आज मुलुक सहमति र सहकार्य बिना संक्रमणकालको अवस्थाबाट अगाडि बढ्न सक्दैन सबै वर्गको अधिकार स्थापित गर्न संसदमा दर्ता भएको संविधान संसोधन भएर निर्वाचन हुनुपर्छ

धरान÷भौतिक योजना तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहताले मुलुक सहमति र सहकार्य बिना वर्तमान संक्रमणकालको अवस्थाबाट अगाडि बढ्न नसक्ने, सबै वर्गको अधिकार स्थापित गर्न संसदमा दर्ता भएको संविधान संसोधन भएर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ ।
मन्त्री मेहताले उक्त कुरा नेपाल
रेडक्रस सोसाइटी सुनसरी शाखाद्वारा आयोजित परिचय तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो ।
स्थानीय सैनिक भवनमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो आज संविधान कार्यान्वयन गर्न सबै राजनैतिक शक्तिहरु एकै ठाउँमा उभिनुको विकल्प छैन । संविधान संसोधन नभए मुलुकमा निर्वाचन हुन सक्ने परिस्थिति नै नरहने भएकोले पहिला संविधान संसोधन गर्नैपर्छ । आफ्ना विमति, असहमतिहरुलाई थाँति राखेर यस दिशातर्फ सबै राजनैतिक दल अग्रसर हुनुपर्छ । निर्वाचन नभए वर्तमान संविधान कार्यान्यन हुन नसक्ने भएकोले मुलुकलाई थप द्वन्द्व, अराजकतातर्फ उन्मुख हुने उहाँको कथन थियो । उहाँले भन्नुभयो नेपाल रेडक्रस सोसाइटी
सनुसरीले सहमतिको आधारमा फागुन १३ गते जसरी नव कार्यसमिति चयन ग¥यो त्यो सह्रानीय कार्य हो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले उक्त अवसरमा सुनसरीमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, जिल्ला समन्य समितिका स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख
डिआइजी रमेश भट्टराई, पूर्व क्षेत्रीय शसस्त्र प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी जानकीराज भट्टराई, कोशी अञ्चल प्रहरी प्रमुख उत्तमकुमार कार्की, इलाका प्रशासन कार्यालय धरानका प्रशाकीय अधिकृत कमलबहादुर थापा, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला लगायतलाई स्वागत तथा सम्मान गरेको थियो ।
सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भन्नुभयो, म यही जिल्लाको हुँ, तीन चार पटक आफ्नै जिल्लामा बसेर सेवा गर्ने अवसर पाइसकेको छु । आज प्रमुख जिल्ला अधिकारीको रुपमा सैनिक भवनमा आउँदा २०५२ सालमा धरान नगरपालिकाको कार्यकारी अधिकृत हुँदाको स्मरण भएको चर्चा गर्दै नेपाल रेडक्रस सोसाइटी सुनसरीले परिचय तथा सम्मान कार्यक्रममा आमन्त्रण गर्दा पुराना अनुहार नविकरण गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो रेडक्रस यस्तो पवित्र संस्था हो जुन संस्थालाई हरेक आपतविपत्त पर्दा गुहार्नुपर्छ । उहाँले भन्नुभयो यो जिल्ला धेरै प्रकारको जोखिमले घेरिएको छ । पानी पर्दा बगेर जान्छ, सहर सफा रहन्छ भन्छौै तर त्यो सँगै यहाँको माटो समेत बगेर गइरहेको छ । यहाँको सतह पातलिदै गएको छ । त्यसैले यसको रोकथामको उपाय अपनाउनुपर्छ । अर्कोतिर हामी दक्षिणको जंगललाई चारकोशे भन्छौं त्यो अब कति छ ? त्यसको भित्री अवस्था कस्तो छ ? उत्तरतर्फको जंगलको अवस्था दिनप्रतिदिन नासिदै गएको छ । त्यसलाई संरक्षण नगरे यहाँ धेरै प्रकारको जोखिम देखिन सक्ने बताउनुभयो ।
यसैगरी पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईले भन्नुभयो, म प्रायः सुनसरी र मोरङ्गकै सेरोफेरोमा धेरै बर्ष बसिसकेकोेले यहाँको धेरै समस्याका बारेमा आफूलाई
जनकारी रहेको छ । यहाँ व्यापक सुरक्षा चुनौतिहरु रहेका छन् । यी सबै चुनौतिहरुलाई चिर्दै एक आपसमा सहकार्य गरी अगाडि बढ्नुको विकल्प छैन । कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्कीले भन्नुभयो हामी राष्ट्र सेवकहरु जनताले तिरेको करबाट बाँचेक हौं ।, त्यसैले जनताको सुरक्षामा नुनको सोझो गर्नैपर्छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी जानकीराज भट्टराई, स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपसभापति तीर्थ सुवेदी, ने.का. सुनसरी सचिव सुजेन्द्र तामाङ्ग लगायतले समेत बोल्नु भएको थियो भने सञ्चालन महामन्त्री मुकुल कायस्थले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया