मुलुकमा यतिबेला लाजमर्दो अवस्था देखा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला साताव्यापी चीन भ्रमणमा गएका छन् तर उनको अनुपस्थितिमा कार्यवाहकको जिम्मेबारी कसैले पाएन ।
प्रधानमन्त्री पृष्पकमल दाहालले कसैलार्य दिन नचाहेर यो अवस्था आएको होइन । यो अवस्था सरकारमा सहभागी दुई लोभी उपप्रधानमन्त्रीका कारणले सिर्जना भएको हो । नेपाली काँग्रैससका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका विमलेन्द्र निधि राष्टिूय प्रजातन्त्र र्पाीबाट उपप्रधान तथा स्थानीय विकास मन्त्री भएका कमल थापाको जुहारीले यस्तो अवस्था सिर्जना भएको हो ।
प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकरको दैनिक कामकारबाही सञ्चालनकमा लागि मन्त्रिपरिषद्का बरिष्ठ सदस्यलाई कार्यवाहक दिने प्रचलन छ । यो प्रचलन नेपालमा मत्र नभएर संसाकरा जुुकनै मुलुकमा समेत कायम छ । यसपटक प्रधानमन्त्री बाहिर जाँदा कसैलाई पनि कार्यवाहनदिनुले ोयो पसम्पास तोडिएको छ भने धेरै जटिल प्रश्नहरु समेत उब्जिएका छन् । कसैलाई कार्यवाहक नतोकिँदा मन्त्रिपरिषदेमा मर्यादा क्रमलाई लिएर विमलेन्द्र निधि र कमल थापाबीचको विवाद अब सहतमा आएको छ ।
एउटा कार्यवाहकको कुरालाई लिएर जग हँसाइमा उत्रिएका कमल थापा र विमलेन्द्र निधिबाट नेपाली जनताले कस्तो अपेक्षा राख्ने ? मुलुक निर्वाचनको मुखमा छ, असन्तुष्ट दलहरु निर्वाचन हुनै नदिने सम्मको रणनीतिमा लागेका छन् । निर्वाचन भएन भने डेड बर्ष अगाडि जारी संविधानका औचित्यमाथि नै प्रश्न उठ्छ । मुलुकमा गणतन्त्रको भविष्य नै नरहनन स्कछ, देश अन्यौल र अनिश्चितताको भुँवरीमा जाकिन्छ । तर निधि र थापालार्य यी कुनै पनि कुराको चिन्ता छैन । यिनलाई मर्यादा र कुर्सी चाहिएको छ । यस भन्दा अगाडि प्रैधानमन्त्री पुष्पकमल दाहाल भारत र युइएको भैमणमा जाँदा निधिलाई कार्यवाहक दिएका थिए । जुन अवस्थामा कमल थापाको मन्त्रिमण्डलमा आगमन भएको थिएन ।
सामान्य रुपमा हेर्दा पनि कमल थापा नै सिनियर हु । यस भनदा अगाडि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा दोस्रो मर्यादाक्रम अनुसार उपप्रधानमन्ती भइसकेका हुन् । निधि हालमात्र उपपैधानमन्त्री बनेका हुन् । निधिको तर्क छ ठूलो दलको हैसियतले पनि आफूले कार्यवाहक पाउनुपर्छ । यो तर्क आफैँमा हाँस्यास्पद छ । हाल सरकारमा सहभागी भएका लहको समान हैसियत छ । विशेष प्रयोजनका लागि विशेष परिस्थितिमा यो सरकार बनेको हो । अहिलेको समय मर्यादाक्रम खोज्ने समय हुँदै होइन । आज एक अर्काको हानाथापले कार्यवाहक प्रधानमन्त्री समेत मुलुकमा नहुनु दुर्भाग्यपूर्ण हो । पैधानमन्त्री नभएको अवस्थामा मुलुकमा कुनै भवितव्य आइपरे त्यो बेला उचित नि र्णय कस्ले लिने ? कुनै दैवप् िविपत्ती आइलाग्यो, या कुनै ठूलो दुर्घटना भयो, त्यसबेला मन्त्रि परिषदेको आकस्मिक बैठक बसेर राज्यले लिनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । तर सात दिनस्मम मुलुक कार्यवाहक विहीन हुँदा राज्यले कुनैपन िअनिष्ट परिस्थितिको निर्वाह गर्न स्कदैन । कायवाहक दिन प्रधानमन्त्री दाहालले अन्तिम समय सम्म प्रयास नगरेका होइनने तर यो स्मभव नभएपछि विहीबार कसैलाई पनि कार्यावाहक नदिई उनी चीन भैमणमा निस्किए भने निधि र थापा हिस्स परेर एयरपोर्टबाट फर्किएका छन् ।
