घण्टाघरबाट हेर्दा

गर्ने भन्ने हनुमान…
गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेंडु त्यसै भन्या हैन । गोवेल्सका सन्तानहरुको वर्चस्व रहेको यो देशाँ पहिलो पटक विद्युतको लोडसेडिङ्ग घट्यो । लोडसेडिङ्ग घट्ने बित्तिकै प्राधिरणका सिइयो कुलामान घिसिङ्गको सानो जयजयकार भएन । सबैतिर कुलमान नै छाए । तर गृहय कुरो त अकैै पो
रै’छ । कुलमानले फुइøयाँको लोडसेडिङ्ग हँटाउथे ? नेपालका लागि भारतीय
राजदूत दिपकुमार उपाध्ययले काठमाण्डौमा आएर जब थुतुनो खोले तब कुलमान हाइहाई गर्नेहरुको अपानवायु नै बन्द भयो । भारतले विजुली दिएकोले लोडसेडिङ्गमुक्त भएको हो कुलमानले गरेर होइन भनेर उपाध्यायले Ïयाट्टै भन्दिहाले ।
भारतले थप विजुली नदिएको भए कुलमानले के तारमा झुण्डिएर लोडसेडिङ्ग मुक्त गर्थे ? गोवेल्सका
राष्ट्रवादी सन्तानहरु कहिलेकाही ज्यादा हल्ला गरेर हिड्दा आफैतिर आइलाग्छ भन्ने बुझ्नु पर्दैन ?
हेल्मेट र नकाब
झालेमालेका माउदेखि कोराला, कोरेली चल्लाहरु सबै यतिबेला मेचीदेखि महाकाली अभियानमा लर्को लाग्या
छन् । यसरी टुकुटुकु हिडेर के लछारुला भन्ने लाग्या होला ? माउ, कोइला, कोरली, चल्ला जस्लाई भेट्टाए पनि अनुहारै नचिनिने गरी कालो पेन्टिङ्ग गरिदिने, राज्येको ढुकुटीबाट बेतोडले दौडाउने गाडीको थोपडै चेन्ज गर्दिने, बन्द जुलुस, नाराबाजी गर्दिने गरेसी झालेमालेहरु बडो विलखबन्धमा परेका छन् । खाउँ भने दिनभरीको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार भनेझै मेची कहाकाली अभियान शुरु गरिहाले । मधकेशवादी दलको डरले छोड्जदा झालेमाले डरछेरुवा पार्टीभन्ने सन्देश जाने । जेसुकै होस् बरु हेल्मेट र घ्वाप्पै अनुहार छोप्ने नकाव लगायो भने त लन्ठै साफ भनेर झालेमालेले मेची महाकाली हेल्मेट नकाव अभियान सञ्चालन गरिरा’छ रे। हेल्मेट लगाएसी’ टाउकामा टुटुल्को उठ्ने डर पनि भएन अनि अनुहारमा कालो मोो देलेपनि टेन्सिनै भएन । क्या गजब आइडिया ।
२१ जना केन्द्रीय सदस्य
झालेमालकेो हेल्मेट मास्क माने नकाव मेची महाकाली अभियानमा नेताहरुले आफू सुरक्षित हुन २१ जना मधेशीलाई केन्द्रीय सदस्यमा मनोनित गरेछन् । मधेशमै सडेका, गलेका, ठुँसठुँस्ती गन्हाएका, यस अघि मधेशी मोर्चाबाटै लखेटिएकाहरुलाई झालेमालेले किन केन्द्रीय सदस्यमा मनोनित
गरेका होलान ? आफै मधेशमा
सुरक्षित नभएकाहरुले झालेमालेका नेताहरुलाई कसरी सुरुक्षा गर्लान् ? विचराहरु अहिलेसम्म त मधेशमा
सुरक्षित थिए अब तिन्नको पनि उठीबास लाग्ने भयो । विचाराहरु अहिलेसम्म सुरक्षित त थे । आफै राँड देशै भाँड भन्या यही हो ।
फुट्ने भयो फेरि
के के न लछारुँला झै गरेर झण्डै गोडा अठारेक महिना अगाडि प्रचण्डाउसँग पौँठे जोरी खेलेर
बटारिएका नयाँ पार्टी खोलेका बाउराम भट्टराईको पार्टी नै फुटने भए छ । जैसे कसनी वैसे भरनी भन्ने भरु उखान बाउराममा समेत हुँबहुँ लागू भएछ। कहिले सिके
राउतका पक्षेमा वकालत गर्ने, कहिले उपन्द्रको घाँटीप्ी र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ भन्दै संयुक्त विज्ञप्ती निकाल्ने, कहिले के उपट्याङ्ग गर्ने त कहिले के गर्ने । बिना पिँधको लोटा जतै चुहिने, बोककाको पुच्छर खाएझै छुल्छुल्याइरहने बाउराम स्वभावबाट आजित भएर ७०जना केन्द्रीये सदस्यहरुले बाउरामसँग सम्बन्ध विच्छेद गर्दैै हिडेछन् । चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेझै भा’छ विचरा बाउराम बाजेलाई अहिले । नयाँ शक्ति गठन गर्दा यिन्को सानो चुरीफुरी थेन । अबचाहिँ सल्याकसुलुक भएछन् । हाम्रा बाजेले धेरै उम्लनु हुँदैन भनेर त्यसै भन्या होइनन् नि ।
माछो माछो भ्यागुतो
प्रचण्डाउको नौ महिना कहिले पुग्ला र व्याण्ड बाजा बजाएर सिंहदरबारको कुसीसर््मा गएर बसौला भनेर औँला भाँचेर बसेका बूढानिलकण्ठे काजी हिस्स बूढी हरियाँ दाँतको अवस्थामा पुग्थ्ने देखिएका छन् । बाम बाम एक ठाम हुने संजोग देखिएसी काजीको त्यस्तो अवस्था आउन लाग्या हो । सिंहदरबार छिर्ने सपनामा झाले माझेका अध्येक्षे खप्रओले तातोपानी हुल्याउन लाग्याछन् । सुटुक्क वाल्वाटार पुगेर खप्रओ लेदेउवालाई छोड्ने हैन तपाई नै पर्धानमन्तरी बन्नुस् हामो समर्थन छ भनेर कानेखुशी गर्दैसी अब प्रचण्डाउले बुढानिलकण्ठे काजीलाई माछो माछो भ्यागुतो बनाउने भएका छन् । कुनै निष्ठ नै नभएका कम्युनिष्ठ नमिल्न गाथे नि काजी । अब देख्ने भए तोरीका फूल ।
मालको कमाल
मालको कमल तसै भन्या होइन । यो देशका भडुवा नेतालाई जरी हुन्छ मालचाहिँ हुनुपर्ने भन्ने फोवियाले गाँज्या छ । वैदलेशिक रोजगारीमा पठाइदिने भनेर हजारौ युवायुवतीको बिल्लीबाट बनाउने म्यानपावर व्यवसायी सर्मिला पुराजुली ढकाललाई प्रचण्डाउको
सरकारले राजदुत बनाउने निर्णय गरेसी’ अब यो देशका सज्जन, इमान्दारहरुकै कामै नहुने भयो । चौतफी विरोध, वैदेशिक रोजगार पीडितहरुको उजुरीलाई समेत धोती लगाएर ढकाललाई राजदूत बनाएरै छाड्ने भयो प्रचण्डाउको सरकारले । अहिल च्वाँक च्वाँक परेकी, गाँठी त ढकालबाहेक सरकारले राजदुत बनाउन सरकारले अर्की आइमाई कोही पनि भेट्टाएन छ । भेट्टाउने कुरा पनि त आएन । आठ दश खोका गाँठ सबैले दिन सक्दैनन् । नेताहरुलाई गाँठ दिने भए पुग्यो । बाँकी त वाल मतलब कि कसो हौ ?
झालेमालेस“ग भिड्ने
विनाशकाले विपरीत बुद्धि त्यसै भनेको होइन । बुद्धिचाहिँ कस्को
विपरीत चल्या छ त्यो समयले बताउँला ? अब हेरौ न मधेशी मोर्चाका एक नेता जितेन्द्र सोनमले अस्तिका दिन भने एमालेसँग भिड्न मधेशी मोर्चा तयार भएर बस्या छ । मेची महाकाली अभियानको नाममा झालेमालेले मधेश विरोधी गतिविधि ग¥या छ भन्दै सोनमले कडै चेतावनी देछन् । घण्टाघरलाई त आजकल शंका पो लाग्न थाल्या छ कही गौर घट्ना फेरि दोहोरिने छ
हैन ? संविधान संसोधन नहुने भएसी मधेशी मोर्चाहरु आगो भएर दन्किएका छन् । यसो पानी सानी छ्यापेर मत्थर बनाउनु पर्नेमा उल्टै झालेमालेलाई के सनक चल्या हो मेची महाकाली अभियान चलाउने ? चलाउनै थियो भने अलि पछि चलाउँदा पनि हुन्थ्यो नि । आगो बलेको बेलाम घ्यु थपेपछि के हुन्छ । खै झालेमाले बुझ्या ?
अन्तेमा
आधा भन्दा कम ठाममा विद्यार्थीको चुनाउ अस्तिका दिन
भयो । आठबर्ष पछि चुनाउ भयो। काठमाण्डौका कलेजमा तालैताला लाग्या छ भने बाहिरका क्याम्पसमा निर्वाचन जितेर विद्यार्थीले मालैमाला लगाए । सबै ठामम चुनाउ त भएन तर जति ठाममा भयो त्यसले नि सबैको दिमाग ख्वाइदिएको छ । नेविसंघ भन्छ,सबैभन्दा बढी स्थानम हाम्ले चुनाउन जित्यौं, । उता अनेरास्वविय भन्छ हैन हामी सबैभन्दा अगाडि
छम । प्रचण्डाउको क्रान्तिकारी पनि के कम दोस्रो स्थानमा हामी छम । क्या फसाद कस्को कुरा पत्याउने कस्को कुरा नपत्याउने ? चुनाउको परिणाम सत्य भन्ने कुन विद्यार्थी सगठन
होला ?

तपाईको प्रतिक्रिया