धरान÷ धरान इ रिक्सा चालक संघले सोमबार धरानमा वृहत भेलाको आयोजना गरेको छ ।
धरान १२ मा रहेको पब्लिक उच्च माविको प्रांगरणमा भएको भेलालाई नेपाली कांग्रेस धरान नगर समितिका सभापति तिलक राईले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै सिटी सफारी चालकहरुले आफूहरु चौतर्फी मारमा परेको बताएका थिए । भेलालाई सम्बोधन गर्दै समितिकी अध्यक्ष रिना लामाले सिटी सफारीलाई चौतर्फी सौताको व्यवहारले हेर्ने गरेको बताउनुभयो । धरानमा सिटी सफारीले सर्वसाधारणलाई धेरै सेवा दिएको भएपनि पार्किङ स्थल नहुदा समस्या भोग्नुपरेको गुनासो पोख्दै जथाभावि रोकेको निहुमा ट्राफिक प्रहरीले समेत जरिवाना असुल्ने गरेको बताउनुभयो ।
यस्तै चालक महिलाहरुले समेत सिटी सफारीका महिला चालकलाई समाजले अझै राम्रो नजरले नहेको बताउदै धरान १५ की सिटी सवारी चालक अम्बिका गोलेले ट्राफिक प्रहरी, नगरपालिकाका कर्मचारी र अन्यबाट समेत महिला चालकले दुव्र्यवहार भोग्नुपरेको बताउनुभयो ।
त्यस्तो त पुरुष चालकहरुले समेत समेत टूाफिक प्रहरी र धरान उपमहानगरपालिकाको ज्यादतिको बारेमा खुलेरै विरोध गरे । वातावरणमैत्री र सर्वसाधारणको सर्वसुलभ यात्राको माध्यम बनेको ई रिक्सा अनेक बहानामा धरान उपमहानगरपालिका र जिल्ला टूाफिक प्रहरीले अनावश्यक रकम असुल गरेको आरोप चालक मित्रकुमार लिम्बुले लगाउनुभयो ।
भेला अघि समितिमा आवद्ध सिटी रिक्सा चालकहरुले धरानमा सिटी रिक्साको ¥याली समेत आयोजना गरेका थिए । धरान १५ पिण्डेश्वरबाट निकालेको ¥याली कार्यक्रम स्थल धरान १२ स्थित पब्लिक उच्च माविमा पुगेको थियो ।
