धरान÷ प्रहरीको काम देश र जनताको सुरक्षा गर्नु हो । कानुन विपरित कार्य भए त्यसलाई रोक्नु र दोषीलाई कारबाहीका दायरमा ल्याउनु उसको कर्तव्य हो । रक्षक नै भक्षक भएपछि प्रहरी संगठन प्रति सर्वसधारणको विश्वासमा कमी ल्याएको छ । यस्तै भएको छ । धरान २० स्थित विष्णुपादुका प्रहरी चौकीमा कार्यरत इन्चार्जकै गतिविधी । प्रहरीकै साथ पाए पछि रातको समयमा स्थानियहरुले काठ तस्कर सहित तस्करलाई स्कटिङ गरिरहेका
प्रहरीहरुलाई नियन्त्रण लिएर बन कार्यालयलाई बुझाएका छन् ।
प्रहरीको संलग्नतामा धरान २० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट काठ तस्कर हुदै गर्दा समितिका पदाधिकारीहरुले काठ लोड गरेको बोलेरो गाडी सहित संलग्नलाई प्रक्राउ गरी सेक्टर बन कार्यालय धरानमा बुझाएका छन् । को १ च ६३८१ नम्बरको बोलेरो गाडीमा साविकको विष्णुपादुका गाविस ८ र हालको धरान २० वरडाडा भन्ने स्थानबाट विष्णुपादुका अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी हवल्दार खेमबहादुर कुवर र प्रहरी जवान गंगा लिम्बु सहित काठ तस्करी धरान १८का विवेक लिम्बु, बोलेरो गाडीका चालक विराटनगर ५ का नगरेन्द्र कार्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको भवानी थान सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनुभयो । काठसहितको बोलेरो सहित प्रहरीले प्रयोग गरेको को ४ प ८००७ नम्बरको पल्सर मोटर साइकल समेत बरामत गरिएको छ । विगतदेखि नै प्रहरीकै संलग्नतामा काठ तस्करी हुने सूचना पाएपछि समितिका पदाधिकारीहरुले निगरानी बढाउने क्रममा आइतबार राती १० बजे लोड गरेर लान आटेको समयमा प्रक्राउ गरिएको कोषाध्यक्ष राईले बताउनुभयो । वन उपभोक्ता समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएको जानकारी दिएपछि प्रहरीसहित वन कार्यालयका कर्मचारी सो स्थानमा पुगेर काठ सहित संलग्नलाई पक्राउ गरी सेक्टर वन कार्यालयमा ल्याएको सेक्टर वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो ।
उहाले बोलेरोमा १८.९५ किवी सखुवाको काठ रहेको बताउदै कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभयो । काठ खरिद कर्ता विवेक लिम्बुले आफुले सो काठ ३सय प्रति किविका दरले खरिद गरि ल्याएको र कागज पत्र माग्दा प्रहरीहरुलेनै आफुहरु स्कटिङगरिदिने भने पछि प्रहरीको साथमा आएको वताए । प्रहरी चौकी का हवल्दारले विरामी बोक्न भनि गाडि वोलाएको पक्राउ परेका चालक कार्कीले वताए । तस्करीमा संलग्न भएका प्रहरीहरुलाई निलम्वन गरि बन ऐन अन्तर्गत कारबाही गर्न आफुले निर्देशन दिएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रमेश कुमार भट्टराईले जानकारी दिए । पक्राउ परेका चारै जनालाई बन ऐन २०४९ तथा नियमावलि २०५१ अन्तगत कारबाही हुने सक्टर बन कार्यालय धरानले जनाएको छ ।
