धरान÷ महिलनावारी हुदा किशोरीहरु आफै समस्याको हल गर्न सकून भन्ने उद्देश्यले धरानका दुई वटा विद्यालयमा स्यानीटरी प्याड निर्माण सम्बन्धी तालिम सिकाइएको छ ।
साविकको पाचकन्या गाविस र हालको धरान उपमहानगपालिका वडा नं. ६ मा पर्ने सरस्वती माध्यामिक विद्यालयका ४५ जना र धरान १७ मा रहेको ज्वालामुखी माविका ३५ जना गरी ८० जना छात्राहरुलाई विद्यालयमै स्यानिटरी प्याडको बारेमा तालिम प्रदान गरिएको हो ।
‘स्वास्थ्य प्रबद्र्धनका लागि जीवन उपयोगी शिप’ भन्ने अभिप्रायले
किशोरीहरुलाई प्याड तयार गर्ने सिप सिकाईएको आयोजक सुन्दर समाज निर्माण समूहले जानकारी दिइएको छ । तालिममा समुहका अध्यक्ष तारा राई, सचिव विनोद वि.क, रिता श्रेष्ठले
किशोरीहरुलाई महिनाबारी महिनाबारी प्रक्रिया, यसबारे समाजमा भएको गलत धारणा, महिनाबारी भएको समयमा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुका साथै गाउँघरमै उपलब्ध हुने सामग्रीबाट कम मूल्यमा निर्माण गर्न सकिने स्यानिटरी प्याडबारे सहभागीहरुलाई तालिम दिएका थिए । महिनावारीका समयमा किशोरीहरु खुलेर भन्न नसक्ने, बजारमा गएर प्याड किन्न असजिलो हुने र बजारमा पाइने प्याड महगो र केमिकल प्रयोग गरेको हुदा स्वास्थ्यमा प्रतिकुल असर हुने गरेकोले घरमै भएका पुराना तथा सफा कपडा प्रयोग गरेर बनाइएको प्याडले स्वास्थ्यमा असर नगर्नुका साथै पुनः प्रयोगमा ल्याउन सकिने भएकोले पनि यस्तो तालिमको आयोजना गरिएको समूहकी अध्यक्ष तार राईले बताउनुभयो । महिनाबारीका कारण विद्यालयमा अध्ययनरत छात्राको विद्यालय छाड्ने दर बढेको र उनीहरूको सिकाइ स्तर पनि खस्किँदै गएको देखिएकाले उनीहरूलाई स्यानिटरी प्याड बनाउने तालिम दिइएको उहाको भनाई छ । यो तालिम आफूहरुका लागि प्रभावकारी भएको तालिममा सहभागी छात्राहरुले बताएका छन् । धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको सो तालिमका लागि आगामी दिनमा विद्यालयमै कोष स्थापना गर्ने भएका
छन् । यसका लागि दुई विद्यालयमा ५÷५ हजार रकम छुट्याइने भएको छ । तालिममा ६ न. वडा नागरिक मञ्चका संयोजक सिला राई, धरान उप(महानगरपालिकाका कर्मचारी निर्मला बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
