धरान÷मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई दुई महत्वपूर्ण मन्त्रालय दिएर प्रचण्ड नेतृत्वसरकारले मन्त्रिमण्डलमा सहभागी गराउन भएको छ ।
संविधान संसोधनमा दुई तिहाई बहुमत पु¥याउन १४ जना सांसद रहेको गच्छदारालाई महत्वपूर्ण मन्त्रालयसहित उपप्रधान दिन लागेको हो । बरिष्ठताको क्रममा दोस्रो बरियतासँगै भौतिक योजना तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय गच्छदारले मागेपछि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल बीचमा यस विषयमा छलफल भइरहेको छ ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य डा. सुवोद पोखरेलका अनुसार काँग्रेस सभापति देउवा र प्रधानमत्री दहाल गच्छदारले मागेको दुवै मन्त्राल दिन राजी भएका छन् । दुवै मन्त्रालय नेपाली काँग्रेस नेतत्वमा रहेका छन् । गच्छदारले मागेको दुवै मन्त्रालय दिँदा स्वास्थ्य मन्त्री गगन थापा र रमेश लेखक मन्त्र ी मण्डलबाट हटाइने भएका छन् ।
