यहाँ सबै भन्दा ठूलो कुरा निषेधको राजनीति छ यसलाई हँटाउनुपर्छ

पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठ । वृहत राष्ट्रवादी मोर्चाका संयोजक । यतिमात्रले सिनेट श्रेष्ठको परिचय अपुरो देखिन्छ । भावी सन्ततीलाई एउटा सुन्दर, सवल र विकसित नेपाल कसरी दिन सकिन्छ भन्ने गहिरो चिन्तनसहित बेला बेलामा आफ्ना धारणाहरु पस्कदा राष्ट्रिय स्तरमै त्यसले चर्चा पाउनु एउटा सकारात्मक पाटो हो ।
एकाताका सुनसरी जिल्लाको सेरे भनेर चिनिनु हुने पूर्व गृहमन्त्री, सुनसरी जिल्ला सृष्टि गर्ने र आजको सुनसरी सदरमुकाम इनरुवा बजार बसाउने दिलबहादुर श्रेष्ठ (साने बाबु) का सुपुत्र सनेट श्रेष्ठका लागि राजनीति पारिवारिक पृष्ठभूमि नै पर्याप्त छ । पिता दिलबहादुर श्रेष्ठले सुनसरी जिल्ला सृष्टि गर्ने र इनरुवा बजार बसाउने काम मात्र गर्नु भएन उहाँले देशका लागि समेत अत्यन्तै ठूलो यो्गदान दिनुभएको थियो । आफ्ना पिताले
गरेको योगदानलाई अमर गरुँ भन्ने सोचले उहाँले आफ्नै संयोजकत्वमा वृहत राष्ट्रवादी मोर्चा गठन गर्नुभएकोे छ ।
देश आज अत्यन्तै संवेदनशील र दुर्दान्त अवस्थामा पुगेको भन्दै संयोजक श्रेष्ठले भन्नुभयो राजनीतिमा लाग्दा मलाई धेरेैले प्रश्न गरे तपाई किन दल जोइन गर्नुहुन्न भनेर । उहाँ भन्नुहुन्छ, मैले दलहरुमा दलगत स्वार्थमात्र भेटे । चरम दलगत स्वार्थ, त्यसपछि आफ्नो स्वार्थ । यसले गर्दा कसैमा राष्ट्रिय स्वार्थ नै देखिएन । आज नेपालमा बहुदलीय प्रजातन्त्र आएको ३० बर्ष भयो, सम्पूर्ण नेपाली यो अवधिमा दल भनेर दलको पछिमात्र लागे । दलभन्दा मािथ देश छ भन्ने कुरा सबैले बिर्सिए । संयोजक श्रेष्ठ भन्नुहुन्छ हुँदा हुँदा कस्तोसम्म भएको छ भने दलको झण्डा बोक्दा बोक्दा सबैले नेपाली झण्डा नै बिर्सिदिए । एक बर्ष अगाडि वृहत राष्ट्रवादी मोर्चा गठन गर्दा श्रेष्ठले एक पटक दल र दलको झण्डा छेउ लगाएर राष्ट्रिय झण्डा बोक्नुस् भनेर जिज्ञप्तीमार्फत सम्पूर्ण नेपालीमा आवहान गर्नुभयो । फेसवुक पेजमा उहाँको उक्त वतव्यलाई एक लाख भन्दा बढीले सेयर गरेका थिए भने लाखौ लाइक गर्दे आफ्नो धारणा राखेका थिए । पहिलो पटक उहाँले त्यसरी मार्मिक रुपमा देशका प्रति सम्वेदनशील भएर विज्ञप्ती प्रकाशित गरेपछि आज दलहरुले आफ्नो कार्यक्रममा राष्ट्रिय झण्डा फहराएको देख्न थालिएको छ । यसपटक हामीले पनि यिनै राष्ट्रिय चिन्तक एवम वृहत राष्ट्रवादी मोर्चाका संयोजक श्रेष्ठसँग मुलुकको वर्तमान अवस्था, नेपालमा गणतन्त्रको भविष्य, राजनैतिक दलहरुको गतिविधि, राजतन्त्र, हिन्दु राष्ट्र आदिका विष्यमा उहाँकै निवास इनरुवा–४, जिरायातमा वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः

द्दवृहत राष्ट्रवादी मोर्चा गठन गरेर अगाडि आउनु भएको छ यो सोच तपाईमा कसरी आयो ?
–म केही समयको लागि बाहिर थिएँ । म फर्केर यहाँ आउँदा विभिन्न दलहरुले आउनुस्, हाम्रो पार्टीमा जोइन गर्नुस भने । कसैले मलाई यो दिन्छु, त्यो दिन्छु सम्म भने । तर मैले ती दलहरुमा देखे त्यो गलत हो भन्ने लाग्यो । अहिले दलहरुमा लाग्नु भन्दा पनि बरु आफ्नै एउटा सोच लिएर, विचार लिएर अगाडि बढ्नुपर्छ भन्ने लाग्यो । त्यसको लागि मैले एउटा विचार, चिन्तन लिएर अगाडि बढेको हु ।
द्दवृहत राष्ट्रवादी मोर्चा दल हो कि होइन ?
–यो दल होइन । यो एउटा मोर्चा मात्र हो । मोर्चा भनेको जबसम्म आफ्नो कुरा हासिल नहुन्जेल सम्मका लागि यो विचारसँग आवद्ध, मन पराउने सबैले यसमा भाग लिन पाउँछन् । त्यसैले गर्दा आज यो मोर्चामा केशरबहादर विष्ट,बीपी पुत्र प्रकाश कोइराला जस्ता व्यक्तिहरु सल्लाहकारमा हुनुहुन्छ । विचार मिलेर यो कुरा ठीक हो भनेर बस्नु भएको हो । उहाँहरु विभिन्न पृष्ठभूमि, विभिन्न राजनीतिबाट आएको भएपनि उहाँहरु बसिदिनु भएको छ । यस्तै अरु धेरै समुदायकाहरु पनि यो मोर्चामा हुनुहुन्छ । हाम्रो मुख्य उद्देश्य पूरा गर्न दलमा नलागेर मोर्चा गठन गरेर मोर्चा गठन गरेको हुँ ।
द्दमोर्चाको मुख्य उद्देश्यचाहिँ के हो ?
–मोर्चाको मुख्य उद्देश्य के हो भने अहिलेको परिस्थितिमा देशमा जे देखिएको छ, त्यो गलत छ । यस सम्बन्धमा गहिरो विश्लेषण गर्नुपर्छ । के भयो, कसरी भयो, किन भयो भन्ने कुरामा हामी जाँदाखेरि मेरो विश्लेषणचाहिँ जुन यो डेमोक्रेसी वा बहुदलीय प्रजातन्त्र के हो ? मैले यसमा सोच्दा दोस्रो विश्व युद्धसम्ममा शक्तिले राज्य जित्ने, शक्तिले नै राज्यलाई आफ्नो बसमा ल्याउने भन्ने थियो । तर त्यसबेला एटम बम नै हान्नुपर्ने , लाखौ
करोडौ मान्छे मरेपछि शक्ति राष्ट्रहरुले के सोच बनाए भने होइन अब लडेर होइन अब दिमागले नै मान्छेलाई बसमा लिनुपर्छ एउटा, अर्को धर्मको आड लिनुपर्छ । यी दुई चिजबाट देश कब्जा गर्न सक्छौं भन्ने सोच बनाए । दिमागबाट कब्जा गर्ने कुरामा बहुदलीय प्रजातन्त्र भनेर निकाले । बहुदलीय प्रजातन्त्र केही होइन एउटा ढोकाको नाम हो । नेपाल जस्तो गरिव मुलुक, अशिक्षित मुलुक यो ठाउँमा ठ्याक्क बहुदलीय प्रजातन्त्रको ढोका लगाइदिए । त्यो ढोकाबाट सबै प्रकारका दोकानदारहरु छिरे । कस्तो दोकानदार छिरे र कस्तो दोकान खोले भने माक्र्सको दोकान खोले, लेनिनको दोकान खोले्, जातको दोकान खोले, धर्मको दोकान खोले विभिन्न ढंगका दोकान खोले । दोकान पनि कस्तो सम्म दुईवटा मन प¥यो भने दुइवटै पाउनुहुन्छ । माक्र्स र लेनिन मनपर्छ त्यो पनि पाइन्छ, माओ र लेनिन मन पर्छ त्यो पनि पाइन्छ । तीनवटै मन प¥यो त्यो पनि पाइन्छ । त्यो दोकान त्यसरी खोलेपछि दोकानदारले ग्राहक बनाउन थाल्यो । कसैले हजार, कसैले लाख आफ्नो ग्राहक बनाए । त्यो ग्राहकलाई अब के बेच्ने त भन्दा जुन विदेशबाट जे जे आउँछ त्यही कुरा ग्राहकलाई बेचिन्छ । हाम्रोबाट यो यो कुरा पठा भनेपछि पठाइन्छ । जस्तै खोला दिनुपर्छ कि, जंगल दिनुपर्छ कि, के के दिनुपर्छ त्यहाँ पु¥याइदिने । यसरी सिष्टम चलेको छ । नत्र हाम्रो जस्तो देशमा यो जुन भएको छ किन
बुझिरहेका छैनन् ।
द्दयसलाई हामीले वैदेशिक हस्ताक्षेप भन्न मिल्न कि मिल्दैन ?
–एकदम मिल्छ । शुरुवातदेखि नै छ यो । त्यसैले गर्दा नै यो वैदेशिक हस्तक्षेप नै हो र यसैका विरुद्धमा मोर्चाले आफ्नो अभियान शुरु गरेको हो । विदेशीहरु यहाँ आएर बोल्छन्, भाषण दिन्छन्, उनीहरुले सम्पूर्ण चिज पु¥याइदिन्छन् । यहाँ उनीहरुको त्यति इन्ट्रेष्ट छ । किनकि यहाँ उनीहरुकै दोकान चल्ने हो ।
द्दयहाँ मुलुकको दोकान चलेन, दलको दोकान चल्यो हैन त ?
–मुलुकको दोकान कसरी चल्छ ? ग्राहक त हामी आम जनता मरेकै छौं नि † दोकानदार धनी भइरहेको छ, ग्राहक हामी आम जनता मरेकै छौं । यसरी देशमा डेमोक्रेसी आएको हो यहाँ । हाम्रो जस्तो देशमा यहाँ ठूला ठूला भाषण गर्छन्, कोही भन्छन्, फ्रेन्च मोडल रे कसैले फलाना, कसैले ढिस्काना मोडल रे । किन चाहियो मोडल हामीलाई । यहाँ सिस्टम बनाउने हो भने नेपाल र नेपालीको लागि पो मोडल बनाउने हो । कुनै फ्रेन्चको लागि, बेलायतीको लागि, युरोपियनको लागि त सिस्टम बनाउने होइन नि । सिस्टम हामी नेपालीलाई चाहियो । हाम्रो नेपालीपन हुनुप¥यो, हामो माटो सुहाउँदो पो हुनुप¥यो । आयात गरेर सिस्टम ल्याउन खोजिएको छ । यसै सिलसिलामा म अर्को के भन्छु भने दल आए यहाँ, दलको राजनीति कसरी शुरु भयो भने सबैभन्दा पहिला घर फुटाए । घर कस्तोसँग फुटाए भने दाजु एउटा पार्टीमा, भाई अर्को पार्टीमा, मामा एउटामा, भान्जा एउटामा, बाबु एउटामा, काका एउटामा । हुँदा हुँदा लोग्ने स्वास्नी पनि दुईवटा पार्टीमा बसेको देखियो । घर फुटाउनेले बाहिर के के फुटाए भने विद्यार्थी फुटाए, इन्जिनियर फुटाए, मजदुर फुटाए, किसान फुटाए, कर्मचारी फुटाए, वकिल फुटाए, डाक्टर फुटाए । हरेक वर्गमा यिनीहरुले फुट ल्याए । यो फुटले के ग¥र्यो भन्दा पनि नांगो नाच गरेर राज गर्ने । डिभाइडेड एण्ड रुलवाला पोलेसी जुन छ त्यही गरे । यतिले नपुगेर आज क्षेत्र भनेका छन्, प्रान्त भनेका छन् । विभिन्न नारा दिएका छन् । यो अर्को फुट किन त भने फेरि ठूलो फुट ल्याएर नाँगो नाच गर्ने । त्यसैले यो कुरा सबैभन्दा गलत भइरहेको छ यो देशमा । समस्या एकातिर छ नाटक अर्कोतिर भएको छ । समस्या कति ठूलो आइसक्यो देशमा भने हाम्रो राष्ट्र नै
रहला नरहला भन्ने भएको छ । भोलि हामीले आफ्नो पहिचान गुमाउने अवस्था आएको छ । नेपाली भन्ने पहिचान गुमाउन लागेका छौं तर यहाँ पहिचानको लडाई भइरहेको छ । मैले एउटा कार्यक्रममा प्रश्न गरे जहाँ केही नेताले पहिचानको करा गरे । मैले भने मलाई विचित्र र अचम्म लागेको छ । हिजो मेरो बुबाले नम्बरी जग्गा दिएर बजार बसाउनु भयो । सम्पूर्ण काम गरिदिनुभयो । आज अब मैले मेरो पहिचान कहाँ खोज्ने ? म पहाडे हुँ कि मधेशी हुँ ? म मुसलमान हुँ कि, थारु हुँ कि, झाँगड हुँ कि म के हुँ ? मेरा पिताजीले कसैलाई त्यो नजरले हर्नुभएन । यो जिल्लाको लागि मात्र सोच्नुभयो । यहाँ झाँगड, मुसलमान, बाहुन,क्षेत्री, थारु सबै ल्याएर राख्नुभयो । यो जिल्लाको विकासका लागि हरेक वर्गका मान्छे ल्याएर राख्नुभयो । ६ महिनामा घर बनाउनेलाई सित्तैमा जग्गा दिनुभयो । आज आएर यो जिल्लामा अब मैले आफ्नै पहिचान खोज्नुपर्ने अवस्था आएको छ । त्यसैले हामी कस्तो गलत ढंगले गइरहेका छौं । यस्तो ठूलाठूला कुरा आएको छ तर कोही नाटक गरेर मेची महाकाली गर्दैछन्, कोही महाधिवेशन गर्ने रे, कोही के गर्ने रे । मुल कुरा देशलाई कसरी निकास दिने भन्ने कुरामा कोही पनि लागेका छैनन् ।
द्दयहाँको भनाईमा मुलुक अहिले भयावह अवस्थामा पुगेको छ ?
–एकदमै भयावह अवस्थामा छ ।
द्दयसको अबको निकास के त ?
–यसको निकास पहिलो कुरा त के बुझ्नुपर्छ भने हिजो पञ्चायत थियो पञ्चायत त ढल्यो । पञ्चायत ढलेपछि बहुदलीय प्रजातन्त्र आयो । त्यो ढलेपछि गणतन्त्र आयो । अब यो गणतन्त्र पनि ढल्छ । देश त्यो अवस्थामा पुगिसकेको छ । मुलुक जोगाउन पनि गणतन्त्र ढाल्नैपर्छ ।
द्दत्यसो भए अबको विकल्प के त ?
–देश सुहाउने व्यवस्था हुनुपर्छ । हामी नेपालीले विदेशको कुरा हेरेर हुँदैन । विदेशीको सिस्टम हेरेर हामीले यहाँ सिस्टम बनाउने होइन । हामीले त नेपाल र नेपालीको लागि सिस्टम बनाउने हो । अहिले मैले देखेको के हो भने हामीले सिस्टमको कुरा गर्ने हो भने तीन किसिमको सिस्टम देखेको छु । एउटा पञ्चायत देख्यौ, एउटा बहुदलीय प्रजातन्त्र देख्यौ अर्को गणतन्त्र । गुण सबैमा होला र हुन्छ । पञ्चायतमा पनि गुण थियो । तर विडम्बना के भयो भने जब पञ्चायत ढल्यो पञ्चहरु नै सबैभन्दा ठूला बहुदलवादी भए । त्यसले दुईवटा उपलब्धी भयो रातारात दुईवटा राप्रपा दल खुल्यो । दुवैजना पधानमन्त्री पनि भए त्यो नै उपलब्धी थियो । तर उहाँहरु यति ठूला वहुदलवादीहरु बन्नुभयो कि पञ्चायतका एउटा राम्रो पक्षको कुरा पनि बोल्नु भएन । त्यस्तै प्रजातन्त्र ढल्यो, सबैभन्दा ठूला प्रजातन्त्रवादी
गिरिजाप्रसाद कोइराला सबैभन्दा ठूलो गणतन्त्रवादी हुनुभयो । राष्ट्रपतिको लागि उहाँ नै मैदानमा उत्रनु भयो । उहाँहरुले नै हिजो ०४७ सालको सविधान संसारकैं उत्कृष्ट, उत्कृष्ट व्यवस्था भन्नुभएको थियो । त्यो सबै कुरा बिर्सेर बहुदलको एउटैं कुरा गर्नुभएन । खाली गणतन्त्रको व्याख्खा गर्नुभयो । बहुदलीय प्रजातन्त्रको पनि धेरै गुणका कुरा थिए । अहिले गणतन्त्रमा धेरै गुणका कुरा होलान र छ । हामी बसेर अब निक्र्यौल गर्नुपर्छ । आज मिति पनि कति राम्रो छ भने इंगलिसमा हेर्ने हो भने २०१७, राम्रो उत्कृष्ट संविधान भनेको २०४७ त्यसलाई पल्टाउँदा २०७४ मा आउँदैछौं । यो तीनवटा साललाई Ïयुजन गरेर नेपाल र नेपालीका लागि सिस्टम निर्माण किन नगर्ने ?
द्दयो सम्भव छ ?
–किन नहुने ? यहाँ विदेशबाट ल्याइएका कुरा समभव छ भने यो किन सम्भव हुँदैन । हामीले जनतालाई बुझाउन सक्नुपछर्, जनता माझमा जान सक्नुपर्छ । यो सिस्टम भनेको यस्तो हो भनेर एउटा नयाँ सिस्टमको निमाण किन नगर्ने ?
द्द२०१७, २०४७ र २०७४ को फ्युजनको कुरा गर्नुभयो यसको पाटो कस्तो हुन्छ ?
–यहाँ सबै भन्दा ठूलो कुरा निषेधको
राजनीति छ । यसलाई हँटाउनुपर्छ । यो हँटेपछि जसलाई जहाँ जहाँ स्पेश दिन सकिन्छ त्यो दिनुपर्छ । अहिले हामीले देसिकेका छौं कसको के नपुगेको छ । हामी गलत ढंगले कसरी अगाडि बढ्यौ भने हामीले यहँ जातको कुरा ल्याइदियौं । हामीले वर्गको कुरा ल्यायौ । यो एकदम गलत हो । हामीले गर्नुपर्ने के को भने कुन नेपाली कसरी बाँचेका छौं । कुनै नेपाली १६ औं शताब्दीमा, कुनै १७ औंमा, कुनै १८ औं मा बाँचेका छौं । १८ औं शताब्दी भन्दा माथि कुनैपनि नेपाली बाँचेका छैनन् । अब त्यो चाहेर पनि भोग गर्न सक्दैनौं किनकि त्यो सुविधा यहाँ छैन । ठूलो रोग लाग्यो,
राम्रो पढ्नप¥यो भने बाहिरै जानुपर्छ । ५ करोडको गाडी किनेर ल्यायो भने कुदाउने ठाउँ छैन । यस्ता विभिन्न कुराले हामी १८ औं शताब्दी सम्म पुगेका छौं । १६ औं शताब्दीमा सबै जातका नेपाली पर्छन् यहाँ बाहुन, क्षेत्री, राई, लिम्बु, मधेशी, मुसलमान सबै जात छन् । १७ शताब्दीका र १८ अ‍ौं का पनि जात छन् । हामीले गर्नुपर्ने शताब्दी परिवर्तनको कुरामा जातलाई समात्यौ । यो जातलाई समात्यो र उचाल्यो भने भोट आउँछ भन्ने मानसिकता छ । के यहाँ सबै बाहुन, क्षेत्री हुने खाने भएका छन् ? ठाउँ ठाउँमा गएर हे¥यो भने वृटिश गोर्खाकाहरु अति सम्पन्न पनि देखिन्छन् । तर सबै वृटिश गोर्खामा पनि छैनन् । जातको कुरा ल्याउनु नै गलत हो । २१ औं शताब्दीको नेपाल बनाउने भन्ने नेताहरुलाई यति पनि ज्ञान छैन कुन देशमा जातको राजनीति हुन्छ ? अमेरिका, बेलायत लगायतका देशमा जातको कुरा हुँदैन, जात खोज्नै सकिदैन । उनीहरु वी आर अमेरिका, वी आर वृटिश भन्छन् सिद्धियो । यहाँचाहिँ किन त्यो गरिदैछ । हामी परिवर्तनको कुरा गर्छौ तर परिवर्तनलाई आत्मसात गदैनौ । आफनो बेनिफिटमात्र हेरेर भएन । २१ औं शताब्दीको नेपाल स्विजरल्याण्ड बनाउने, सिंगापुर बनाउने भन्छन् । यहाँ विद्यार्थी चुनाव लड्छन् अनि ठूला नेताले बधाइ दिन्छन् । के गर्न खोजेको हो । वकिल, शिक्षक, डाक्टरले राजनीति गर्छन् । सबैले
राजनीत गर्ने ? २१ औं शताब्दीमा यस्तो कहाँ भएको छ ?
द्दनेपालमा मात्र किन यस्तो भइरहेको छ ?
–नेताको स्वार्थ, दलको स्वार्थले यस्तो भएको हो । पञ्चायतका गुणको कुरा गर्ने हो भने कति राम्रो थियो । नगरपालिकाकै कुरा हेरौ न । काटकुट गरेर फलानो नगरपालिका रे । अर्थ के त्यसको ? जबकि हिजो गाविस धेरै थियो नगरपालिका कम थियो । किनकि हरेक मान्छेले गाउँमै सुविधा पाओस् भन्ने थियो । अहिले कहाँको मान्छे कहाँ पुग्नुपर्छ । जब कि न त्यसको पूर्वाधार छ न केही छ , हो २० बर्षपछि पूर्वाधार बनेपछि बनाउने हो । घोषणा गरेर मात्र हुँदैन जनतालाई दुःख दिने काम मात्र भएको छ । यो सबै जनतालाई बेकुब बनाउने काम मात्र हो । पाँच विकास क्षेत्र ७५ जिल्ला, १४ अञ्चल ४ हजार कति
राम्रोसँग बनाइएको थियो । आज तहस नहस गरिएको छ । जनतालाइ बेकुव बनाउने काम मात्र गरिएको छ । अब झन बनाउन सजिलो छ । एक एक गाउँलाई हामी बनाउन सक्छौं । जम्मा चार हजार गाउँ छन् । विदेशमा कस्तो हन्छ भने नेपालको जस्तै गाउँ छन् जहाँ होटलमा जस्तै फलानो गाउँ वान स्टार, पलानो गाउँ टु स्टार बनाइएको छ । वान स्टारले टु स्टारमा जान के के चाहिन्छ भने मेहनत गर्छन् । यसका लागि अस्पताल थप्नुप¥यो कि, सडक बनाउनु प¥यो कि, स्कुल थप्नु प¥यो कि त्यसमा ध्यान दिन्छन् । त्यहाँ राजनीति छैन आफ्नो गाउँ बनाउने कुरामा लागेका हुन्छन् । नयाँ नेपाल बनाउने भिजन कसैले दिन नसक्ने जब कि हामी मरुभूमिमा बसेका छैनौं । मसँग धेरै डाटा छ, कसरी नेपाल बनाउने भनेर एउटा भिजन बनाएको छु । हरेक गाउँमा कस्ता मान्छे छन्, कति मान्छे छन्, के उब्जनी हुन्छ, कति मठ मन्दिर छन्, कसरी उनीहरको स्तर उकास्ने भन्ने सोच हुनुपर्छ । मसँग यस्तो भिजन छ भने राज्यले के हेरेर बसेको छ । यिनीहरुसँग भिजनै छैन । कसैले आज २०४७ सालको संविधान ल्याउनुपर्छ भन्छन् म त्यसमा सहमत छुइन । मेरो अब्जेशन किन भने त्यही संविधानबाट माओवादी विद्रोह जन्मेको हो । १७ हजार नेपालीले ज्यान गुमाए । ३० बर्ष अगाडिको संविधान कसरी ल्याउने ? २०४७ लाई होइन त्यसलाई पल्टाएर २०७४ ल्याउनुप¥यो । २०७२ को सयिवधानले पनि काम गर्दैन । राष्ट्रको लागि सोच्ने हो भने अब पुरानाहरु सबैलाई विदा दिनुपर्छ । देश अत्यन्तै जर्जर भएको छ । अबको जेनेरेशनलाई एउटा ट्रयाकमा ल्याउनुपर्छ । पढेनेलाई पढ्नतिर, जागिरमा हाल्नेलाई त्यही अनुसार राख्नुप¥यो । नेपाल बनाउन अबका ७÷८ बर्षका बच्चालाई ट्रेन गराउनुपर्छ । अब यस्तो चिन्तन हुनुपर्छ । सबै विकृति अहिलेका नेताहरुले भिœयाएर त्यस मुनिका सबै यही ठीक हो भनेर पछि लागे । अब यसलाई ब्रेंक गरेनौं भने आउने सन्तति पनि यही ठीक भनेर पछि लाग्छन् ।
द्दयहाँसँग यति राम्रो भिजन छ यसलाई कसरी अगाडि बढाउने ?
–मैले सबै ठाउँमा यही भनिरहेको छु । अब काठमाण्डौ गएर एउटा सबै तह र तप्काका मानिस बीचमा मिटिङ्ग गर्ने सोच बनाएको छु । मेरो यो एउटा प्रयास हो । मेरो यो प्रयासको सबैले चित्त बुझाएका छन् । मैले ठूला नेतासँग पनि कुरा राखेको छु । अहिले यहा सिस्टमको कुरा गरिन्छ । पञ्चायत ढल्यो, बहुदल आयो, बहुदल ढल्यो गणतन्त्र आयो तर सोच र लिडरसीप सबै त्यही छ । भोलि सुनको अक्षरले लेखिएको संविधान दिँदा पनि त्यो अक्षरमा यति ग्राम छ भनेर अक्षर अक्षर बेचेर खान्छन् । व्यक्तिले चाहेमा नहुने केही छैन, लि क्वानले सिंगपाुर बनाए । कस्तो देश बनाए भने न त्यहाँ कृषि छ, न ल्याण्ड ठूलो छ । त्यहाँ कुनै चिज नै छैन । आज संसारमा क्लिन एण्ड सेफेस्ट सिटी भनेर सिगापुरलाई भनिन्छ , उनको अन्तिम हरफमा लेखेका छन मैले मरेो जीवन दिए तर मैले के पाए भन्ने सिंगापुर पाएँ । म त्यसबाट अत्यन्तैै प्रभावित भएँ । मलाई पनि लागेको छ म मेरो देशका लागि जीवन दिन्छु । सायद मैले जीवन दिएपछि मेरो देश पाउँछु कि । हाम्रो देश यति राम्रो छ ससारमा कही छैन । मैले सैसारका धेरै देश घुमे । तर यस्तो देश कही छैन । कस्तो मिलेको छ भने हिमाल, पहाड, तराई, खोला नाला, जंगल सबै छ । हाम्रो देश सुनमा सुुगन्ध जस्तो छ । सुगन्धचाहिँ के हो भने धर्म, सँस्कृति, परम्पररा आदि हुन् । आज सुनचाहिँ सिध्याउनै लागे । भएको सुगन्ध पनि कसरी नास गर्ने भनेर लागेका छन् । समाजलाई कसरी सिध्याउने, विग्रह
गराउने, परम्परा कसरी नास गर्ने, सँस्कृति कसरी खतम बनाउने भनेर लागेका छन् । अब यसलाई हामीले रोक्नुप¥यो । नेपाली पन र नेपाललाई सुहाउँदो सिस्टममको कुरा मैले किन भनेको हुँ भने संसारका धेरै ठाउँमा घुमे तर आफ्नो बानी भन्ने कस्तो हुँदो रहेछ भने मनन गर्नुपर्ने हुन्छ । मेरो घरमा सुपर मार्केटबाट चामल ल्यायो भने त्यो नांग्लोमा नखन्याई हुँदैन । एकदम केलाएको हुन्छ । सफा प्याकिङ्ग हुन्छ तर नांग्लोमै खन्याउनुपर्छ । विदेशबाट ल्याएको अनेकौ पं्रकारको चक्कुु भए पनि हामो भान्सामा चुलेसी भएन भने त्या चक्कुको कामै छैन । घरमा भ्याकुम किन नहोस तर कुचोचाहिँ चाहिछ । मिक्सचर ग्राइन्डर लिएर आएपनि लोहोरो सिलौटो हुनैपर्छ । त्यो हो हाम्रो नेपाली पनि । यसलाई नास गर्दैमा हामी २१ औं शताब्दीमा पुग्नेने र ठूलो मान्छे बन्ने होइन । त्योसँग सँगै हामी अगाडि बढ्न सक्छौं ।
द्दराजा सहितको प्रजातन्त्र भन्ने कुरा तपाईबाट बारम्बार आइरहेको छ । यसलाई अलिकति प्रकाश पारिदिनुस् न ?
–राजासहितको प्रजातन्त्र चाहिन्छ । राजाका केही गुणहरु छन् जुन देशका लागि आवश्यक छ । आजको १ सय बर्ष, ५० बर्षपछि सम्पूर्ण नेपाली शिक्षित भए पछि अर्कै कुरा होला । बेलायतमा पनि त राजा छन् नि । राजाको सबैभन्दा ठूलो गुण भनेको निष्पक्षता हो । त्यसैले राजा सबैको साझा भनिएको हो । राजालाई सबैभन्दा माथि राखिन्छ । राजसंस्थामा व्यक्ति आउँछन् जान्छन् तर संस्था निष्पक्ष हुन्छ । जनताले मानेमा त्यो सदैव रहन्छ । नेताको स्वार्थचाहिँ कस्तो हुन्छ भने मै पावरमा आएँ भने कुनै योजना चाहियो भने सुनसरीमा ल्याउने । सुनसरीमा ल्याउँदा मेरो भोट बढ्छ । तर राजालाई सुनसरी मतलब हुँदैन । राजालाई सुनसरी पनि त्यही हो, नेपालगञ्ज, रुकुम, मनाङ्ग, मुस्ताङ पनि त्यही हो । सम्पूर्ण नेपाल उनका लागि समान हुन्छ । नेताका लागि यस्तो हुँदैन । राजालाई निष्पक्ष कसरी भनेको भनेर कसैले भनेमा मेरो तर्क के छ भने जो व्यक्ति सत्ताको लागि र भोटको लागि होडबाजी गर्छ त्यो कहिल्यै निष्पक्ष हुँदैन । मैले भोटको राजनीति गर्नासाथ तपाई मलाई भोट दिँदा तपाई मेरो मान्छे, अर्कैले भोट दिँदा त्यो मेरो मान्छे । नदिने विरोधी । भालि सत्तामा आउ न म तलाई देखाइदिन्छु भन्छ । त्यो कसरी निष्पक्ष हुन्छ ? तर राजसंस्था मात्र एउटा यस्तो संस्था हो जसले सत्ताको लागि होडबाजी गर्नुपर्दैन । त्यो परम्परागत तरिकाले चल्छ । आज जतिसुकै भनौ हिजो रामवरण यादव, आज विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ । उहाँहरुको एउटा पृष्ठभूमि छ । उहाँहरु निष्पक्ष हुनै सक्नु हुन्न । रामवरण काँग्रेस प्रति र विद्या भण्डारी सÏटकर्नर एमालेप्रति नै हुन्छन् । हिजो क–कस्ले मलाई भेट दियो कस्ले दिएन भनेर इगो लिएकै हुन्छ ।
राजसंस्था यस्तो संस्था हो जसले भोटको
राजनीति गर्नै पर्र्दैन ।
द्दत्यसो भए राजसंस्था अपरिहार्य छ ?
–हो, एकदम अपरिहार्य छ । राजसंस्था एकताको प्रतीक पनि हो । आज राजसंस्था नभएकोले सबै कुरा भताभुंग भएको छ । गर्जन अर्थात अभिभावक चाहिन्छ । आज म चुनाव जितेर गएँ र भोलि गृहमन्त्री भएपछि मलाई नै भोट दिने जनतालाई गोली ठोक्ने आदेश दिन्छु । त्यो शक्तिको दम्भ हो । आज सप्तरीको घट्ना त्यसैको उपज हो । त्यसैले देशमा एउटा रेफ्री चाहिन्छ जुन जनता र नेताका बीचमा । जनतामाथि नेताले दमन नगरोस् भनेर पनि राजसंस्था चाहिन्छ ।

तपाईको प्रतिक्रिया