धरान÷ कृषकले उत्पादन गरेको अदुवा र बेसारको बजारका लाग भारतसंग भर पर्नुपर्ने अवस्थामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना शुरु भएसंगै आफूले उत्पादन गरेको अदुवा र बेसारले बजार मूल्य पाउने आशावादी बनेका छन् सुनसरीका किसानहरु । धरान तथा आपपासका अदुवा तथा वेसार किसानहरुले नेपालमा अदुवाको प्रशोधन केन्द्र तथा वजार समेत राम्रो नहुदा आफ्नो उत्पादनको राम्रो मूल्य पाउन नसकेका हुन् । यसैलाई मध्यनर गरी परियोजनाले वजारीकरणसगै प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्ने भएपछि कृषकहरु आशावादी देखिएका हुन् ।
धरान तथा आपपासको क्षेत्रमा अदुवाको उत्पादन राम्रो हुने गरेको भए पनि बजार तथा प्रशोधन केन्द्र नहँुदा यहाँका किसानहरु बर्षौदेखि अदुवा खेतीवाट
निराश हुने गरेका छन् । बजारसगै प्रशोधनका लागि समेत भारतको भरपर्दै आएका किसानहरुले उत्पादन गरेको अदुवाले राम्रो भाउ पाउदैन थियो भने भारतले विभिन्न वहानामा अदुवा लिन नमान्दा कृषक तथा व्यापारिहरुले मार्का खेप्दै आएका छन् । नेपालमा उत्पादन भएको अदुवाको ९० प्रतिशत बजार भारत हो भने १० प्रतिशत मात्रै नेपालमा खपत हुदै आएको छ । त्यसो त धरान स्थित कृषि उपज वजारले मात्र अदुवा बार्षिक १० हजार मेट्रिक टनको कारोबार गर्दे आएको छ । धरानसगै आसपासका क्षेत्रका अदुवा कृषकको समस्यालाई मध्यनजर गरी धरानमा प्रधामन्त्री कृषी आधुनिककिरण परियोजना सुरु गरेपछि भने कृषकहरु केही आशावादी देखिएका छन् । अदुवा कृषकलाई आधुनिकरणको समस्या नभई बजारको अभावले समस्या भएको धरान २० स्थित विष्णुपादुकाका कृषक पदम राईको भनाई छ । उहाँले यो परियोजनाले प्रशोधनसगै बजारीकरणमा समेत सहयोग गर्ने भएकोले यो परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कृषकले उत्पादन गरेको अदुवा बजारसम्म प¥याउन प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्ने भएसगै कृषकहरु केही आशावादी देखिएको अदुवा व्यवसायी विनोदकुमार राईले वताउनु भयो । आफुहरुले खरिद गरेको अदुवा भारतको पानीट्यांकीस्थित नक्सलवाडीमा लगेर प्रशोधन गर्नुपर्ने भएकोले आफुहरु सगै कृषकहरुले समेत मार्का खेप्दै आएको उहाको भनाई छ ।
कृषकहरुमा ग्रेडिङको ज्ञान समेत नभएका कारण अदुवाले मुल्य नपाएको उहाले वताउनुभयो । धरानसगै आसपासका क्षेत्रमा उत्पादन भएको अदुवा तथा वेसारले राम्रो मुल्य नभएको कारण यो क्षेत्रमा यो परियोजना सुरु गरिएको परियोजनाका बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडालको भनाई छ । परियोजना अन्र्तगत धरान उपमहानगर पालिकामा अदुवा र वेसारको उत्पादन ५ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्ने तथा उत्पादनका लागि कृषकहरुलाई सिचाईसगै आधुनिकीकरण गर्न सहयोग गर्नै कौडालले वताउनुभयो । उहाले उत्पादनसँगै अन्तर्राष्ट्रिय बजारीकरण र प्रशोधन केन्द्र समेत सञ्चालन गर्न सहयोग गर्ने जानकारी दिनुभयो ।
कृषिमा आधारित अर्थतन्त्रवाट कृिषजन्य उद्यँेगमा रुपान्तरित आधुनिक , व्यवसायिक दिगो एवम् आत्मनिरर्भर कृषि क्षेत्रको विकास गर्ने उद्येश्यले देश भरका ३० जिल्लामा बनाइएका जोनमध्ये सुनसरीलाई अदुवा र वेसारको जोनको रुपमा विकास गरिने बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडालले वताउनुभयो । सुनसरीमा अदुवा वेसार जोनकालागि कृषक, कृषी फर्म तथा कृषि सहकारीमा आवद्ध कृषकहरुको सहभागितामा सुदर्शन श्रेष्ठको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति समेत गठन गरिएको छ । २०७३ देखी २०८२ साल सम्म सञ्चलान हुने यो परियोजना अन्र्तगत प्रत्येक प्रदेशमा ७ वटा सुपर जोन , सबै जिल्लामा २१ सय वटा पकेट र सबै जिल्लामा १ सय ५० ब्लक बनाएर परियोजनाले काम गर्ने छ ।
त्र
