भ्रष्टाचार र भ्रष्टचारी विरुद्ध संघर्ष गर्न आम नेपाली जनता एक जुट हौं

विश्वराज शर्मा

कुनै पनि देशका व्यवस्था त्यो पनि संसारमै उत्कृष्ट प्रजातान्त्रिक प्रणली अपनाएका मुलmुकले नागरिकहरुलाई गाास, बाँस, शिक्षा, स्वास्थ्य, कपासको व्यवस्था गरी लोककल्याणकारी न्याय पद्धतिलाई विकसित गर्दै, जनतालाई सुखी बनाउने व्यवस्थाको । साथै देशमा विकसको लहर सिर्जना गरेर राष्ट्रलाई विकसित बनाउन अग्रसर हुनु हो । विश्वभरिका मुलुकहरुमा पनि कुनै देश स्वर्ग जस्तो छ, भने धेरै अविकसित
राष्ट्रहरु अन्धकारमय भएकमो हामीहरुले थाहा पाएका छौं । धेरै जसो देशमा भष्ट्राचारको पराकाष्ठा छ भ न, कुनै कुनै देशमा भ्रष्टाचारीहरुलाई मृत्यु दण्डको सजाय दिएको पनि छ ।
जुन देशमा नेताहरु सम्मिलित भएर सामुहिक भ्रष्टाचार पनि हुन्छ । त्यो कोटीमा हाम्रो नेपाल पनि पर्दछ । उद्योगपति, व्यापारी र जनतालाई न खाई तिरेको करले ाष्टठरु बनाउने तर्फ उन्मुख हुनुपर्नेमा यहँका नेताहरुमा र सबै दल राष्ट्रको ढुकुटीमा भएको रकमप्रति आँखा गाडेर बसेका छन् ।
नागरिकहरुलाई दैनिक उपभोग्य सामानहरु सुलभ र सस्तोमा उपलब्ध गराउने काम सरकरको हो, तर हामो देशमा विभिन्न सहर र ग्रामीण पसलहरमा मूल्य एकरुपतामा कामय भएको पाइँ दैन । पसलैपिच्छे मूल्य फरक फरक हुन्छ । सरकरका तर्पबाट दशैँ, तिहारमा अनुगमन गरेजस्तो गर्छ । तर तयसपछि सरकारका तालुक विभाग र काकर्यालय लामामे निन्द्रामा लीन हुन्छन् । त्यसपछि यत्रतत्र, जहीँतहीँ भ्रष्टाचारको विगविगी मात्र जननता महसुस गर्दछन् । सरकी निर्माणमा पनि वितरण गर्नेलाई कमिशन दिनुपर्ने, ठेक्कापट्टा लिने ठेकेदारले पनि अहिले मैलाउँदै गरेका डन नाइकेलाई पनि पी.सी. दिनुपनेै स्थिति सिर्जनना भएर आएको छ । यस्तो भयावह स्थितिमा जनता पिसिएका छन् । देश र समाजको विकासमा बबाधा तेर्सिएर बसेको भ्रष्टाचार सँस्कृतिलाई निरुत्साही गर्न संघर्ष अनिवार्य ।
तत्कालीन पञयन व्यवस्थामा पनि भष्टाचार भयो, भ्रष्टचारले मुलुक थिलथिलो भयो, देश विकास भएन, पञ्चायत व्यवथा विरुद्ध आन्दोलन गर्नुपर्छ, यस व्यवस्थालाई Ïयाक्नुपर्छ, जनताको हित हुने प्रजातान्त्रिक व्यवस्थको पुर्नस्थापना गर्नुपर्छ भन्ने यिनै नोहरुको भ ाषणा सुनेका हौं । त्यही अनुरुप ०४६÷०४७ सालमा पञयत व्यवस्था विरुद्ध आन्दोलन पनि भयो । आन्दोलनले संसदीय प्रजाान्त्रिक यवस्था पपुनस्र्थापित पनि ग¥यो । अन्तरिम सरकार गठन भयो, अन्तरिम सरकारले संविधान निर्माण गरी, संसदस्य प्रजातन्त्रको निर्वाचन गरायो, फलस्वरुप नेपाली काँग्ेसले सरकार बनायो जको नेृतत्व स्व. गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभयो । हामी सबैले नियै जानेकाक साथी, भई मित्रहरु मन्त्री भए, सरकारले काम गर्न थाल्यो । सबै जनताले अब हामीहरु सार्वभौम सत्ता सम्पन्न अधिकारले विभूषित भयौ, अब देशम शिक्षा, रोजगारी, उद्योग व्यवसाय फस्टाउने छ देशम बाटा घाटा,पुल पुलेसा, सञ्चार माध्यमले प्रश्रय पाउने छ । मुलुकले काँचुली फेर्दै नव निवर्माण उन्मुखको ुनौला विवहनीले पदार्पण गर्छ भन्ने सबै नागरिकहरुलाई आशाको नविनताले नझकझक्याएको होइन ।
तर प्रजातान्त्रिक आन्दोलनमा सँगसँगै भोकै, तिर्खै फाटेका लुगा र चप्पल लगाएका हाम्रै साथी भाइहरु सत्तामा आउने बित्तिकै उनीहरुको रहनसहन, र बाली चालीमा यति चाँडै परिवर्तन भयो । हिजो हामी सँगसँगै हिडेका सहयात्री हो कि होइन ? हामीहरु नै अल्मलियौं । तब सनै सनै भ्रष्टाचार र भ्रष्टाचारीहरुका भोलुम बढ्दै गयो। सामाज्न्य विरामी हुँदा नि सांसद, मन्त्री, पहुँचवालाहरुले सरकारी ढिकुटीबाट अ‍ैषधि उपचार गर्न करोडौ रुपैयाा लिएर अअ‍ैषधि उपचारको बहानामा भ्रष्चार गरे । तब देश विकास र जनताको स्तर कहालीलाग्दो तरिकाले खस्किएर तल झ¥यो । यहाँका सिर्जनाशील युवा, युवती वर्ग कतार, मलेसिया र साउदी अरब कामको खोजीमा नगएका भए, जनताको अवस्था दयनीय र अभावै अभावमा
गुज्रिन्थ्यो ।
हाम्रो देशमा ०६२÷०६३ को आन्दोलन पश्चात नेपालराज्य लोकतान्त्रिक गणराज्यमा परिणत भएपछि भ्रष्टचारले यति प्रश्रय पायो कि राष्ट्र र भ्रष्टाचारीहरुको संस्थागत भएको छ । सासद, मन्त्री, प्रधानमन्त्री र कर्मचारी वर्गको आँखा र सोचाई कतातिर भ्रष्टाचार गर्न पाइन्छ भन्ने तिर छ । जताततै भ्रष्ट, भ्रष्टाचारीहरुको विगविगी छ । भुकमप पीडितहरुले आफ्नो घर बनाउन नसक्नु पनि भ्रष्टाचारीहरुको भुँवरीमा परे उनीहरुले सहुलियत ऋणसम्म पाएका छैनन् । तर कुनैपनि समज, संगठन, संघ र नागरिक समाजले पनि यस (भ्रष्टाचार) विरुद्ध आवाज नउठाउनु, संघर्षको आहान नगर्नु जनतालाई नघचघच्याउनु विडम्बना हो । सबै दलका नेता मन्त्री, साँसद, अवैध व्यापरमा सलगन छन् । जस्तै केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलम फेला परेको ३४ केजी सुन प्रकरणमा मुछिएका नेतार मन्त्रीहरु केपीी ओली, बामदेव गौतम, विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा यिनै सत्ताधारीहरुको मिलेमतो भएके पुष्टि गर्दछ । त्यस कारण भ्रष्टाचार र भ्रष्टाचारीहरुविरुद्ध नेपाली नागरिकले आनदोलनमा ओर्लिनुको विकल्प छैन ।
आजभन्दा ५÷ठ बर्ष अगाडि इटलीमा यति भ्रष्टाचार भयो कि त्यहाँका जना वाक्कदिक्क भए । भ्रष्टाचार विरुद्ध त्यहाा तरण, विद्यार्थी, जना, वकिल, प्राध्यापक, शिक्षक, उद्योगप िर व्यवायीहशरुले ठूलो आन्दोलन गरे । आन्दोलनलाई तिब्रता दिन ‘फाइभ स्टार’ (ँष्खभ क्तबच) नामक संस्था खोलेर भ्रष्टाचारी र भ्रष्टाचार विरुद्ध मान्दोलन गर्दै गए । चार पाँच पटक सरकार आन्दोलनकरबीच वार्ता भयो । वार्ताले समसया समधान नभएर यहाँका सरकारले मध्यावधिको (चुनाव) घोषण ग¥यो । त्यही ‘फाइभ स्टार’ नामक संस्थालाई पार्टीमा परिणत गरी इटलीका भ्रष्टाचारले आक्रान्त जनताले फाइभ स्टार नामक नयाँ पार्टीलाइृ दुई तिहाई बहुमतले संसदीय सिटमा जिताए । आल आएर फाइभ स्टार नामक पार्टीले इटलीमा सरकार भुलाएको छ र भ्रष्टाचारको अहिले करिब करिब उन्मुलन भएको छ ।
आठ दशदिन अगाडिको समाचारमा पनि नेदरल्याण्ड पनि भ्रष्टाचार विरुद्ध ठूलो अआन्दोलन भइरहेको थियो । आन्दोलन अझैपनि जारी छ । त्यहाँ पनि भ्रष्टाचारले हाम्रै देशकोमा जस्तो संस्थागत रुप लिएको छ । त्यस विरुद्ध नेदरल्याण्डका जनता कम्मर कसेर लागेका छन् । नेदरल्याण्डमा आन्दोलनकारीहरु आरपारको अवस्थामा लागि परेक छन् ।
तसर्थ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण र सम्बवद्र्धन गर्न नेपालमा भ्रष्ट र भ्रष्टाचारी विरुद्ध नेपाली आम जनता संघर्षको मैदानमा उत्रिनु अति आवश्यक छ । तयस्तै प्राध्यापक, शिक्षकहरुले विद्यार्थीहरुलाई भ्रष्टाचार विरुद्धको पाठ पढाउन जरुरी छ । नागरिक समाज, संघ, संगठन र उद्योगी व्यवसायी, मजदुर वर्गले संघर्ष रुपरेखा तयार पार्न लागि पर्नुपर्ने बेला आएको छ ।
(लेखक नेपाल नागरिक समाज केन्द्रीय कायालय, काठमाण्डौको सदस्य हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया