धरान÷ राज पौडेलको एक मात्र गोलमार्फत संकटा क्लब काठमाण्डौ धरानमा जारी १९ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको सेमी फाइनलमा प्रवेश गरेको छ ।
धरान १७ पूर्वाञ्चल एन्फा एकाडेमीको खेल मैदानमा जारी प्रतियोगितामा संकटाले विभागीय टिम एपीएफलाई ० का १ गोल गर्दै आफ्नो सेमी फाइनलको यात्रा तय गरेको हो ।
सोमबार भएको प्रतिष्पर्धामा खेलको ४० मिनेटमा सजिन थापाको पासको सदुपयोग गर्दै स्टाइकर राज पौडेलले उत्कृष्ट गोल गरेका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा गोल फर्काउन एपीएफका खेलाडीहरुले
भरपुर प्रयास गरे पनि संकटाको उत्कृष्ट डिफेन्सका कारण गोल फर्काउन
सकेन । जितसंगै संकटाले बुधबार रुपन्देही ११ संग फाइनलका लागि प्रतिष्पर्धा गर्ने छ ।
खेलको म्यान अफ द म्याच एपीएफका खेलाडी रमेश दंगाल घोषित भए । उनले नगद पाच हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।
