धरान ÷ गत सालको भुकम्पले क्षतिग्रस्त बनेको धरान १५ स्थित शिक्षा सदन उच्च माविको भवन निर्माणका लागि आयोजना गरिएको सुनसरी धरान शिक्षा सदन शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को सम्पुर्ण तयारी सकिएको छ ।
भुकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको मुख्य भवनलाई अन्तराष्टिूय मापदण्ड अनुसारको प्रदेशकै नमुना शैक्षिक संस्था निर्माण गर्ने हेतुले फागुन ५ गते देखि १२ गते सम्म आयोजना गरिएको महोत्सवको तयारी सकिएको आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । भुकम्पले १६ कोठे भवन क्षतिग्रस्त बनाए पछि विद्यार्थीहरु बासको टहरामा अध्ययन गर्न बाध्य भएका छन् । सुनसरी जिल्ला भुकम्प क्षतिग्रस्त जिल्ला अन्र्तगत नपरेकाले सरकारले समेत बजेट विनियोजन नगरेको अवश्थामा विद्यालयले राष्टू शान्ति अभियान नेपालको सहयोगमा धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो । २०२२ सालमा बिना ईन्जिनियरिङ, बिना पिल्लर निर्माण गरिएको विद्यालय २०५१ साल ताकानै खतरापुर्ण रहेको ईन्जिनियरहरुले चेतावनी दिएका थिए । भवन निर्माणका लागि करिब साढे ३ करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य लिएको महोत्सवमा अभियानका १०८ राष्टू शान्ति महायज्ञ संकल्पकर्ता श्री गोविन्द शरण महाराजजी र मधुरवाणिकी धनी दिदि मिरा देवीज्युबाट श्रीमदभावगत सप्ताह ज्ञान महायज्ञ, कलश यात्रा, चौरासी पुजा, ग्रहशान्ति, तुलादान, सहस्र शालिग्राम पुजा, योग शिविर गरिने भएको छ । त्यसै गरि विभिन्न धार्मिक सम्प्रदायका धर्म गुरुहरुको सहभागितामा धार्मिक पुजा, सामग्री, पुस्तक एवं शैक्षिक सामग्री प्रदर्शन गरिने भएको छ । महोत्सव अवधि भर तुला दान गर्ने सहयोगी दाताहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिने भएको छ ।
