‘गोपाल’ समाजको अध्यक्षमा चौथो पटक पनि सर्वसम्मत

इनरुवा÷समाजसेवी, कवि एवम् साहित्यकार तथा राजनीतिकर्मी गोपाल कोइराला त्यागी कोइराला समाज नेपाल सुनसरीको अध्यक्षमा छैठौ पटक समेत सर्वसम्मतले चयन हुनुभएको छ ।
गत शनिवार सम्पन्न सुनसरीको साधारण सभाले अध्यक्षमा कोइराला सहित ११ जनाको कार्यसमिति चयन गरेको थियो । छैठौ साधारणसभाले समाजको बरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद कोइराला, उपाध्यक्षमा मनमाया कोइराला, सचिवमा ओम कोइराला, सहसचिवमा रविन्द्र कोइराला, कोषाध्क्षमा हरिकाजी कोइालालाई चयन गरेको छ भने सदस्यहरुमा भोजराज कोइराला, नेत्रप्रसाद कोइराला, भगत कोइराला, केशव कोइराला, कृष्णराज कोइराला र रुकमणि कोइरालालाई चयन गरेको छ ।
छैठौ साधारणसभाको समुद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै कोइराला समाजका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली लगायतले नेपालको राजनीतिमा कोइराला परिवारको उल्लेखनीय योगदान र भूमिका रहेको प्रष्ट पारेका थिए । कोइराला समाज नेपालका केन्द्रीय अध्यक्ष रुवयनाथ कोइरालाले भन्नुभयो अब सबै जातजातिको प्रनिनितधित्व हुने गरी समानुपातिक रुपले राजनीतिमा सहभागिता गराउनुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइराला, भवानी कोइराला समेत कोइराला परिवासको नेपालको राजनीतिमा योगदान रहेको चर्चा ग र्नुभयो । कार्यक्रममा ८० बर्ष उमेर पार गरेका जेष्ठ कोरालाहरुलार्य सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेमहरुमा तोयानाथ कोइराला, निरप्रसाद कोइराला,केवलराम कोइराला, देवमाया कोइराला, देवकृुमारी दाशी, इन्द्रप्रसाद कोइराला लगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया