सिद्धिकर्ण शर्मा धिमाल
शान्तिपूर्ण सभा, सम्मेलन गर्न पाउने संवैधानिक अधिकारको सप्तरीको
राजविराजमा ठाडो उल्लंघन भएको छ । नेकपा एमालेले मेची काली राष्ट्रिय जागरण कार्यक्रम सञ्चालन गर्ने पूर्व निर्धारित समयमै झापा, मोरङ र सुनसरीका ठाउँ ठाउँमा सभा सम्मेलन शान्तिपूर्ण नै भएको देखियो । कोशी पारि सप्तरीको राजविराजमा पनि नेताहरु आमसभालाई सम्बोधन गर्न जाने क्रममा त्यताका जातीय, एवम् क्षेत्रीय राजनीति गर्ने नेताले एमालेको त्यहाँ सभा हुन नदिने, सभालाई विथोली हिँसामा
परिणत गर्ने उद्देश्यले उनका कार्यकर्तालाई उत्तेजित ढंगमा परिचालन गराइएको दृश्य हालै राजविराजमा सुरक्षाकर्मी उपर ढुंगामुढा र लाठी प्रहार गरी शान्ति भंग गराइएको समाचार पत्रपत्रिमा पढ्न पाइयो, योे वडो खेद र निन्दनीय बनेको छ । एमालेको तराई राजनीतिक सहिष्णुता भंग गराउने मधेशी नियती पनि छर्लङ्ग भएको छ । सरकारले
राजविराजमा शान्ति भंग हुनु अगावै
दुष्परिणाम आउन नपाओस भनी सतर्कता
गराएको थियो । सुरक्षाकर्मी उपर मधेशका जातीय एवम् क्षेत्रीय राजनीति दलका कार्यकर्ता उत्तेजित भई प्रहरी उपर ढुंगामुढा र लाठी प्रहार गर्न नपाउने गरी माइकिङ्ग गराइएको भए सायद त्यो स्थिति आउन पाउने थिएन होला ।
प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँँग्रेससँग सहभागी भएको वर्तमान एमाले लामो इतिहास बोकेको राजनीतिक दल हो । स्थानीय निकायको निर्वाचन गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै मेची महाकाली राजनीति प्रचार प्रसार गर्ने संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्नु मधेशी गठबन्धन राजनीति यति तल झरेको देख्दा उनीहरुको नेपाल हेर्ने दृष्टि छर्लङ्ग भएको छ । के तराई यी दुई चार जना सामन्तको मात्र हो कि ? समग्र नेपालीको साझा देश हो ? यसमा नेपाली मात्र गम्भीर हुुनुपर्ने अवस्था वर्तमानले देखाएको छ । आफै गल्ति गर्ने, आफै धम्की दिने । नेपालीलाई हप्काएर तह लगाउन खोज्ने ? के मधेशमा नेपालीको बसोबासको बसोबास छै्रनन् । १९७० सालको तराई स्पर्ट नापी हुँदा महन्त ठकुर राजेन्द्र महतो त्यसबेला कहाँ थिए । मधेश जंगm ढाल फाड
गरिदा बाध गरेर नापी दर्ता त नेपालीले गरेका थिए । नेपालको भुगोल र इतिहासलाई लत्याई विदेशी षड्यन्त्रकारीको बुइँ चढेका गयर नेपालीको मुहार र व्यवहार हेर्दा आश्चर्य लाग्दछ ।
जनप्रतिनिधिविहीन रहेको स्थितिमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्नुपर्नेमा निर्वाचन नै हुन नदिने गरी सात दिन भित्रमा निर्वाचन बदर गराउन दबाब दिने मात्र नभएर उनीहरुहको अनुकूलको संविधान संसोधन नगरे
सरकारलाई दिएको समर्थन फिर्ता लिने सो नगरेसम्म हिँसात्मक गतविधि
गराउने ? सरकारलाई हप्पकाई धम्की दिई ढिकुटीको पैसा खाने मोज मस्ती आफै गर्ने यी दलाल र सामन्तीलाई जी हजुर मानिरहनु पर्ने रे कानुनले प्रहरीको पनि संरक्षण गरेको छ । कर्तव्य पालन गर्दा दुस्मनको फन्दामा पर्नु भन्दा आत्म रक्षा गर्नु धर्म हुन्छ । हाल चर्चित राजविराज घट्ना त्यही हो । आफू बच्न फायर
गरियो । अराजकता फैलाउने व्यक्ति मर्दा शहीद घोषणा गरी जनही दश लाख
दरले क्षतिपूर्ति जिपनि दिनुपर्ने ? यिनीहरुको अगाडि सरकारले घुँडा टेक्नुपर्ने ? त्यसो गर्दा नेपाली मौन रहन्छन् । प्रश्न के छ भने नेपालमा बसेर अराजक गतिविधि गरी रहनेहरु को हुन् ? तराईमा पहाडबाट आएर बसोबास गरेका नेपाली कति छन् ? उनीहरुको जिउधनको सुरक्षा राज्यले गर्न के गर्नुपर्छ ? जनमत संग्रह गर्दा राम्रो होला कि ? नेकपा एमालेसँग मिले पैतालाका काँढा झिकेर फाल्नु उचित होला कि । कि सधै मधेश द्वन्द्वग्रस्त क्षेत्र भनी राजनीति गर्ने ? रोग लाग्नु भन्दा
रोग लाग्नै नदिनु रामो होला । हामी दुई करोड नेपाली मौन किन रहनु । हाम्रो देशः हाम्रो भाषा प्राण भन्दा प्यारो छैन
र ? हिमाल, पहाड, तराई एकै स्वर नेपाली, देश रक्षाको लागि एक औं नेपाली , निर्वाचन रोकिदैन । हामी नेपाली ।

