आमाको पुण्य तिथीमा असक्तहरुलाई भोजन

धरान÷पछिल्ला दिनहरुमा आफ्ना मातापिताको पुण्य तिथिमा ब्राम्हण बोलाई दक्षिणा गर्ने परम्परासँगै गरिब तथा अनाथ, विकलांक, अशक्तहरुलाई लत्ता कपडा बाड्ने, भोजन गराउने, विद्यालयहरुमा अक्षयकोष स्थापना क्रम बढ्न थालेको छ ।
भर्खरेमत्र धरन उपमहानगरपालिका वड नं. १२ निवासी जीवन कार्की, किरण कार्की र रोशन कार्कीले आफ्नी स्वर्गीय आमाको पुण्यतिथिमा धरान–४ स्थित रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्रका बालबालिकाहरुलाई भोजन गराउनु भएको छ ।
केन्द्रका अध्यक्ष भिम राईका अनुसार कार्की परिवारले आइतबार यहाँका सम्पूर्ण असहाय तथा अपांग बालबालिकालाई एक छाक खाना ुखुवाएको बताउनुभयो, कार्की परिवारले आफ्नी स्वर्गबासी आमा देवीकुमारी कार्किको पुण्य तिथीमा त्यसरी एक छानासँगै स्रोत साधनको अभाव रहेका विद्यालयमा एक अक्षय कोष समेत स्थापना गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया