हिन्दु राष्ट्र नभए मुलुक विखण्डतिर

धरान÷मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाल सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ ।
सदियौदेखि नेपालीका चाहना अनुरुप संवैधानिक राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो, नेपाललाई हिन्दु राष्टूबाट धर्मनिरपेक्षा राष्टू संविधानमै उल्लेख गरेर संस्थागत गर्ने काम गरियो । तर सरकारमा रहेका मन्त्रीहरुले नै सार्वजनिक स्थलमा विवादास्पद अभिव्यक्ति दिदै हिड्ने गरेको पाइएको छ ।
संविधान संसोधनपश्चात मात्र स्थानीय निर्वाचन हुनुपर्ने माग राखी आन्दोलित मधेशी मोर्चाले सरकारको समर्थन फिर्ता लिनसाथ सरकारमा गएका राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यायान मन्त्री दिलनाथ गरीले आइतबार धरानमा पिण्डेश्वर अष्टादश महायज्ञको समापन कार्यक्रममा आएर मुलुकमा गणतन्त्र र धर्मनिरपेक्ष राष्टू घोषणा हुदा नेपाली नेपाली बीच विभाजन, जताततै अराजकता भएको बताउनुभयो ।
उहाले सार्वजनिक स्थलमै ९४ प्रतिशत हिन्दु सनातन धर्म मान्ने मुलुकमा धर्मनिरपेक्षा भएकै कारण मुलुकमा जतततै अराजकता बढेको बताउनुभयो ।
अहिलेको संविधानलाई संस्थागत गर्न र स्थानीय निर्वाचन गराउन मन्त्री हुनुभएका मन्त्री गिरीले लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता राज्यकै कारण कृषि प्रधान देश विदेशी मुलुकबाट परनिर्भरता हुनुपरेको, देशका उद्योग धन्दा धमाधम बन्दै भएर नेपाली युवा वैदेशिक भूमिमा राजेगारका लागि जान बाध्य हुनुपरेको, आफ्नो श्रीसम्पत्ति बेचेर गएका युवाहरुको सुरक्षामा ग्यारेन्टी नभएकै कारण युवाहरुको शव नेपाल आउने गरेको लगायतका आरोप लगाउनुभयो ।
मन्त्री गिरीले स्थानीय निर्वाचन गराई संविधान संस्थागत गर्न आफू मन्त्री भएको समेत उल्लेख गरेपनि हिन्दु राष्टूबिना नेपालको अस्तित्व नै समाप्त हुने सार्वजनिक रुपमै व्यक्ति गर्नुभयो । नेपाल र नेपालीको चाहना र आकांक्षा बमोजिम नेपालमा हिन्दु राष्टू हुनुपर्ने बताउनुभयो ।
विश्व हिन्दु परिषद् नेपालले गत फागुन १७ गतेदेखि आयोजना गरेको २१ दिने पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायज्ञमा स्थानीय निर्वाचन हुने र अहिलेको संविधान संस्थागत हुने भन्न दाधारे चरित्र प्रस्तुत गर्नुभएको
थियो ।
कार्यक्रममा विश्व हिन्दु परिषद्का नेपालका अध्यक्ष देवराज अधिकारीले नेपालमै पहिलो पटक यस्तो खालको महायज्ञ भएपनि नेपाल सरकारबाट कुनै सहयोग प्राप्त नभएको बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य
राजेश गिरी, नेपाली कांग्रेसका नगर सचिव श्याम पोख्रेल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायतले बोल्नु भएको थियो । कार्यक्रममा महायज्ञलाई पत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया