किन ज्यादा खोक्या होला
झालेमाले पार्टीलाई त्यसका मुखिया खप्रओले खरानी नै बनाउने भए । एक्कासी मेची महाकाली अभियानको सनक चढेर राजामहाराजा झै हात हल्लाउँदै हिडेका खप्रओले गर्दा सप्तरीमा पाँच जना मास्तिर लागे भने तल्तिर भएकाहरुसमेत खप्रओलाई दिनैपिच्छे सक्तो सराप गरिरहेका छन् । सप्तरीको घटना पछि कहाँ जुटे कहाँ जुठेकी आमा भएर सुइँकुच्चा ठोकेका ओलीले फेरि बीचमा जाने आँट
गरेनन् । हेटैडाबाट फेरि अभियान चलाका छन् रे । ताइ न तुइँको अभियान किन चलाएका होलान् ? हेटौडातिर पुगेर खप्रओले भनेछन् कसैले आक्रमण ग¥यो भने त्यसको प्रतिकार गरिन्छ
रे । हैन हौ खप्रओ बा अलि पत्याउने गफ गरम न ? प्रतिकार गर्ने भए
राज्येसँग फुइøयाँ खान सुरक्षे माग्नु ? राज्येसँग सुरक्षे मागी मागी गोडा कमाउँदै फुइøयाँ खान कार्जेक्रम गर्नु ? खप्रओले तराईमा आÏना कार्जेकर्ताको हरिविजोग बनाइदिए । कसैका अनुहारमा कालो पोतिन थाल्या छ, कही पार्टीको कार्यालय नै चैट्ट भएको छ । काग बढी जान्ने भयो भने खै के जाति खान्छ भन्थे हो कि क्या हो ?
कमलाउले गर्ने भए
पहिला–पहिला कम्युनिष्ट बिग्रियो भने पञ्च भन्छ भन्थे । आजकल ठीक उल्टो भा’छ । हिजो आज पञ्च बिग्रियो भने कम्युनिष्ट बन्न थाल्या छन् । नपत्याए त्यो राप्रपाका कमलाउलाई हेरम न । यिन्ले न सविधान बनाउन सहयोग गरे, न संघीयतामा देशलाई लैजान सहयोग गरे । तर अहिले प्रचण्डाउको टाङमुनी छिरेर उपप्रधानमन्त्री सँगै संघीय मामला तथा स्थानीय विकास मन्त्री पड्काएसी पञ्चे कमलाउको थुतुनोबाट निस्कने बोली नै फेरिएको छ । माछो भए दुलाभित्र हात भ्यागुता भए दुलाबाहिर हात भन्ने उखानलाई कमलाउले चरितार्थ गर्दिएका छन् । चुनाव गराउन संविधान कार्यान्वयन गर्न कमलाउ मन्त्री भा’का रे । भन्नेलाई भन्दा सुन्नेलाई लाज भन्या यही हो ।
किन फुइ“ हान्या ?
हिजो आज नेपाल विद्युत प्राधिकरणका सिइयो कुलमान घिसिङ्गका छाउराहरु एकएक गायव भएसी’ घण्टाघरलाई आश्चर्य लाग्या छ । भारतले नेपाललाई अन्तरदेशीय प्रसारण लाइनबाट पुग्दो विजुली दिएसी’लोड सेडिङ हट्या थ्
यो । त्यसपछि विनासित्ती कुलमानलाई तिनका छाउराहरुले रातारात हिरो
बनाए । हिजो आज पूर्वतिर ६ घण्टा लोडसेडिङ हुन थाल्या छ तर लोडसेडिङ्गको तालिकाचाहिँ देखाउँदैनन् । भारतले विजुली दिएकोले लो्ड सेडिङ्ग कम भएको भनेर नेपालका राजदूत दिपकुमार उपाध्यायले बोल्दा कुलमानका छाउराहरु उनका विरुद्धमा कम्ता उफ्रेका होइनन् आखिरी सत्य कुरा त गोवेल्सवादीहलाई कहाँ पच्छ र ?
अब नया“ शक्तिको पालो
प्रचण्डाउको जोरलात्ती पाएर रिङ्ग बाहिर पुगेका बाउराम भट्टराईको नयाँ शक्तिले अब झालेमालेको सिको गर्ने भएको छ । झालेमालेले मेची महाकाली अभियान चलाएर उत्पात मच्चापछि
बाउरामलाई बडो छट्टपट्टी भएछ । अब नाम मात्रको नयाँ शक्तिले हिमाल, तराई अभियान चलाउने रे । यस अभियानले कुनै लछारपाटो लगाउँदैन भन्ने बुझ्दाबुझ्दै पनि किन यस्तो अभियान चलाउन खोज्या होलान् ? जनयुद्धको बेला पहाड, हिमालतिर घाइते भएर बसेका, बेपत्ता भएका, राज्येबाट कुनै राहत नपाएकाहरुले अब बाउरामको हुर्मत लिने भए । लहै बाउराम झालेमाले तराईमा कहाँ जुठे कहाँ जुठेकी आमा भएजस्तोचाहिँ नहोस् है ।
प्रचण्डाउ ढुक्क
मधेशी मोर्चाले समर्थन फिर्ता लिन धम्की दे’सी वडो चिन्तित बनेका प्रचण्डाउले राप्रपाका कमलाउलाई झ्याई झ्याई बाजा बजाएर सिंहदरबार भिœयाए । अब गोडातीनेक महिना वाल्वाटाराँ
उपरखुट्टी लगाएर सुक्ला गरौला भन्ने सोच्या प्रचण्डाउलाई झन झन टेन्सिन थपिएको छ । कञ्चनपुर घट्नामा चुपचाप बसेका प्रचण्डाउलाई सडकबाट आफ्नैले धुवाँधार गाली गर्न थाल्या छन् अझ आफैबाट छुट्टिएर गा’का विप्लवले ताण्डव नृत्य देखाउन थाल्या छन्, उता झलेमालेको मेची महाकाली अभियानले टेन्सिन थपेकै छ । विचारलाई ढुक्कसँग बस्न र सुक्ला गर्न नदिने भए ।
गर्नेलाई भन्दा..
हे भगवान † यो देशाँ के हुन लाग्या हँ ? नेपाली जनताले दलका नेता, तिनकी स्वास्नी, छोराछोरी, तिनका नातागोता, भान्जा भान्जी, साला साली, ससुराली खलकका सबैलाई नेता मानिदिनुपर्ने भएको छ । अब हेरौ न शेरबहादुर देउवाकी जोई समेत उपल्लो स्तरकी नेता पल्टिएर
राज्येको ढुकुटी दोहन गर्दै जेनेभा पुगिछन् । हुन त राज्यको ढुकुटी नेता र तिनका आसेपासेकै बपौति हो । यहाँ सबै बुद्धिजिीविहरुको खोपडीमा पिलुवा परेर बेकामे भएसी’ आरजु जस्ता जेनेभा पुगेर मानव अधिकारका परिषद्को सभामा गुड्डी हाँक्नै भएका छन् । हुन त विचरी
आरजुलाई के दोष दिनु ? नेताको मलद्वारलाई समेत हरिद्वार देख्ने भएपछि बेकामे स्वाँठहरुले अवसरको फाइदा उठाउने नै भए । तिन्ले जेनेभामा पुगेर भनिछन् मातृ मृत्यु दरवारे वाल विवाह रोक्नुपर्छ । महिला र नवजात शिशुको स्वास्थ्य बचाउनु आवश्यक छ । यसका लागि सामजिक अभियान सञ्चालन गर्नुपर्छ । भट्याउनेलाई भन्दा सुन्नेलाई कुरी
कुरी लाग्नु भन्या यही हो । सुरक्षित मातृत्व र प्रजनन अधिकारको नेपालको कानुनमा व्यवस्था गरिएको छ रे । क्या गजब छ । कानुनमा व्यवस्था गरिएकोे छ व्यवहारमा छैन चाहिँ आरजुले किन नभन्या होलिन् ?
अब गज्जुको पालो
गएको हप्ता राप्रपाका लोभीपापी कमलाउलाई पर्धानमन्तनरी प्रचण्डाउले व्याण्ड बाजा बजाएर सिंहदरबार भिœयाएको कुरा सेलाउन नपाउँदै अब फोरम लोकान्त्रिकको पालो आउने भएको छ । कमलाउ सिंहरबार छिरेको कर्कै आँखाले देख्या फोरम लोकतान्त्रिका अध्येक्षे गज्जु बाबुलाई औडाहा भएछ । एउटा खुट्टा उचालेर बस्या छन् रे गज्जजुबाबु । प्रचण्डाउलाई नि आफ्ना सेनामेना बढाउनु छ । अहिले ४५ जनाको मन्त्री मण्डलमा अब गोडा तीनेक अरु थपिने भए । संविधानले २५ जना भन्दा बढी मन्त्री मण्डल बनाउन नपाउने निर्णय
गरेपछि मन्त्रीको संख्या थपिएको थपियै छ । जे होस् अब गज्जु बाबु पनि मन्त्री हुने भए ।
अन्तेमा
अस्तिका दिन संघीय समाजवादी पार्टीका अध्येक्षे उपिन्द्र जादव मुसुमुसु हाँसिरहेका थिए । उनी हाँस्दा अरुका अनुहार मलिन थिए, कैयौको आँखाबाट आँशु झरिरहेको थिए । उनी हाँस्दा अरुका अनुहार मलिन थिए, कैयौको आँखबाट आँशु झरिरहेको थियो तर उपिन्द्र मुसुमुसु हासिरहेका थिए । उपिन्द्रको मुसुमुसु देख्दा घण्टाघरलाई पनि आश्चर्यमा प¥या थ्यो । आखिरी मुसुमुुसुको राज के हो ? बात के परेछ भने शनिवार सप्तरीको मलेठमा ५ जनाको प्रहरीको गोली लागि हत्या भा’थ्यो । मधेशी नतोहरु मृतकको शव यात्रामा सहभागी भएका थे । उपिन्द्र नआउने कुरै भएन । हजारौ सर्बसाधाण शव यात्रामा बडो दुःखी भएर आक्रोस पोख्दै हिडिरहेका थिए । तर उपिन्द्रको चाहिँ मुसुमुसु हासिरहेका देखिन्थे । कही होली नजिक आएकोले जादवको गाँजा भाङ्ग त खाएका थिएनन् । नत्र मुसुमुसु किन ?
