“गजल”

मधु प्याला
धरान
कहिलेकाही त यो जीन्दगीले, यति साह«ो थकित बनाउँछ
बाँचे कसरी आजसम्म, सोच्दा पनि चकित बनाउँछ

बेहिसाब यहाँ केही भएन, नाफा नोक्सानको यो दुनियाँमा
मौका मिले मान्छेले प्रेमलाई, जोड घटाउको गणित बनाउँछ

बौलाहा भीडको तीखो गन्ध, अनि असहाय निस्सासिदो एक्लोपनमा
तिम्रो एकछिनको साथले पनि, दिन मेरो सुगन्धित बनाउँछ ।

मेरो हातमा गीता थमाउँछ, तिम्रो मस्तिष्कमा कुरान बाइबल
आकास धरती उही भए नि, धर्मले हामीलाई विभाजित बनाउँछ

आफूलाई चिन्नु गाह«ो समयमा, अरुलाई चिन्छु कसरी भनु म ?
त्यही भएर दर्पणले कहिलेकाहीँ, आफ्नै प्रतिविम्ब अपरिचित बनाउँछ ।

समय र तिम्रो मिलोमतोमा, आत्महत्याको षड्यन्त्र रचिए पनि
अलिकति आशाहरु जिउदै छन्, जसले मलाई जीवित बनाउँछ ।

स्कुलमा विस्फोट, मन्दिरमा प्रहार, अस्पतालमा आक्रमण गर्दैछ कसले ?
रक्तरंजित दुनियाँको सर्वश्रेष्ठ प्राणी, मान्छे एमोमा लज्जित बनाउँछ ।

तपाईको प्रतिक्रिया