भिड्नु निश्चय नै राम्रो होइन । तिमी फलानोको पक्षमा छौ । म फलनाको पक्षमा भन्नु मूर्खता हो कि, बुद्धिमत्ता के होला ? स्थानीय विभाजनको दुःखद क्षण भोगाई भन्दा मत एककिरण गर्नु उचित होला भन्न सकिन्छ ।
जनतासँग प्रत्यक्ष सरोकार राखेका कार्यकर्तालाई पाँखा लगाई आफ्ना चाकडी कर्तालाई उमेद्वारी दिनचाहिँ हुँदैन । नेताहरुको दृष्टि मतदातातिर गइदिए राम्रो हुने थियो । दुई ढुंगाको तरु भई बनेको कँग्रेसलाई बहुमतमा ल्याएर प्रजातन्त्रको रक्षा गर्नु मूल कर्तव्य अएको छ । हामी मतदाता पनि चनाखो हुनुपर्दछ । हल्लामा दौडनु हुँदैन ।
(लेखक प्रजातन्त्र सेनानी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया