धरान÷सुनसरी उद्योग वाणिज्य संघ धरानले सुनसरी एवम् पूर्वाञ्चलमा भर्खरै सरुवा भएर आउनु भएका प्रशासकहरुको स्वागत एवम् परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
गत शुक्रबार संघको सभाकक्षमाभएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय प्रशासकब राजेश्वरमान सिंह, पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेश भट्टराई, पूर्व क्षेत्रीय सशस्त्र प्रहरीका डिआइजी जानकीराज भट्टराई, कोशी अञ्चल प्रहरी प्रमुख उत्तम कार्की, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै क्षेत्रीय प्रशासक राजेश्वरमान सिहले भन्नुभयो यस भन्दा अगाडि राजधानी बाहिर मेरो पोष्टिङ्ग भएको थिएन । पूर्वाञ्चलमा भएको सात महिनामात्र भए पनि यहााको वस्तुस्थितिलाई आफूले राम्ररी बुझेको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा सधै सुरक्षा निकाय ाजनैतिक दलहरुसँग समन्वय गरेर जानुपर्ने बताउनुभयो । उहाँले भन्नभयो सरकारले निर्वाचनको घोषणा गरिसकेको छ अब यसलाई सफल बनाउनु हाम्रो दायित्व हो ।
यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भन्नुभयो यो देशमा स्थानीय तहको निर्वाचन वि.सं. २०५६ साल साउन १ गतेदेखि भएको छैन । अर्थात त्यसैबेलादेखि स्थानीय तह नेतृत्वविहीन भएको छ । यति लामो समयपछि हुन लागेको निर्वाचनमा केही क्षेत्रीय स्तरका राजनैतिक दलहरुले भाग नलिने सम्मकाकुरा गर्दैछन् । अब सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेकोले निर्वाचन हुनेमा कसैले आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । सुनसरुीका १२ वटै स्थानीय निकायको वैसाख ३१ गते निर्वाचन हुन्छ । निर्वाचन जसरी गर्न हामी मानसिक रुपले तयार भएर बसेका छौं,प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहको सभापत्विमा सम्पन्न उक्त स्वागत तथा परिचय कार्यक्रमको सञ्चालन महासचिव शिवराज श्रेष्ठले गर्नुभएको थियो ।
