जिरो रिफरलको रुपमा प्रतिष्ठानलाई विकसित गरिने

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.
राजकुमार रौनियारले प्रतिष्ठानलाई जिरो रिफरलका रुपमा विकसित गरिने बताउनुभएको छ ।
धरान राउन्ड टेवलद्वारा शुक्रबार प्रतिष्ठानको जिओपिडी प्रांगरणमा आयोजित वृहत रक्तदान कार्यक्रमको समुद्घाटन गर्दै उपकुलपति रौनियारले उक्त कुरा बताउनु भएको हो ।
उपकुलपति रौनियारले भन्नुभयो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भारत सरकारको सहयोगमा निर्माण भएको र यो पूर्वाञ्चलको मात्र नभएर नेपालकै गहना भएकोले अब पैसाको अभावमा कसैले अनाहकमा मृत्युवरण गर्नु नपरोस् भनेर आफ्नो ध्यान कन्द्रित भएको बताउनुभयो । म स्थापनाकालदेखि कार्यरत रहेकोले प्रतिष्ठानलाई आगामी दिनमा कसरी समृद्धि बनाउने भन्ने कुरामा आफूसँग स्पष्ट भिजन रहेको समेत प्रष्ट पार्नुभयो ।
आज भन्दा ९० बर्ष अगाडि स्थापना भएको अन्तर्राष्ट्रिय संस्था राउन्ड टेवलको मुख्य उद्देश्य फ्रिडम थ्रु एजुकेशनलाई बढावा दिने राष्ट्रिय अध्यक्ष निखिल जैसानीले जानकारी दिनुभयो । स्थापना हुनुभन्दा अगाडि अर्थात धरान राउण्ड टेवल गठन हुनु भन्दा अगाडि उसले
रक्तदान कार्यक्रमको आयोजना
गरेको हो । राउण्ड टेवलले हालसम्म नेपालको ४५ वटा जीर्ण सामुदायिक भवनहरुको निर्माण गरी हस्तान्तरण गरिसकेको छ । राउन्ड टेवलका सचिव लक्ष्मीकान्त विधानीका अनुसार २४ करोडको लागतमा निर्माण सम्पन्न भएका त्यस्ता विद्यालयमा अध्ययनरत १५ हजार विद्यार्थीहरु लाभान्वित भइसकेका छन् । सामुदायिक विद्यालय निर्माणमात्र नभएर राउन्ड टेवलले पाठ्य पुस्तक, स्टेशनरी तथा विद्यालय पोसाकहरु समेत वितरण गर्दै आएको
छ ।
विहीबार भएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा प्रतिष्ठान प्रशासन, विद्यार्थी, चिकित्सकहरुको सहभागिता रहेको थियो भने धरान हार्डवेयर एसोसिएसन, विराट गंगा ड्रिंकिङ्ग वाटर, रिद्धिसिद्धी इन्टर प्राइजेज, महालक्ष्मी इलेक्ट्रोनिक्स, गुडलाइक विस्कुट, मार्वल Ïलो गार्डले प्रायोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया