धरान÷ धरानलाई बालमैत्री सहर बनाउने उद्देश्यले धरानमा रहेका बाल क्लबहरुलाई समावेश गरेर भित्रे पत्रिका लेखन तालिम सम्पन्न गरेको छ ।
धरान १७ डिमल्याण्ड होटलमा शुक्रबारबाट शुरु गरिएको तालिममा
धरानमा रहेका ६ वटा बालक्लब सहभागी गराई समूह बनाई भित्रे पत्रिका लेखन प्रतियोगिताको समेत आयोजना गरिएको थियोे ।
धरान उपमानगरपालिका सामाजिक विकास शाखाको आयोजनामा भएको भितेलेखन पत्रिकामा लालीगुरास भिते पत्रिकाले पहिलो स्थान ओगट्न सफलभएको थियो भने हातेमालो भित्रेपत्रिका दोस्रो भएको थियो ।
,पहिलो र दोस्रो हुने बाल क्लबका बालबालिकाहरुलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफले, प्रमुख प्रशिक्षक किशोर किशोर कार्की, प्रशिक्षक यज्ञ शर्माले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोर कार्की प्रमुख प्रशिक्षक
रहनुभएको थियो भने यज्ञ शर्मा प्रशिक्षक रहनु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहन भएका नेपाल पत्रकार महासंघ सुनसरका उपाध्यक्ष सन्तोष काफ्लेले आफू पनि भित्तेलेखन तालिमबाटै पत्रकारितामा प्रवेश गरेको बताउनुभयो । उहाले सानैदेखि पत्रकारिताको विषयमा जानकारी गराउन सके नेपालको पत्रकारिता विकासमा फड्को मार्ने बताउनुभयो । उहाले विगतमाभन्दा अहिले
नेपालको पत्रकारिता व्यवसायिक बन्दै गएको भन्दै समाज परिवर्तनमा आफूले सिकेको कुरालाई व्यवहारमा लागू गर्न बालबालिकालाई अनुरोध समेत गर्नुभयो । े
धरानलाई मैत्री सहको रुपमा विकास गर्ने साथै बालबालिकाबाटै पत्रकारिताको विकासमा सहयोग पुग्ने उद्देश्यले धरान उपमहानगरपालिकाले भित्तेलेखन प्रतियोगिताको आयोजना शुरु गरिएको आयोजक धरान उपमहानगरपालिका सामाजिक विकास शाखाका अधिकृत सुनिल नेपालले जानकारी दिनुभयो ।
विगतमा समेत शुरु भएको यो कार्यक्रमले धरान उपमहानगरपालिकाले निरन्तरता दिन नसककोले अब यसलाई निरन्तता दिनुपर्ने प्रमुख प्रशिक्षक ब्लाष्ट टाइम्सका सम्पादक किशोर काकीले बताउनुभयो ।
सो अवसरमा प्रशिक्षार्थीहरुले समेत यो तालिमले आफूलाई धेरै कुरा सिक्न मद्धत पुगेको बताएका थिए । तालिममा सहभागी भएका रमेश खड्काले यो तालिमले पत्रकारिताको माध्यमबाट समाजमा केही गर्ने हौसला बढेको बताउनुभयो ।
तालिमको अध्यक्षता नगरबाल समन्वय समितिकी संयोजक स्वास्तिका धमलाले गर्नुभएको थियो भने निर्मला बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
