धरान÷ पुर्वेली गायक सुजन रसाइलीले आफ्नो पहिलो एल्बम ‘रोजाई’ को ‘तिमी बिना एक पल जिउन पलपल गाह्रो भो’ बोलको गितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका छन् ।
भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा जन्मेका रसाईलीको पहिलो प्रयास स्वरुप निकाले रोजाई एल्बममा रहेको ५ वटा गित मध्ये तिमी बिना बोलको गितलाई म्युजिक भिडियो मार्फत बजारमा ल्याएका हुन् । गायक कमल खत्रीको शब्द र संगित रहेको तिमी बिना बोलको गितको संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन् । नायिका वर्षा सिवाकोटी र गायक रसाईलीको अभिनय रहेको सो म्युजिक भिडियो मिस कोशी क्वीन २०१५ की सेकेण्ड रनर अप मिरा धमलाले भिडियोको सार्वजनिक गरेकी हुन् ।
विज्ञान राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायाँकन गरेका हुन् । १ लाख ५० हजार रुपैयाको लागतमा निर्माण भएको भिडियो काठमाण्डौका विभिन्न स्थानमा छायाँकन गरिएको छ ।
५ वटा गित रहेको एल्बमको ३ वटा गितहरुको रेकर्डिङ सकिएको छ भने दुई वटा गितको रेकर्डिङ गरि दुई महिना भित्रमा एल्बम बजारमा ल्याईसक्ने गायक रसाईलीले बताउनुभयो । २०६८ साल देखि गायनमा सक्रिय रहेका गायक रसाईलीले काठमाण्डौ स्थित अनुराग संगित विद्यालयमा संगित अध्ययन गरिरहेका छन् ।
