एमालेको बालहठबाट निम्तिएको सप्तरीको आततायी घट्ना पश्चात स्थानीय निर्वाचन अन्यौल परिस्थिति आफू अनुकुल नरहेको बुझ्दाबुझ्दै जबरजस्ती गर्दा तीन जनाको मृत्यु, दर्जनौ घाइते

धरान÷प्रमुख प्रतिपक्षी दल एमालेले शनिवारदेखि सञ्चालन गरेको मेची–महाकाली तराई मेधेश केन्द्रीत अभियानको तेस्रो दिन उसको बालहठबाट निम्तिएको सप्तरीको आततायी घट्नापश्चात १९ बर्षपछि हुन लागेको स्थानीय निर्वाचन अन्यौलपूर्ण बनेको छ ।
एमालेको रवैया मधेश र मधेशी
विरोधी भएको भन्दै तराईमा एमालेलाई कार्यक्रम नै गर्न नदिने निर्णयमा पुगेका मधेशी मोर्चाको निर्णयलाई हल्का रुपमा लिएर २३ गते सप्तरीको सदरमुकाम
राजविराजबाट तीन किलोमिटर उत्तरमा पर्ने रुपनी–राजविराज सडक खण्डस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा भएको आततायी घट्नामा तीन जनाको मृत्यु भएको छ भने आठ जनाको अवस्था गम्मीर र दर्जनौ घाइते भएका छन् ।
प्रहरीको गोली लागेर मलेठ गाविसका १९ बर्षीय सञ्जन मेहताको घट्ना स्थलमै मृत्यु भएको थियो । एमालेको आमसभालाई सुरक्षा गर्न बसेका प्रहरीले चलाइएको गोली मेहताको टाउकोमा लागेको थियो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेश भट्टराईका अनुसार मेहता एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्र भन्दा तीन सय मिटर दक्षिणमा गोली लागेर ढलेका थिए । गोली लागेका अन्यमा परसवनी–४ का आनन्द साह र राजविराज ९ का पिताम्बर मण्डलको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको डिआइजी भट्टराईले जानकारी दिनुभयो । मोर्चा आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर दिलिप यादव, सुरेन्द्र मण्डल, दिगम्बर यादव, लक्ष्मण यादव, परमेशवर मण्डल, जितेन्द्र साह, इन्द्र साह, वीरेन्द्र महतो गम्भीर घाइते भएका छन् । उनीहरुको प्रायः सबैको छाती र टाउकोमा गोली लागेको मण्डलले जानकारी दिनुभयो ।
सप्तरीका एसपी दिवेश लोहनीका अनुसार एमालेको सुरक्षामा एक हजार भन्दा बढी सशस्त्र प्रहरी, जनपथ प्रहरीलाई तैनाथ गरिएको थियो । कार्यक्रममा एमालेका कार्यकर्ताहरु भन्दा पनि प्रहरीहरुकै बाक्लो उपस्थिति रहेको भएपनि गाउँ गाउँबाट हातमा घरेलु हतियार बोकेका, लाठी बोकेकाहरु एमाले विरुद्ध नाराबाजी गर्दै सभा स्थलभन्दा तीनसय मिटर दक्षिण, उत्तर, पूर्व र पश्चिममा भेला भएका थिए । एसपी लोहनीका अनुसार स्थिति उत्तेजित भएपछि प्रहरीले सैयौ सेल अश्रु ग्याँस प्रहार गरेपनि नियन्त्रण नभएपछि बाध्य भएर गोली चलाउनु परेको थियो । कति राउण्ड गोली चल्यो भन्ने कुरा यकिन भइनसको पनि एसपी लोहनीले जानकारी दिनुभयो । एसपी लोहनीका अनुसार गम्भीर घाइते भएकाहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र विराटनगर न्युरो अस्पताल पठाइएको र बाँकीको अञ्चल अस्पताल राजविराजमा उपचारार्थ पठाइएको छ । घाइतेमध्येका धरानमा उपचार भइरहेका सुरेन्द्र मण्डल र दिगम्बर यादवको अवस्था गम्भीर रहेको छ ।
एमालेले इनरुवामा सोही दिन कार्यक्रमको आयोजना गर्दा मोर्चाका कार्यकर्तासँग झडप भएको थियो । प्रहरीको सुरक्षा घेराभित्र इनरुवाको बस स्टेन्ड चौकमा भएको कार्यक्रममा दर्जनौ घाइते भएका र्थिए । संघीय समाजवादी फोरम सुनसरीका इन्चार्ज एस.एन. मेहताका अनुसार प्रहरी र एमालेका कार्यकर्तासँगको झडपमा मोर्चाका श्याम
नारायण खेरवार, इश्वरप्रसाद गुप्ता, भापैत यादव, सविल यादव, धर्मवीर आर्य, तेजनारायण अरगरिया घाइते भएका थिए भने रञ्जित गोश्वामीलाई प्रहीले गिराÏतार गरेको छ । मोर्चाका सप्तरी संयोजक दिनेश यादवका अनुसार एमालेका कार्यकर्ताले प्रहरीको आडमा मोर्चाका कार्यकर्तामाथि ढुंगामुढा गरेका थिए ।
मधेश दुई दिन बन्द ः एमालेका कार्यकर्तालाई कालो मोसो दल्दै
यसैबीच सप्तरी घट्नापश्चात मधेश पूरै तनावग्रस्त बनेको छ । घटना भएको भोलिपल्टै मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् ।सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ ।
ने.क.पा. एमाले प्रचार प्रसार विभाग प्रमुख तथा नेपाल शिक्षक संगठन रौतहट अध्यक्ष मनिशंकर निधीलाई मंगलबार आक्रोशित मोर्चाका युवा नेता श्यामविहारी यादव, प्रकाश भाई, ललन यादव, ओमप्रकाश साह, ध्रमेन्द्र यादव लगायतले प्रर्दशन
गरिरहेका वेला निधी चिया पसलमा बसी मधेशविरोधी कुरा गरिरहेको आरोपमा मधेश विरोधी भन्दै कालो मोसो दलेका हुन् । फागुन २६ गते हुन गइरहेको मेची महाकाली अभियान रौतहटको गरुडामा सफल हुन नदिने भन्दै यो रवैयाले नेकपा एमालेका कुनै नेता र कार्यकताहरुलाई प्रचार प्रसार समेत गर्न नदिने विरोधमा सहभागी मोर्चाका नेताहरुले बताएका छन् । सप्तरी घट्नाको विरोधमा मधेशी मोर्चाले बुधबार जनकपुर बन्दको आवहान गरेका छन् भने मंगलबार विआर ए ४०२१ नम्बरको भारतीय नम्बर प्लेको ट्रकमा आगजनी गरेका छन् भने मानव अधिकारवादीको राजविराजमा आगजनी गरेका छन् ।

तपाईको प्रतिक्रिया