धरान÷समाजसेवी एवम् राजनैतिककर्मी धरान ९ वगैचा टोल निवासी घनश्याम आचार्यले एक बर्ष अगाडि घोषण गनुृभएको भाषी रामधुनी नगरपालिकालाई दश कट्ठा जग्गा प्रदान गर्नुभएको छ ।
तत्कालीन सिंगिया गाविस वडा नं. ३ स्थित जग्गा आचार्यले नगरपालिकाको अत्याधुनिक भवन निर्माणसँगै अन्य पूर्वाधार निर्माणका लागि निःशुल्क प्रदान गर्नुभएको हो । गाविसको भवनमा कार्यालय सञ्चालन गर्दै आएको भाषी रामधुनी नगरपालिकाको नाममा उहाँले फागुन १० गते मंगलबार नामसारी गरिदिनु भएको छ । जग्गादाता घनश्याम आचार्यका सुपुत्र निर्मल आचार्य भन्नुहुन्छ–नयाँ नगरपालिका भएकोले भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा प्रदान गरिएको बताउनुभयो ।
