होलिमा ओलीको पुत्लादहन ः सप्तरीमा सामुहिक मुण्डन

राजविराज÷विशेषत ः होलीलाई महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका मधेशी समुदायहरुले यस बर्ष तराईमा शोकपूर्ण होली मनाएका छन् । विभिन्न बाजा, गाजा नृत्यसँगै मिष्ठान पकवान बनाएर एक अर्काबीच आत्मीयता साटासाट गर्ने मधेशी समुदायको यस बर्षको होली राजनीतिक कारणले फिक्का भएको छ । अर्थात मधेशी मोर्चाका कार्यकर्ताहरुले यो बर्ष होली मनाएनन् । अस्ति तराई मधेशका जिज्लाहरुमा होली मनाइए तापनि विगतको जसे कुनै रौनक देखिएन ।
होलीका दिन सप्तरी सहितका जिल्ला शोकसँगै आक्रोसमा देखिए । रंग र अविर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामुहिक मुण्डन गरिएको थियो भने परम्परागत रुपमा होलीका दहन गर्नुपर्नेमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाइएको थियो ।
सप्तरीको मलेठ गाविसमा फागुन २३ गते भएको गोली काण्डमा पाँचजना मारिएको शोकमा सोमबार विहानै सामुहिक मुन्डन गरिएको थियो । मुन्डनमा १० बर्षे बालकदेखि ८० बर्षका बृद्धहरुसमेत सहभागी भएका थिए । वि.सं. २०५८ सालमा दरबार हत्याकाण्ड हुँदा देशैभरि प्रायः युवा, वृद्धहरुले मुन्डन गरेका थिए । सप्तरीको गजेन्द्रचौकमा गरिएको ठूलो संख्याको सामुहिक मुन्डनले दरबार हत्या काण्डको झल्को दिएको थियो । मुन्डन कार्यमा १ सय जना भन्दा बढी नाइहरुले निःशुल्क मुन्डन गराएका थिए । मुन्डनमा सप्तरीका सञ्चारकर्मीहरुसमेतले आफ्नो सहभागिता जनाएका थिए । मृतक पाँचजनाको आत्माको चीर शान्तिको कामना गर्दे गरिएको सामुहिक मुन्डन कार्यक्रममा संघीय समाजवादी फोरमक केन्द्रीय सदस्य शैलेन्द्र साह, सूर्यनाथ यादव, अशोक यादव, प्रदेश सचिव सम्भु झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सतिश सिंह सहितले मुण्डन गराएका थए । सामुहिक मुण्डन पश्चात राजरिाजको गजेन्द्र चौकमा एमाले अध्यक्ष केपी ओलीको पुतला दहन गरिएको थियो । होलीकाको ठाउँमा ओलीको दहन गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।

तपाईको प्रतिक्रिया