धरान÷ सम्भावना बोकेका गितकार तथा संगितकार राईमन राईले पहिलो पटक आफ्नै स्वरमा मनन एल्बम बजारमा ल्याएका छन् ।
किरात राई यायोख्खाको भवनमा भोजपुर सुनसरी सेवा समाजले एल्बम विमोचन गर्ने साइत
जुराइदिएको हो । २०६० सालमा संयुक्त रुपमा मिक्स एल्बम बजारमा ल्याएका गायक, गीतकार तथा संगीतकार राईले पहिलो पटक आफ्नो एकल एल्बम मननको सार्वजनिक गरेका हुन् ।
एल्बमको विमोचन ं प्राज्ञ राम धामीको प्रमुख आतिथ्यमा भएको सो विमोचित कार्यक्रममा आयोजक समितिका अध्यक्ष नन्द बहादुर श्रेष्ठ र गायक राईले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् । भोजपुरमा जन्मिएका राई विगत १४ वर्ष देखि धरानलाई कर्मक्षेत्र बनाउँदै सांगितिक क्षेत्रमा क्रियाशिल रहेका छन् । करिब साढे ४ लाख रुपैयाको लगानीमा रेकर्ड गरिएको मनन एल्बममा विरेन्द्र राई, राजेश विद्रोही र कमानसिंह राईको शब्द रहेको ३ वटा गित सहित स्वयं
राईको शब्दमा ६ वटा गितहरु समावेश भएका छन् । उनका अनुसार कति टिप्छौं बोलको गित विरेन्द्र राई, ध्वजेको शिर पत्रकार राजेश विद्रोही र सागर बिच कमानसिंह राईको शब्द रहेको छ भने माया तिमी, म तिमी संग, आखाँमा मलाई बोलका गितको शब्द स्वयं राईको हो । सागर बिचको गितलाई जिवन राईले संगित दिएका छन् भने अन्य गितहरुमा गायक
राईको नै संगित रहेको छ ।
एल्बमको प्रोमो गित माया तिमी लाई म्युजिक भिडियो समेत बनाईसकिएको गायक राईले बताए । राईले यस अघि २०६० सालमा अजय राई संग संयुक्त रुपमा एल्बम निकालेका थिए भने कविता अनप्लग एकल साँझ पनि गरिसकेका छन् । विमोचन कार्यक्रममा प्राज्ञ राम धामी, गायिका हर्षु राई, किरात राई यायोख्खाका जिल्ला सचिव हिन्दुहाङ राई लगायतले शुभकामना दिएका थिए ।
