धरान÷आगामी वैसाख ३१ गते हुने स्थानीय तह धरान उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसका तर्पmबाट नगर प्रमुखको प्रमुख दावेदारका रुपमा पूर्व नगर सभापति किशोर राई र वर्तमान नगर सभापति तिलक राई देखिएका छन् ।
दुई कार्यकाल नगरसभापति भइसक्नु भएका किशोर राईप्रति
धराने मतदाताहरु यतिबेला नजिकिएका छन् । मतदाताहरु बीचमा चाँडै घुलमिल हुन सक्ने, शिष्टता प्रदर्शन गर्न सक्ने स्वभावकै कारण धराने काँग्रेसको ठूलो पंक्ति किशोर
राई प्रत्यासी भएमा वाम गढ तोडन सकिने विश्वास व्यक्त गर्छन् । उता तिलक राई आफू प्रवल दावेदार भएको बताउनुहुन्छ । राजनीति गर्नेहरुको स्थानीय स्तरमा प्रमुख लक्ष्य स्थानीय निकायको प्रतिनिधित्व नै हो भन्नुहुने तिलक राई मसँगै अन्य साथीहरु समेत हुनुहुन्छ । पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार हुने बताउनुहुन्छ । यद्यपि धरान नगरको प्रमुखको उमेद्वारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुजेन्द्र तामाङको चर्चा समेत बजारमा सुनिन थालेको छ ।
यसैगरी उपप्रमुुखमा नेपाली काँग्रेसका तर्फबाट श्यामा रेग्मी, नेत्रकुमारी राई, उर्मिला प्रधान, मिना पुलामी लगायतको नाम चर्चामा रहेको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एकजना महिला अनिवार्य सविधानले व्यवस्था गरेकोले हरेक पार्टीले प्रमुखमा पुरुषलाई उमेद्वारी दिए उपप्रमुखमा महिलालाई उमेद्वार बनाउनै पर्ने प्रावधान रहेको छ । यस्तै नेपाली काँग्रेसका तर्फबाट वडा नं. १ बाट इश्वरी रेग्मी, यज्ञमणि आचार्य, सागर प्रसाई, जयप्रकाश शमा, वडा नं. २ बाट सुधिरसिंह लिम्बु, माधव गोविन्द श्रेष्ठ, छत्र श्रेष्ठ, वडा न. ३ बाट राजीव ताम्राकार, वडा नं. ४ बाट दिपकुमार लिम्बु, कुमार देवान, वडा नं. ५ बाट नविन राई, वडा नं. ६ बाट पदमप्रसाद पौड्याल, वडा नं. ७ बाट समर वमजन, वडा नं. ८ बाट उत्तम राई, नन्दराज राई, धनबहादुर राई, उमेश पौड्याल,
राम तामाङ, बसन्त भट्टराई, वडा नं. ९ बाट अलिम अन्सारी, रुपेश आचार्य, वडा नं. १० बाट डम्बर लिम्बु
(दिपक), वडा नं. ११ बाट लोकेन्द्र फागु, वडा नं. १२ बाट भोजराज न्यौपाने, विष्णु तामाङ्ग, विनोद थापा, राजकुमार थापा, नरेश शाक्य, वडा नं. १३ बाट डम्बर तामाङ्ग, वडा नं. १४ बाट सन्तोष सापकोटा, कृष्ण भट्टराई, सीता पौड्याल, वडा नं. १५ बाट गणेश सुब्बा, वडा नं. १६ बाट सुरज अधिकारी, मुरारी भट्टराई, हरि कोइराला, वडा नं. १७ बाट पुष्पा
राई, राजकुमार तामाङ्ग, वडा नं. १८ बाट नवराज श्रेष्ठ, वडा नं. १९ बाट जितेन्द्र राई र वडा नं. २० बाट राजकुुमार लिम्बु, देवेन्द्र राई, लक्ष्मी कार्की, राजकुमार तामाङ्गको नाम चर्चामा रहेको छ ।
